बुद्धको मूर्ति मार्फत धार्मिक सद्भाव फैल्याउन चीन सफल

एजेन्सी, १९ बैशाख । विश्वभर रहेका अग्ला मूर्तिको लिष्टमा अधिकांश भगवान बुद्धको मूर्ति पर्दछन् ।  गिनिज बुक अफ रेकर्ड्समा स्प्रिंग बुद्ध विश्वकै दोस्रो अग्लो मूर्तिको रुपमा दर्ज छ ।

सन् २०१८ मा भारतमा ’लौह पुरुष’का नामले परिचित सरदार बल्लभ भाई पटेलको ‘स्टाच्यु अफ युनिटीे नाम दिएको मूर्ति अनावरण हुनुपूर्व स्प्रिंग बुद्ध नै विश्वभरको अग्लो मूर्तिको रुपमा रहेको थियो । चीनको हानान प्रान्तमा रहेको यो मूर्तिको उचाइ १५३ मिटर रहेको छ ।

यो मूर्ति निर्माणमा ५५ मिलियन डलर खर्च भएको थियो । मूर्तिको वजन लगभग एक हजार टन रहेको छ । बौद्ध धर्म प्रवर्दनमा उल्लेख्य योगदान गरेको चीनमा विशाल बुद्धका मूर्ति प्रशस्तै छन् । यी मूर्तिहरु मार्फत धार्मिक सद्भाव फैल्याउनुको साथै धार्मिक पर्यटक आकर्षित गर्न पनि चीन सफल भएको छ ।

%d bloggers like this: