श्रीघः स्थित धर्मकीर्ति विहारमा श्रद्धेय खेमावती गुरुमांबाट धर्मदेशना सम्पन्न

काठमाडौं, १७ जेठ । काठमाडौंको श्रीघः स्थित धर्मकीर्ति विहारमा श्रद्धेय खेमावती गुरुमांबाट धर्मदेशना भएको छ । प्रत्येक औंशिको अवसरमा विहारमा आयोजित एक कार्यक्रमकाबीच गुरुमांले धर्मदेशना दिनु भएको हो । कार्यक्रममा आवासीय गुरुमांहरु एवंम उपासक उपासिकाहरुबाट शिलप्रदान, र सामुहिक बुद्धपूजा गरिएको थियो ।

कार्यक्रममा बुद्धपुजा र धर्मदेशनापछि सामुहिक पुन्यानुमोदन गरि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न स्थानबाट आउनु भएका उपासक उपासिकाको उल्लेख्य उपस्थिति रहेको थियो । विहारमा प्रत्येक औंसिमा विशेष बुद्धपुजा हुँदै आइरहेको छ ।

%d bloggers like this: