ललितपुर चापागाउँबुलु स्थित बौद्ध शान्ति विहारमा एक दिने आखाँ शिविर सम्पन्न

ललितपुर, १५ जेठ । ललितपुर चापागाउँबुलु स्थित बौद्ध शान्ति विहारमा एक दिने आखाँ शिविर सम्पन्न भएको छ । २५६६ औँ बुद्ध जयन्तीको अवसरमा बौद्ध शान्ति विहार बुलुको आयोजना र नमस्ते आइ सेन्टर काठमाडौ टेकुको प्रविधिक सहयोगमा एकदिने आँखा शिविर बौद्ध शान्ति विहारमा भएको हो । जम्मा १४२ जनाको जाँच गरेकोमा ६ जनाको मोतिया विन्दु, ८ जनाको मासु पलाएको ६० जनाले चस्मा लगाउनु पर्ने, केहि सामान्य अवस्थाको रहेको थियो । विहारमा नै शिविर आएकोले आँखा जाँच गर्न पाएकोमा एक स्थानीयले खुशी व्यक्त गरे ।

विहारमा बुुद्धको उपदेश अनुसार धार्मिक कार्यक्रम सँगै स्वस्थ्य शिविर पनि समय समयमा सञ्चालन गर्ने गरेको विहार प्रमुख सोरत भन्ते बताउनुहुन्छ । नमस्ते आइ सेन्टरले २५ वर्षदेखि विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस ठाउँमा पनि आखाँ रोगि धेरै भएकोले शिविर सञचालन गरेको र अवको केहि वर्षमा आँखा रोगबाट मुक्त बनाउने उद्देश्य रहेको नमस्ते आइ सेन्टरका नेत्र विषेशज्ञ डा. सिद्धार्थ रञ्जित बताउनु हुन्छ।

भगवान बुद्धको उपदेशमा अशक्त र दुःख पाएकाहरुको लागि सक्दो सहयोग गर्नु र सदभाव राख्नु भन्ने उल्लेख छ । त्यसैले विहार तथा गुम्बाहरुमा यस्ता स्वास्थ्य शिविर तथा दान कार्यक्रमहरु बारम्बार हुने गर्दछ ।

%d bloggers like this: