२५६६ औं बुद्ध जयन्ती फ्रान्समा पनि सप्ताहव्यापी रुपमा मनाईयो
एजेन्सी, ११ जेठ । २५६६ औं बुद्ध जयन्ती फ्रान्समा पनि सप्ताहव्यापी रुपमा मनाईएको छ । फ्रान्सको राजधानी पेरिसमा पनि २५६६ औं बुद्ध जयन्ती भव्य रुपमा मनाइएको छ । बैशाख पुर्णिमाको दिनदेखि पेरिसमा सप्ताहव्यापी रुपमा बुद्ध जयन्ती मनाइएको हो । फ्रान्सको बौद्ध संघको आयोजनामा स्वाँया पुन्हि अर्थात बुद्ध जयन्ती त्यहाँ हरेक वर्ष मनाउने गरिन्छ ।
कार्यक्रममा थेरवाद, महायान र वज्रयान परम्पराहरूको प्रतिनिधित्व गर्ने गरी विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनको अवसरमा बुद्ध जयन्ती विश्वभर मनाउने गरिन्छ । पछिल्लो समय फ्रान्समा विहार तथा ध्यान केन्द्रहरुको विस्तारसँगै युवाहरुमा बुद्ध धर्मप्रति आकर्षण बढेको पाइन्छ ।