देवदहमा भिक्षुणी आवासगृह निर्माण हुने

बोधी संवादाता
काठमाडौं, फाल्गुन ३० । राजकुमार सिद्धार्थका मावली तथा ससुराली भनेर चिनिने देवदहमा निकट भविष्यमै भिक्षुणी आवासगृह निर्माणको निर्माण हुन गइरहेको छ ।
धर्मकीर्ति विहार श्रीघःमा आज बिहिबार आयोजित एक कार्यक्रममा ञाणवती गुरुमांले त्यहाँ निर्माणाधिन आवास गृहको बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा गुरुमांले देवदहमा बन्न लागेको भिक्षुणी आवासगृह निर्माणको लागि अर्थिक सहयोगको लागि अपिल पनि गर्नुभयो ।
महिनाको प्रत्येक अष्टमीको दिनमा हुने बुद्धपूजा तथा धर्मदेशना कार्यक्रममा उहाँले सो अपिल गर्नुभएको थियोे ।
उक्त कार्यक्रममा वण्ण्वती गुरुमांले कर्म र कर्मफलको धर्मदेशना गर्नुभएको थियो ।