बज्राचार्य अध्ययन मण्डल नेपालको ४० औं वार्षिक उत्सव

बोधी संवाददाता
काठमाडौं, जेष्ठ १३ । मैत्रीपुर महाविहार क्वाबाहालमा बज्राचार्य अध्ययन मण्डल नेपालको ४० औं वार्षिक उत्सव आइतबार सम्पन्न भएको छ ।
बज्राचार्य अध्ययन मण्डलका अध्यक्ष गोपाल बज्राचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा बज्राचार्य संरक्षण गुथिका अध्यक्ष गम्भीर मान बज्राचार्यले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
त्रिरत्न शरणगमनबाट शुरु भएको उक्त कार्यक्रममा, प्रमुख अतिथि गम्भीरमान बज्रचार्यले राजेन्द्र दिव्य हरि प्रतिष्ठानबाट प्रायोजित पं. बद्री रत्न बज्रयान उत्थान पुरस्कारबाट यस वर्ष बज्रयान पूजाविधि अध्ययन समितिका प्रथम उपाध्यक्ष दीपक बज्र्राचार्यलाई प्रदान गर्नुभयो ।
कार्यक्रम प्रमुख अतिथिले सम्मान पत्र तथा प्रतिष्ठानका अध्यक्ष राजेन्द्रमान बज्राचार्यले नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
बज्रयान बुद्ध धर्म उत्थानमा लामो समयदेखि योगदान गर्दै आउनुभएका बज्राचार्यलाई उक्त पुरस्कारबाट सम्मान गरिएको थियो ।
अध्ययन मण्डलका सचिव शान्तरत्न बज्राचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि गम्भीर मान बज्राचार्य, सम्मानित व्यक्ति दिपक बज्राचार्य, उपाध्यक्ष सागरमान बज्राचार्य, बज्राचार्य समन्वय परिषदका अध्यक्ष अनाररत्न बज्राचार्य, बज्र्रयान पूजाविधि अध्ययन समितिका अध्यक्ष योगेन्द्र बज्राचार्यले आआप्mनो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको अन्तमा सभापति गोपाल बज्राचार्यले आफ्नो मन्तव्य राख्दै सभा विसर्जन गर्नु भएको थियो ।