लुम्बिनीमा ऐतिहासिक त्रिपिटक पाठ शुरू

बोधी संवाददाता
लुम्बिनी, कार्तिक २८ । नेपालमै पहिलो पल्ट बुद्ध जन्मभूमिमा आज बिहानै बु्द्ध बचनह?को सँगालो त्रिपिटक पाठ शुरू भएको छ ।
थाइल्याण्डमा भिक्षु धम्माबोधीले नेतृत्व गर्नुभएको आजको पाठमा बिभिन्न देशबाट आउनु भएको करिब ३०० भन्ते गुरूमांहरूले सहभागिता जनाउनुभयो । त्यस्तै नेपाली तथा विदेशी उपासक उपासिकाहरू पनि सयौंको संख्यामा उक्त ऐतिहासिक कार्यक्रममा सहभागी हुनुभएको थियो ।

यस अघि थाइ राजदूत, भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय लगायतका विशिष्ट पाहुनाहरूले संयुक्त रूपमा यस कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनमा उक्त पाठ कार्यक्रममा आउनु भएको सबै स्वदेशी तथा विदेशी सहभागीह?लाई स्वागत गर्ने क्रममा भिक्षु कौडण्यले बुद्धधर्ममा त्रिपिटकको महत्वको बारेमा चर्चा गर्दै यस त्रिपिटक पाठको आयोजनाले लुम्बिनीको महत्व संसारका सबै बौद्धदेशहरूमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आजको कार्यक्रमको शुरूवात शान्तिदीप बाट पवित्र उद्यानस्थित मायादेवी मन्दिरको प्रांगण सम्म शान्ति शोभायात्राबाट शुरू भएको थियो । उक्त यात्रामा नेपालका तथा विदेशबाट आउनु भएका सयौं भन्ते गुरूमा, लामा आनीहरू तथा उपासक उपासिकाहरूले भाग लिनुभएको थियो ।
आज भोजन पश्चात नेपाली, म्यानमार तथा श्रीलंकाका भिक्षुहरूबाट पाठ यथावत हुने कार्यक्रम भएको आयोजकहरूले जानकारी गराए ।
यस कार्यक्रमको प्रत्यक्ष प्रशारण बोधी टेलिभिजनबाट पनि हुँदैछ ।

2 years ago/Wednesday, November 14th, 2018 /