लुम्बिनीको मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तभ अगाडि बुद्धा पुजा र परित्राण पाठ गरिइयो

लुम्बिनी, ४ बैशाख । लुम्बिनीको मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तभ अगाडि बुद्धा पुजा र परित्राण पाठ गरिएको छ ।

बुधबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ अगाडि विभिन्न विहारका गुरुमां तथा भन्तेहरुले बुद्ध पुजा र परित्राण पाठ गर्नु भएको हो ।

साथै गुरुमां तथा भन्तेहरुबाट बोधिसत्व सिद्धार्थ कुमारलाई स्नान पनि गरिएको छ । बुद्ध पुजामा कान्तिवन विहारका प्रमुख एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष श्रद्धेय मित्तेय भन्ते, म्यानमार विहारका प्रमुख सुजिता सयाडाका साथै अन्य गुरुमां एवं भन्तेहरुको उलेख्य उपस्थिति रहेको थियो ।

%d bloggers like this: