बुद्ध विहारमा साप्ताहिक अभिधर्म पाठ र देशना गरिइयाे
काठमाडाैं, ६ जेठ । काठमाडौंको भृकुटीमण्डपस्थित बुद्ध विहारमा साप्ताहिक अभिधर्म पाठ र देशना गरिएको छ । एक हप्तासम्म गरिने साप्ताहिक अभिधर्म पाठ विहीबार पनि जारी रह्यो ।
बुधबार भएको अभिधर्म पाठमा भिक्षु सरणंकर महास्थविरले कथावत्थु पालि पाठ र देशना गर्नु भएको थियो । बुद्ध जयन्तीको अवसरमा गरिएको यो कार्यक्रममा उपतिस्स भन्तेबाट पञ्चशील गराउनु भएको थियो ।
त्यस्तै भिक्षु अशोक महास्थविरले यमकपालि पाठको धर्म देशनादिएर पाठ सुरु गर्नु भएको थियो । कार्यक्रममा दाताहरुले विरामी भएको बेला अभिधर्म पाठ गर्नाले आफुलाई राम्रो भएको बताउनु भयो ।
उपतिस्स महास्थविर, कोण्डन्य महास्थविर लगायत भन्तेहरुको साथमा उपसाक –उपासिकाबाट संयुक्त पाठ भएको थियो । भिक्षुहरुलाई उपासक –उपासिकाहरुले दान समेत दिनु भएको थियो ।