बुद्धधर्म सम्बन्धी गोष्ठी आयोजित

बोधी संवाददाता
ललितपुर, जेठ २० । लोटस एकेडेमिक कलेजले नेपालको बुद्धधर्मको विषयमा आज एकदिने प्राज्ञिक गोष्ठीको आयोजना गर्यो ।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. नरेशमान वज्राचार्यले हाल नेपालमा घर घरमा बुद्धशिक्षा भन्ने अभियान चलाएर नेपालका विश्वविद्यालयहरुका सबै संकायमा आधारभूत बौद्ध शिक्षा दिलाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा बुद्ध जन्मेका हुन् । सबै नेपालीसँग बुद्धका ज्ञानका आधारभुत पक्षको बारेमा ज्ञान राख्ने नैसर्गिक अधिकार छ । यसको गरेमा नेपालमा बुद्ध शिक्षाको प्रचार चाँडै हुने देखिन्छ ।”
यसका साथै उहाँले १२ वर्षको दौरानमा हाल आएर लुम्बिनी बौद्ध विश्वविद्यालयले केही उल्लेखनीय काम गर्नसकेको बताउनुभयो । कुनै पनि विश्वविद्यालयको स्तर त्यहाँका उत्पादनहरुले गर्ने प्राध्यापन र अनुसन्धानले निष्कर्ष निकाल्दछ भन्ने पनि उहाँको जिकिर रह्यो ।
कार्यक्रममा त्रिरत्न मानन्धर, इन्द्रसिद्धि वज्राचार्य, सुरेन्द्र कुमार शाक्य, अशोक नन्द वज्राचार्य तथा उर्मिला ताम्राकारले आआफ्नो विषयमा कार्यपत्र प्रस्तुत गरे ।
पहिलो सत्रको सभापतित्व लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. भद्ररत्न वज्राचार्यले तथा दोस्रो सत्रको सभापतित्व डा् रञ्जना वज्राचार्यले गर्नुभएको थियो ।

4 years ago/Saturday, June 3rd, 2017 /