एक बौद्ध भिक्षुलाई दुव्र्यवहार गरि पक्राउ गरेको विरोधमा काठमाडौंको चावहिलमा विरोध प्रदर्शन

काठमाडाैं, १८ जेठ । एक बौद्ध भिक्षुलाई दुव्र्यवहार गरि पक्राउ गरेको विरोधमा काठमाडौंको चावहिलमा विरोध प्रदर्शन भएको छ । मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुलाई दुव्र्यवहार गरी पक्राउ गरेको विरोधमा चावहिलमा विरोध प्रदर्शन भएको हो । पक्राउ परेका भिक्षुलाई रिहाइ गर्न माग गर्दै भएको विरोध प्रदर्शनको क्रममा चावहिलस्थित केएल टावर अगाडि युवाहरुको जमातले प्रदर्शनका साथै तोडफोड समेत गरेका छन ।

विरोध प्रदर्शन र तोडफोडका कारण केएल टावरमा संचालित सिनेमा घरमा सिनेमा प्रदर्शनमा रोक लगाइएको छ । प्रदर्शनमा उत्रिएका युवाहरुले सिनेमा घरको कम्प्युटर, फर्निचर तोडफोड गर्नुका साथै सिनेमाको पोस्टर च्यातेर हल बन्द गर्न दबाव दिएका थिए ।

अहिले चलिरहेको चलचित्र कबड्डी ४ कि नायिका मिरुना मगरलाई भिक्षुले दुव्र्यवहार गरेको भनी नायिकाले उजुरी दिएपछि भिक्षु पक्राउ परेको बताइन्छ । दर्शकको अगाडि माफी माग्न लगाएर, थप्पड हानेर पनि फेरि भिक्षुलाई थुनामा राखिएको भन्दै एक भिक्षुले निकै आक्रोस व्यक्त गरे ।

कब्ड्डी ४ नेपाली चलचित्रले प्रदर्शनीको छोटो अवधिमा नै दर्शकको मन जितेर अहिले बक्स अफिसमा राम्रो कमाइ गरेको रेकर्ड राखेको छ । कोरोनाको प्रभावपछि खुलेको हलमा नेपाली चलचित्र राम्रो प्रदर्शन भइरहेको बेला भिक्षु माथि भएको भनिएको घटनाले सिनेमा घरमा तनावको स्थिति देखिएको छ । चलचित्र निर्माताबीचको राजनीतिले यो विरोध भएको हो वा सांच्चिकै भिक्षु माथि दुव्र्यवहार भएको हो यसबारे विस्तृत विवरण आउन सकेको छैन । विरोध प्रदर्शनले गर्दा केएल टावरमा भने प्रहरी परिचालन गरिएको छ ।

%d bloggers like this: