बौद्ध समकृंत विहार कुथुबहीमा कविता गोष्ठी सम्पन्न

भक्तपुर, १६ जेठ । भक्तपुरस्थित बौद्ध समकृंत विहार कुथुबहीमा कविता गोष्ठी सम्पन्न भएको छ । २५६६ औं बुद्ध जयन्तीको अवसरमा बौद्ध संघ भक्तपुरको आयोजनामा कविता गोष्ठी भएको हो । कार्यक्रममा नेपाल भाषाका राष्ट्रिय स्तरका २० जना कविहरुले कविता वाचन गर्नु भएको थियो । विहारमा मात्रै सिमित भइरहेको बुद्ध धर्मलाई आमजनताको माझमा कवितामार्फत पुर्याउने उद्देश्यले कविता गोष्ठी आयोजना गरिएको हो ।

भगवान बुद्धलाई बुद्ध पुर्णिमाका दिनमा मात्रै सिमित नराखेर बुद्धिजीवी र कविहरुको माझमा पनि बुद्धलाई प्रवेश गराउनुपर्छ भन्ने मनसायले कविता गोष्ठी गरेको त्रिरत्न शाक्य बताउनु भयो । सहभागीहरु सबैले नेपाल भाषामा कविता वाचन गर्नु भएको थियो । नेपाल भाषाको इतिहासमा यो एउटा पुण्यको दिन भएको सहभागीहरुले बताएका छन ।

कार्यक्रममा मणिविहारका प्रमुख भन्ते विपश्वीधम्म महास्थविरबाट शिल प्रदान गरेपछि कविता वाचन भएको थियो । बुद्ध शिक्षालाई विस्तार गर्न कविता एउटा ठुलो माध्यम भएकाले गोष्ठी गरिएको आयोजक पक्षको भनाइ छ ।

%d bloggers like this: