बौद्ध महाचैत्यको डिस्प्ले बोर्ड हटाइने

बोधी संवाददाता
काठमाडौं, जेठ ११ । विश्वसम्पदा सुचीमा सुचीकृत बौद्ध महाचैयको परिसरमा आधुनिक डिस्पे मोनिटर राखिएकोमा पुरात्त्व विभागले आपत्ति जनाएको छ ।

उक्त मोनिटर बुद्धजयन्तीका दिनमा बुद्धपूजा लगायतका गतिविधिको प्रत्यक्ष प्रसारणका लगि राखिएको भएपनि हालसम्म नहटाएको र त्यलाई विज्ञापन सहित व्यापारिक प्रयोजनको लागि स्थायी रुपमा राख्न लागेकोले हटाउन विभागले सम्बन्धितलाई निर्देशन दिएको हो ।

गत जेठ ७ गते विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराइले सो डिस्प्ले यथाशीघ्र हटाई विभागलाई तुरन्त जानकारी गराउन भने पत्र लेखेको थियो ।

उक्त डिस्प्ले त्यहाँ बौद्ध तथा मेलम्ची घ्याङ गुठीको बैशाख २४ गतेको पत्र मार्फत भएको अनुरोध बमोजिम बौद्ध स्तुप क्षेत्रमा अवस्थित ठुलो मानेको उत्तर तर्फको बाहिरी पर्खालमा सो डिस्प्ले राखी बुद्धजयन्ती पश्चात् अनिवार्य हटाउने गरी अस्थाई रुपमा जडान गर्न पुरातत्व विभागको बैशाख २५ गते को निर्णय बमोजिम सहमति प्रदान गरिएकोमा हालसम्म पनि उक्त डिस्प्ले सो स्थानबाट नहटाएको हुँदा तुरन्त हटाइ विभागलार्य जानकारी गराउन भनी पत्रमा उल्लेख छ ।

फोटो रकी धासुकाे फेसबुकबाट