उदय बुद्ध विहारको पूर्वाधार सवलिकरण सम्पन्न

गलकोट, १९ बैशाख । गलकोट नगरपालिकाको रिघास्थित धार्मिक पर्यटकीय क्षेत्र उदय बुद्ध विहारमा बुद्ध पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।  विहार व्यवस्थापन समितिले मेलालाई लक्षित गरेर आवश्यक तयारी सुरु गरेको छ । विहारमा प्रत्येक दिन बौद्ध परम्परा अनुसार नियमित हुने पूजा तथा दीप प्रज्वलनमा स्थानीयहरुको उल्लेख्य सहभागिता रहने गरेको छ ।

आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरुको आवागमन बढ्न थालेपछि विहारका अन्य पूर्वाधार निर्माण गरिएका छन् । बुद्ध विहार पुग्नका लागि पदमार्ग, शौचालय, खानेपानी तथा स्नान कक्षलाई सवलिकरण गरिएको छ । कुल एक करोड लागतमा यो विहार निर्माण भएको थियो ।

गलकोट क्षेत्रकै प्रमुख धार्मिक गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले यस विहारको भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने गरिएको गलकोट नगरपालिकाले जनाएको छ । झण्डै १५ रोपनी क्षेत्रफलमा फैलिएको बुद्ध विहारलाई संरक्षण तथा प्रचार गर्न सके गलकोट क्षेत्रकै महत्वपूर्ण धार्मिक गन्तव्य बन्ने निश्चित छ ।

%d bloggers like this: