निर्वाणमूर्ति विहारमा भन्तेहरुलाई संघदान सम्पन्न

काठमाडौं, ८ जेठ । काठमाडौंको स्वयम्भु स्थित निर्वाणमूर्ति विहारमा भन्तेहरुलाई संघदान गरिएको छ । सो विहारले हरेक महिनाको ७ गते भिक्षुहरुलाई बोलाएर संघदान गर्ने गर्दछ ।

यस क्रममा शनिबार आनन्दकुटी विहारका पाँच जना भन्तेहरुलाई विहारमा संघदान गरिएको हो । विहारका प्रमुख धम्मविजय गुरुमांद्धारा आयोजित कार्यक्रममा विभिन्न उपासक उपासिकाहरुद्धारा भन्तेहरुलाई भोजन दान, खाद्य सामग्री तथा नगद सामुहिक दान प्रदान गरिएको थियो ।

दान अघि विहारमा शील प्रार्थना, परित्राण पाठ तथा अस्सजी भन्तेबाट मानिसमा आउने सुुख र दुःखबारेमा धर्मदेशना भएको थियो । कार्यक्रममा दिवंगतहरुको सम्झनामा पुण्यानुमोदन गरिएको थियो । ०००

%d bloggers like this: