गणमहाविहारमा पवित्र महापरित्राण पाठ सम्पन्न

काठमाडौं, ८ जेठ । काठमाडौंको गणबहालस्थित गणमहाविहारमा पवित्र महापरित्राण पाठ सम्पन्न भएको छ । महापरित्राण पाठ शुरु हुन अगाडि दाता परिवार र उपासक उपासिकाहरुबाट बुद्ध मूर्ति तथा परित्राण पुस्तक शीरमा राखी शोभा यात्रा गरिएको थियो ।

कार्यक्रममा संघनायक बोधिसेन महास्थविरबाट उपस्थित सबैलाई सिल्प दान गरिएको थियो भने श्रद्धेय भिक्षु धम्मसोभन महास्थविरको प्रमुखत्वमा बुद्ध पूजा गरिएको थियो । कार्यक्रममा श्रद्धेय भिक्षु सोभित महास्थविरबाट महापरित्राणको महत्वबारेमा धर्मउपदेश दिनु भएको थियो । परित्राण पाठको शुरुमा भिक्षु संघबाट सामुहिक पाठ भएको थियो ।

सामुहिक पाठपछि दुई दुई जना भिक्षुबाट युगल पाठ गरिएको थियो । पुण्य सञ्चय हुने र भय त्रास हट्ने विश्वासले महापरित्राण पाठ गरिएको दाता स्थानीय दाताहरु बताउनु हुन्छ । त्यसपछि भिक्षु संघबाट पुनः सामुहिक पाठ गरी दाताहरुबाट भिक्षु संघलाई अष्ट परिकार दान तथा उपासक उपासिकाहरुबाट दान प्रदान गरिएको थियो ।

%d bloggers like this: