देवदहमा यशोधरा भिक्षुणी विहारको निर्माण कार्य जारी

लुम्बिनी, १९ बैशाख । लुम्बिनी स्थित देवदहमा यशोधरा भिक्षुणी विहारको निर्माण कार्य जारी छ । गत माघ महिनामा शिलान्यास भएको उक्त विहार १७ विघा जग्गामा बनिरहेको छ । ३ वटा भवन निर्माण हुने उक्त विहारमा एउटा भिक्षुणी निवास, एउटा पाउना गृह र अर्कोमा बुद्धको मुर्ति रहने छ ।

देवदहमा बन्दै गरेको उक्त विहारको लागि जग्गा सोही ठाउँका मेयर हिराबहादुर खत्रीले उपलब्ध गराउनु भएको हो । सो विहारमा थेरवादी गुरुमाहरु बसोबास गर्नुहुन्छ । उक्त विहार निर्माणमा १९ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

आवश्यक रकम विभिन्न विहार तथा विहार संघका साथै उपासक उपासिका लगायत मनकारी दाताहरुबाट सङकलन गरिने छ । यशोधरा भिक्षुणी विहार आगामी पाँच महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

लुम्बिनी र कपिलबस्तुको बीचमा रहेको देवदहमा विहार निर्माण भए बौद्ध धर्मको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास गरिएको छ ।

 

%d bloggers like this: