रत्नविपश्यना विहारमा अभिधम्म पाठ तथा बुद्धको चारधाममूर्ति अनावरण

काठमाडौं, १६ जेठ । काठमाडौंको स्वयम्भूस्थित रत्नविपश्यना विहारमा अभिधम्म पाठ तथा बुद्धको चारधाममूर्ति अनावरण गरिएको छ । स्वयम्भुस्थित रत्न विपश्यना विहारमा प्रतिस्थापन गरिएको बुद्धको सुनको जलपयुक्त चारधाम मूर्तिको आठौं संघनायक बोधिसेन महास्थविरले अनावरण गर्नु भएको थियो ।

उपासकहरु अजय स्थापित, कपिल शाक्य, महेश्वर श्रेष्ठ, रामभक्त मानन्धर र राजेश श्रेष्ठ सहित परिवारले बुद्ध मूर्ति दान गर्नु भएको हो । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मसोभन सहित विभिन्न विहारका भन्ते गुरुमांहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वर्माका श्रद्धेय भिक्षु आसभाचारबाट धर्मदेशना भएको थियो ।

धर्मदेशनापछि मूर्ति दाताहरुलाई सम्मान गरिएको थियो । त्यसपछि आठौं संघनायक बोधिसेन महास्थविरबाट परित्राण पाठ भएको थियो । कार्यक्रममा विभिन्न विहारका भन्तेहरुबाट अभिधम्म पाठ भएको थियो ।

 

 

%d bloggers like this: