भिक्षु प्रज्ञाश्रीबाट धर्मदेशना सम्पन्न

बोधी संवाददाता
ललितपुर, चैत ९ । बर्माबाट पाल्नु भएका प्रज्ञाश्री भन्तेद्वारा आइतवार धर्मको यथार्थ पहिचान विष्यमा धर्मदेशना सम्पन्न भयो ।

भन्तेज्युले सरल र स्पष्ट शब्दमा बुद्धधर्मको मुख्य सार भनेको चार आर्यसत्य हो र चार आर्य सत्य भन्दा बाहिर अरू सत्य छैन भन्नु भयो । उहाँले चार आर्य सत्यहरू भन्नाले दुःख छ, दुखको कारण छ, दुस्ख हट्न सक्छ र दुस्ख हटाउने उपाय छ भन्नुभयो । साथै यसबाट मुक्ति पाउनलाई सजिलो उपायको रुपमा आर्य अष्टांगिक मार्गलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले बुद्धले बोल्दैमा त्यो कुरा सत्य हुने होइन, बुद्धले सत्य मात्र बोल्ने भएकोले सत्य भएको हो ।

कार्यक्रमको आयोजना युवक बौद्धमण्डल नेपालले आयोजना गरेको थियो ।