श्रीलंका विहारमा बैशाख कूडु दीपावली उत्सव मनाइयो
लुम्बिनी, ४ बैशाख । लुम्बिनी स्थित श्रीलंका विहारमा बैशाख कूडु दीपावली उत्सव मनाइएको छ । २५६६ औं बुद्ध जयन्तीको अवसरमा पारेर श्रीलंका विहारमा बैशाख कुडु दीपावली उत्सव मनाइएको हो ।
भगवान बुद्धको जन्म हुनु जगत कल्याणको लागि ठूलो मंगल भएको स्मरणमा श्रीलंका विहारमा यस्तो उत्सव मनाउने गरिन्छ । कार्यक्रममा भन्ते तथा उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो ।