जीतवन बौद्ध विहारमा महापरित्रण पाठ सम्पन्न
काठमाडाैं, २८ बैशाख । श्रद्धेय भिक्षु थानसेठ्ठ महास्थविर प्रमुख रहनुभएको थानकोट स्थित जीतवन बौद्ध विहारमा महापरित्रण पाठ सम्पन्न भएको छ ।
महापरित्राण पाठ गराउँदा चारैतिरवाट आउने भय डर विघ्नवाधा हटेर जाने विश्वासका साथ धर्ममण्डप बनाएर भिक्षुसंघलाई सामूहिक रुपमा पाठ गराइएको हो । कार्यक्रममा श्रद्धेय अशोक महास्थविरबाट शील प्रार्थना र बुद्ध पूजा गरिएको थियो । पाठ गर्नु अघि श्रद्धेय कोण्दन्य महास्थविरबाट महापरित्राणको महत्व बारे धर्म देशना दिनुभएको थियो ।
धर्म देशना पश्चात विभिन्न विहारबाट आउनुभएका भिक्षुसंघबाट समुहिक परित्रया पाठ गरिएको थियो । भगवान बुद्धवाट देसना भएको सुत्रहरु संग्रह गरी सम्पादन गरिएको परित्राण सुत्र क्रमैसंग भन्तेहरुले पाठ गर्नुभएको थियो ।
परित्राण पाठ सम्पन्न भएपछि दाता परिवार र उपस्थित उपासक उपासिकाहरुले भिक्षुसंघलाई अष्टपरिष्कार दान प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विहारबाट अनागारिका गुरुमांहरुको पनि उपस्थिति रहेको थियो ।