धम्मसाकच्छा संघलाई वसन्ती स्मृति प्रोत्साहन पुरस्कार

बोधी संवाददाता
ललितपुर, असार २१ ।

वसन्ती स्मृति प्रतिष्ठानको आयोजनामा पहिलो वसन्ती स्मृति प्रोत्साहन पुरस्कार धम्मसाकच्छा संघ हःखालाई प्रदान गरिएको छ ।

विगत १७ वर्ष देखि निरन्तर बुद्ध धर्म उत्थानमा योगदान दिंदै आएको यस संस्थालाई प्रतिष्ठानका अध्यक्ष महीश्वरराज बज्राचार्यले नगद रु.५० हजार सहित प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

सुगत बौद्ध विश्व विद्यालयका पूर्व प्राचार्य शान्तहर्ष बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बाल विकासको लागि समर्पित श्रृष्टि बाल विकास केन्द्रलाई पनि रु. १५ हजार आर्थिक सहयोग प्रदान गरिएको थियो ।

करुणा बज्राचार्यले स्वागत गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि शान्तहर्ष बज्राचार्य, प्रा. सुवर्ण शाक्य, उप प्राध्यापक जुनु बासुकला, पुरस्कृत धम्मसाकच्छा संघका अध्यक्ष कुलमान शाक्यले आ आप्mनो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अन्तमा प्रतिष्ठानका अध्यक्ष महीश्वरराज बज्राचार्यले आप्mनो मन्तव्य राख्दै सभा विसर्जन गर्नु भएको थियो ।

3 months ago/Monday, July 8th, 2019 /