अन्तर्राष्टिय बौद्ध भावना केन्द्रमा दुर्लभ श्रामणेर प्रबज्या कार्यक्रम मंगलबार समापन
काठमाडौं, ४ बैशाख । काठमाडौं बुद्धनगरस्थित अन्तर्राष्टिय बौद्ध भावना केन्द्रमा दुर्लभ श्रामणेर प्रबज्या कार्यक्रम पनि मंगलबार समापन भएको छ । २५६६ औं बुद्ध जयन्ती मूल समारोह समिति सुरश्चन्द्र महाविहार ललितपुरद्धारा आयोजित श्रामणेर प्रबज्यागत बैशाख २३ गतेदेखि १० दिनसम्म भएको थियो ।
समापन कार्यक्रममा कमट्ठानाचार्य सयादो इन्दक महास्थविरबाट शील प्रदान गरिएको थियो । कार्यक्रममा श्रामणेर सुरिन्द तथा श्रामणेर मित्तभासीबाट प्रवजित जीवनकोबारे आप्mनो अनुभव सुनाउनु भएको थियो । कार्यक्रममा सयादो इन्दक महास्थविरबाट ध्यान, विपश्यना, लगायतका विषयमा सम्यक दृष्टिबारे उपदेश दिनु भएको थियो ।
बुद्ध जयन्ती ट्रस्ट कमिटिका अध्यक्ष चन्द्रमान शाक्य तथा मूल समारोह समितिका अध्यक्ष तिर्थमुनि शाक्यले आआफ्नो मन्तव्य दिनु भएको थियो । यसैगरी धादिडको महादेव बेशीस्थितध्यान केन्द्रमा जेठ १ गते अल्पकालीन श्रामणेर प्रबज्या शुरु भएको छ । श्रद्धेय अशोक महास्थविरको उपाध्यायत्वमा ध्यान केन्द्रका प्रमुख श्रद्धेय भिक्षु चन्द्रवोधिको आचार्यत्वमा प्रबजित हुनेहरुको केश छेदन गर्नुभएको थियो ।
१२ दिनको अल्पकालीन श्रामणेर प्रबज्यामा १२ जना नै उपासकहरुको सहभागीता रहेको थियो । गत सालदेखि बुद्ध जयन्तीको उपलक्ष्यमा अल्पकालीन श्रामणेर प्रबज्या कार्यक्रम शुरु गरिएको हो । यसैगरी ललितपुरको सुनन्दाराम विहारमा साप्ताहिक ऋषिनी प्रबज्या कार्यक्रमको समापन भएको छ । कार्यक्रममा श्रद्धेय माधवी गुरुमांद्धारा शील प्रदान गरी सामूहिक बुद्ध पूजा गरिएको थियो ।
कार्यक्रममा श्रद्धेय गुरुमांद्धारा धर्म उपदेश दिनुका साथै आवासीय गुरुमांहरुबाट परित्राण पाठ गरिएको थियो । उक्त ऋषिनी प्रबज्यामा ९ वर्षका ३ जना बालिकाहरुको सहभागीता रहेको थियो । कार्र्यक्रममा श्रद्धेय गुरुमांबाट परियत्ति विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गर्नु भयो ।