परियत्ति शिक्षाको दीक्षान्त सम्पन्न

बाेधी संवाददाता

काठमाडाै‌ं बैशाख ३ । बुद्ध सम्वत् २५६० वर्ष (वि.सं. २०७३) को  नेपाल बौद्ध परियत्ति शिक्षाको दीक्षान्त तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रममा सद्धम्म कोविद तथा परीक्षामा बोर्ड स्थान प्राप्त विद्यार्थीहरूलाई श्रीलंकाका महामहिम राजदूत Ms W. Swarnalatha Perera को प्रमुख आतिथ्यमा नेपाल बौद्ध परियत्ति शिक्षाको सम्पर्क सचिवालय विश्वशान्ति विहार, मीनभवनमा सम्पन्न भयो ।

 

ने.बौ.प.शि.का शिक्षाध्यक्ष भिक्षुु ज्ञानपूूर्णिक महास्थविरले परियत्तिका सम्पूूर्ण विद्यार्थीहरूलाई परियत्ति प्रतिज्ञा गर्न लगाउनुु भई शुरु भएको सो कार्यक्रममा नेपाल बौद्ध परियत्ति शिक्षाका केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले शैक्षिक सत्र बु.सं. २५५६० ( वि.सं. ०७३) को वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

 

सो समारोहमा प्रमुख अतिथी महामहिम राजदूतले परियत्ति शिक्षाको आवश्यकता बारे मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै प्रा. डा.रीना तुलाधरले नेपाल बौद्ध परियत्ति शिक्षाकोे महत्वबारे दर्शाउनु हुँदै प्रत्येक मानवमात्रले यो लिनु पर्ने कुरा बताउनुभयो ।

 

श्रीलंकाका राजदूतले अधिराज्यव्यापि रुपमा सर्वाेकृष्ट स्थान हासिल गर्न सफल परियत्ति सद्धम्म कोविद प्राप्त विद्यार्थीहरूलाई प्रमाण–पत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहमा अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु राहुल महास्थविरले स्वागत गर्नुभएको थियो ।

 

सद्धम्म कोविदमा बोर्ड प्रथम विद्यार्थी भिक्षु कोविद र सद्धम्म पालकमा बोर्ड प्रथम विद्यार्थी मित्र खत्रीले विद्यार्थी मन्तव्य राख्नुभएको कार्यक्रममा दीपंकर परियत्ति शिक्षालयका विद्यार्थीहरुले परियत्ति गान र शाक्य सिंह परियत्ति शिक्षालयका विद्यार्थीहरुले बौद्ध गीत प्रस्तुत गरेका थिए । कोविद विद्यार्थीहरु भिक्षु जनक र अनागारिका खेमाले संचालन गर्नु भएको उक्त दीक्षान्त समारोहमा दीक्षान्त समारोह उपसमितिका संयोजक सुश्री अमिता धाख्वाले धन्यवाद ज्ञापन गर्नुृभएको थियो ।

 

उक्त समारोहमा कोविद अन्तिम वर्षमा बोर्ड प्रथम प्राप्त विद्यार्थीलाई स्वयम्भू धर्मपासा पुचःले रु दश हजार नगद पुरस्कार दिई सम्मान गरेको थियो भने विद्यार्थीहरुलाई विभिन्न दाताहरुले नगद र विभिन्न उपहारले सम्मान गरेका थिए । स्मरणिय छ, यस वर्ष मात्र ३,४०४ जना विद्यार्थीहरूले परीक्षा दिएको थिए । पाँच दशकभन्दा पुरानो यस शिक्षा वर्षेनी आफ्नै सीमित स्रोत र साधनबाट चलिरहेको छ । नैतिक चरित्रलाई विशेषतः ध्यान दिई पढाइने यो शिक्षालाई सरकारले पनि अब नयाँ नेपालको अवधारणासँगै अंगाल्दै जानुपर्ने देखिन्छ ।