मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति गठन

बोधी संवाददाता

काठमाडौं, चैत ११ । दुइहप्ता पछि हुने काठमाडौंमा प्रमुख बौद्ध पर्वहरु मध्ये एक जनबहाद्यः अर्थात् सेतो मछिन्द्रनाथको जात्रालाई व्यवस्थापनको लागि आज नीलकाजी शाक्यको अध्यक्षतामा सेतो मच्छिन्द्रनाथ रथयात्रा ११३७ व्यवस्थापन समिति गठन गरिएको छ ।

जात्रा भरिका लागि स्थानीय प्रहरी प्रशासन, स्थानीय राजनीतिक प्रतिनिधि, धार्मिक एवं सामाजिक संघसंगठन, क्लब प्रतिनिधि रेडक्रस लगायतका स्वमय्सेवकहरुको प्रतिनिधिहरुको समिति बनाइएको जानकारी आज काठमाडौं महानगरपालिका कार्यालयमा आयोजित एक बैठकमा दिइयो ।

नेवार बौद्धहरुले बोधिसत्व आर्यवलोकितेश्वरका रुपमा पुज्दै आएका जनबहाद्यःलाई आउँदो बैशाख २२ गतेदेखि रथमा राखेर स्थनीय जमलदेखि लगनसम्म तानेर लाने प्रचलन रहिआएको छ । यस जात्रालाई बौद्धसम्प्रदायले सहकालको जात्राको रुपमा लिन्छन् र जात्रा पश्चात् वर्षाकालको शुरुवात हुने तथा यस जात्रामा कुनै विध्न भएमा देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा ठुलो अनिष्ट हुने समेत विश्वास गर्दछन् ।

यस वर्ष २२ गते जमलबाट रत्नपार्क, भोटाहिटीहुँदै असन पुर्याइने, २३ गते असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका, २४गते हनुमानढोकाबाट चिकंमुगल, जोशीदेवल, ज्याबहाल हुँदै लगन, २५ गते लगनस्थित मांसिमा प्रदक्षिणा गराइने तथा २६ गते लगन, ज्याबहाल, यूतुननि, कोहिटी, भिमसेन्स्थान, मरु, यटखा, नरदेवी किलागल, केलटोल र मछिन्द्रबहालसम्म खःजात्रा हुने कार्यक्रम रहेको छ ।

बैठकमा बोल्दै पूर्वमन्त्री तीर्थराम डंगोलले यो जात्रा नै लोक जात्रा भएको र सबै जनता स्वस्फूर्त ढंगले सहभागीहुने भएकोले व्यवस्थापनको खास खाँचो नभएको तर अहिले बदलिँदो शहरी अवस्थाले कडा सुरक्षाको पनि आवश्यकता भएको तर्फ औंल्याउनुभयो ।
महानगरका कार्यकारी प्रमुख इश्वरराज पौडेलले यस जात्राको लागि सक्दो आर्थिक सहयोग गर्न महानगरपालिका तयार भएको बताए

4 years ago/Friday, March 24th, 2017 /