विश्व शान्ति विहारको लागि दाताहरुबाट परियत्ति पुस्तक दान
काठमाडाैं, १८ जेठ । काठमाडौंको विश्व शान्ति विहारको लागि दाताहरुबाट परियत्ति पुस्तक दान गरिएको छ । काठमाडौंमा आयोजित धर्मदान कार्यक्रममा दाताहरु रामभक्त मानन्धर र राजेश श्रेष्ठले विश्व शान्ति विहारको लागि परियत्ति पुस्तक दान गर्नु भएको हो ।
उहाँहरुले बुद्ध धर्म, संस्कृति र इतिहास बुझाउने गरी तयार भएको परियत्ति प्रथम प्रवेश शिक्षा नामक पुस्तक तीन हजार प्रति विहारलाई सहयोग स्वरुप दान गर्नु भएको छ । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरबाट पञ्चशील तथा भिक्षु निग्रोध महास्थविरबाट बौद्ध परियत्ति शिक्षाबारेमा प्रकाश पार्नु भएको थियो । साथै उहाँहरुले पुस्ताक दातालाई साधुवाद प्रकट गर्नु भयो ।
कार्यक्रममा श्रद्धेय बोधिज्ञान भन्तेबाट पुस्तक दाताहरुलाई सम्मान गर्नु भयो । कार्यक्रममा श्रद्धेय भिक्षु निग्रोध महास्थविरबाट दानबारे धर्मदेशना भएको थियो । विहारलाई परियत्ति पुस्तक दान गर्न पाएकोमा दाताहरुले खुशी व्यक्त गर्नु भयो । कार्यक्रममा पुस्तक दान गर्नेहरुलाई धन्यवाद दिंदै श्रद्धेय बोधिज्ञान भन्तेबाट परित्राण पाठ भएको थियो ।