२५६६ औं बुद्धजयन्ती अमेरिकाको ह्वाइट हाउसमा भव्य रुपमा मनाइयो
एजेन्सी, १२ जेठ । २५६६ औं बुद्धजयन्ती अमेरिकाको ह्वाइट हाउसमा भव्य रुपमा मनाइएको छ । बैशाख पुर्णिमाको अवसरमा अमेरिकाको ह्वाइट हाउसमा पनि २५६६ औं बुद्ध जयन्ती भव्य रुपमा मनाइएको छ । ह्वाइट हाउसमा यसरी बुद्ध जयन्ती दोश्रो पटक मनाइएको हो । इन्टरनेशनल बुद्धिष्ट एशोसियसन अफ अमेरिकाको आयोजनामा बुद्ध जयन्ती मनाइएको हो ।
कार्यक्रममा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयानका बौद्ध भिक्षु तथा गुरुहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका थिए ।
इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वागमो डिक्सेले संयोजन गरेको समारोहमा अमेरिकाका थाई, कोरियन, तिब्बतीयन बौद्ध भिक्षु तथा गुरु र ह्वाइट हाउसका कर्मचारीहरूले बुद्ध बन्दना गरेका थिए । गत वर्ष अमेरिकी इतिहासमा पहिलो पटक ह्वाइट हाउसमा बुद्ध जयन्ती मनाइएको थियो ।