बुद्धजयन्ति समारोह समिति गठन

बोधी संवाददाता
काठमाडौं, चैत १० । आउँदो २०७४ बैशाख २७ गते २५६१औं बुद्ध जयन्ति मनाउनको लागि भिक्षु धम्ममूर्तिको अध्यक्षतामा २६५१औं बुद्धजयन्ति समारोह समितिको गठन भएको छ ।
उक्त समारोह समितिइमा उपाध्यक्षका रुपमा भिक्षु कौडण्य, गौतम शाक्य, रमेश मानन्धर, शंकर राज सिं, गुहियरत्न शाक्य निर्वाचित हुनुभयो । त्यस्तै महासचिव संघरत्न शाक्य, सचिव रवि मानन्धर, सहसचिव गौतम मानन्धर, कोषाध्यक्ष सुरेन महर्जन, सहकोषाध्यक्ष भाईराजा मानन्धर हुनु भएको छ ।

सदस्यहरुमा धम्मावती गुरुमां, चन्द्रबहादुर मानन्धर, लक्ष्मण शाक्य, चीजबहादुर गुरुङ, देउबहादुर रानामगर, नामा थुक्तेल डिङडुङ, विजयरत्न ताम्राकार, पूर्णमान तुलाधर, सूर्यमाया शाक्य, प्रदीप मानन्धर, भर्नमान शाक्य, अमृतमान शाक्य, पुष्पराजन शाक्य, काहिली रञ्जित, सुश्री अनार ताम्राकार, कृष्णनारायण मानन्धर, अष्टमुनि गुभाजु हुनुहुन्छ ।

सल्लाहकाहरुमा भिक्षु मैत्री महास्थवीर, भिक्षु भद्दीय महास्थवीर, प्रयागराज सुवाल, प्रा. सुवर्ण शाक्य, लक्ष्मीदास मानन्धर, नानीभाई स्थापित, श्यामकृष्ण मानन्धर, केदार शाक्य हुनुहुन्छ ।

त्यस्तै किसिमले प्रचारप्रसारमा भिक्षु प्रियदर्शी, अस्तिधातु प्रदर्शनीमा भिक्षु नारद, अतिथि सत्कारमा प्रयाग राज सिं सुवाल, खाद्य व्यवस्थापन उप–समितिमा जुजुकाजी महर्जन, अर्थ संकलमानमा भाइराजा मानन्धर, पात्र प्रकाशनमा संघरत्न शाक्य, रक्तदान कार्यक्रममा शंकर राज सिं, जलपान व्यवस्थापनमा केदारनारायण महर्जन बस्नुभएको छ । त्यस्तै किसिमले बौद्ध कवि गोष्ठीको व्यवस्थापन बज्राचायबाट हुँदैछ ।