धर्मकीर्ति विहारमा श्रद्धेय दानवती गुरुमांद्धारा जातक अट्ठकथा कुरुग्ङमिष् जातकबारे धर्म देशना

काठमाडौं, १० जेठ । काठमाडौंको श्रीघः स्थित धर्मकीर्ति विहारमा श्रद्धेय दानवती गुरुमांले जातक अट्ठकथा कुरुग्ङमिष् जातकबारे धर्म देशना गर्नु भएको छ ।

बछलागा अष्टमीको अवसरमा विहारमा आयोजित एक कार्यक्रमका बीच गुरुमांले धर्मदेशना गर्नुभएको हो । कार्यक्रममा शिल प्रदान, बुद्ध पूजा र त्रिरत्न बन्दना गरिएको थियो ।

कार्यक्रममा विभिन्न स्थानबाट आउनुभएका उपासक उपासिकाको उल्लेख्य उपस्थिति रहेको थियो । नियमित हुँदै आएको यस कार्यक्रममा अहिले उपस्थितिको संख्या पनि बढ्दै गएको छ ।

%d bloggers like this: