जम्बाला पूजा सम्पन्न

बोधी संवाददाता

ललितपुर, चैत १० । यहाँको ज्याथा बहालमा आज जम्बाला पूजा गरी सातदिने त्रिपिटक पाठ कार्यक्रमको समापन गरियो ।

छोकि निमा रिम्पोछेको नेतृत्वमा भएको उक्त पूजाले मुलरुपमा महायानी बौद्धहरुले धनका देवताका रुपमा मानिएको कुबेरको पूजा गरिने भएपनि यसले पैसालाई मात्र होइन मानिसलाई जीवनमा नभइ नहुने शिक्षा स्वास्थ्यलाई पनि धनको रुपमा पुजिने कुरा भिक्षु ज्ञान सागरले बताउनुभयो ।