लुम्बिनी गुरुयोजना अन्तर्गत हाल नहर निर्माणको काम जारी

लुम्बिनी, बैशाख २७ । अन्तिम चरणमा पुगेको लुम्बिनी गुरुयोजना अन्तर्गत हाल नहर निर्माणको काम भइरहेको छ । निर्माण भएको नहरमा हालै भएको वर्षाको पानी बगिरहेको छ । यसले लुम्बिनी क्षेत्रमा पानी ताल्लिने समस्याको समाधान भएको छ ।

गुरुयोजना अन्तिम चरणमा पुग्दै गर्दा लुम्बिनीको आकर्षण थप बढेको छ । वर्षासँगै हरियाली बढ्दा चराचुरुङ्गीहरु यस क्षेत्रमा रमाउने गरेका छन् । बोधि बृक्षमुनी मयुरलगायताका चराचुरुङ्गीको गतिविधिले धार्मिक पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पार्नुभएको थियो । लुम्बिनी विकास कोषले गुरुयोजना अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

%d bloggers like this: