स्तुपा र रैथाने जात्राले जुम्लामा धार्मिक पर्यटक आकर्षित हुँदै

जुम्ला, २१ बैशाख । जुम्लामा रहेका विभिन्न स्तुपा र रैथाने जात्राले धार्मिक पर्यटकलाई आकर्षित गर्न सफल भएका छन् । स्तुपाहरुको सवलिकरण भएपछि जुम्ला भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरु स्थानीय जात्रामा रमाउने गरेका हुन् ।

जुम्ला चन्दननाथ नगरपालिका सिंगापुर गाउँको सिरानमा रहेको बौद्ध शान्ति स्तुपा तथा डुडुल चैत्यमा पछिल्ला दिनहरुमा चहलपहल बढ्दै गएको छ । जुम्लामा जात्राको समय भएकोले आसपासका जिल्लाबाट पर्यटकको आगमन बढेको स्थानीयहरुको भनाइ छ ।

स्तुपाबाट जुम्लाको भ्याली देखिने भएकाले पर्यटकको आर्कषक बढेको हो । जुम्लाको स्तुपा हेर्न मुगु, हुम्ला, कालिकोट, डोल्पा, सुर्खेत, दैलेख, जाजरकोट र वाजुरा लगायत अन्य विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

स्थानीय सम्पदा र जात्राकै कारण पर्यटकको चहलपहल बढ्दा जुम्लाका प्रत्येक होटल, तथा खाजा पसल, फेन्सी व्यवसाय, पुस्तक, किराना पसलसहित खुद्रा व्यापारीको कारोबार बढेको छ । जसकारण संम्पदा र संस्कृति संरक्षणमा चासो बढेको स्थानीयहरु बताउँछन् ।

%d bloggers like this: