हिरण्यवर्ण महाविहारको वार्षिक अधिवेशन

बोधी संवाददाता
ललितपुर, चैत २० । हिरण्यवर्ण महाविहार(क्वाबाहाः)को विहार सुधार समितिको वार्षिक अधिवेशन शुक्रवार यहाँ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय पुननिर्माण प्राधिकरणया प्रमुख कार्यकारी निर्देशक डा.गोविन्दराज पोखरेलले स्थानीय विहार सदस्यहरुको सक्रियतामा भएको पुनःनिर्माण कार्यको सराहना गर्नुभयो ।

समितिका अध्यक्ष विकास रत्न धाख्वाले त्रिवर्षिय कार्यसम्पादन प्रतिवेदन प्रस्तुत गर्नुभयो भने प्राविधिक समितिकातर्फबाट संजय शाक्य, सह–सचिव पुष्पराज बज्राचार्य, कोषाध्यक्ष राम शाक्यले पनि आआफ्नो जिम्मेवारीअनुसारको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा ललितपुरका पूर्व मेयर बुद्धिराज बज्राचार्य, वरिष्ठ आर्किटेक्ट ईन्जिनियर प्रविन श्रेष्ठ, ज्ञानुराजा शाक्य, लोकरत्न शाक्यले भूकम्पपछिको परिवेशमा ललितपूरका महत्वपूर्ण सम्पदाको संरक्षण एवं पुननिर्माण गर्नमा सरकारको भूमिका बारे चर्चा गर्नुभयो ।

साधारण सभाले पुष्पराज बज्राचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।