नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति नेपाल फर्काइयो

काठमाडौं, १२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको पहलमा नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता गराइएको छ । नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति मंगलबार सार्वजनिक गरेको हो ।

फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरकै शाक्यमुनिको मूर्ति रहेको छ । अमेरिकी मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्नुभएको हो ।

यूपीएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो ।अमेरिकामा यी सामग्री सग्रंह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो । मूर्ति साविककै ठाउँमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा २० ९कको प्रावधान अनुसार गर्न सकिने विभागले जनाएको छ ।

%d bloggers like this: