२५६६ औं बुद्ध जयन्ती काठमाडौं स्थित श्रीलंकाली राजदुतावासमा पनि मनाइयाे

एजेन्सी, ६ जेठ । २५६६ औं बुद्ध जयन्ती काठमाडौं स्थित श्रीलंकाली राजदुतावासमा पनि मनाइएको छ । श्रीलंकाली राजदूत हिमाली अरुना तिलकले भिक्षुहरुसंग काठमाडौंमा बुद्ध जयन्ती मनाउनु भएको छ ।

श्रीलंकाली राजदुतावासमा भिक्षु संघलाई निमन्त्रणा गरि बुद्ध जयन्ती मनाउनु भएको हो । कार्यक्रममा भिक्षुसंघबाट बुद्ध पुजा, धर्म देशना र परित्राण पाठ भएको थियो ।

त्यस्तै श्रद्धेय भिक्षु शीलभद्र महास्थविरले शील प्रदान गर्नु भएको थियो भने श्रद्धेय भिक्षु तपस्सिधम्म महास्थविरबाट बुद्ध पूजा भएको थियो । श्रद्धेय भिक्षु पञ्ञासार महास्थविरबाट धर्म देशना भएको थियो ।

यस अवसरमा उहाँले बुद्ध धर्म विश्वकै पुरानो संस्कृति भएको भन्दै बुद्ध दर्शनले विश्वमा शान्तिको सन्देश दिन सफल भएको धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा बुद्ध विहारका श्रद्धेय भिक्षु कोण्डन्य महास्थविर लगायत भिक्षु तथा उपासक–उपासिकको उल्लेख्य उपस्थिति रहेको थियो ।

%d bloggers like this: