दुःख के हो ?

वीरभद्र सिंह श्रेष्ठ
दुःख के हो र कुन अवस्थामा दुःख सत्यको उत्पन्न हुन्छ ? दुःख आठ प्रकारको हुन्छ । दुःखको कार्य: जन्मनु दुःख , बूढ़ो हुनु दुःख , रोगी हुनु दुःख, मृत्यु हुनु दुःख, मन नपर्नेसंग मिलेर बस्नु दुःख, मन परेको संग बिछोड़ीनु दुःख, इच्छा प्राप्त नहुनु दुःख , यो पञ्च उपादान स्कन्ध नै दुःख छ। माथि उलेखित दुःखहरु भोग्न कसैले पनि चाहदैन। तर जस्ले यस संसारमा जन्म लिन्छ तL प्रत्येक व्यक्तिले त्यस्ता दुःखहरु झेल्नु नै पर्दछ ।

 

चार आर्य सत्य मनुष्यको जीवनजगतको ठोस सत्यताहरु हुन्। आर्यको अर्थ हो क्लेशरहित माहपुरुष, सत्पुरुष, ज्ञानी, शीलवान , सदाचारी अर्थात जगतप्राणिको मार्गदर्शनका महान ज्ञानी मान्छे । सत्य त्यसलाई भन्छन् , जसमा कुनै पनि तर्क या मुक्तिद्वार कहिल्यै पनि वैपरीत्य ल्याउन नसकियोस्। श्रेस्ठ ज्ञानिहरु द्वारा अनुभव गरिएको र अनुमोदित गरिएको सत्यलाई आर्य सत्य भनिन्छ। चार आर्य सत्य मनुष्यको जीवन जगतको ठोस सत्यता हुन।

 

तथागत भगवान बुद्धले मानव कल्याणको लागि चार आर्य सत्यको विषयलाई ठुलो अनुसन्धानपछि सार्वजनिक गर्नु भएको हो । (१) दुःख आर्य सत्य: यो भौतिक जगत दुःखै-दुःखले व्याप्त छ । (२) दुःख समुदय आर्य सत्य: दुःख उत्पति हुने कारणहरु धेरै छन्। (३): दुःख निरोध आर्य सत्य: दुःखलाई निवारण गर्ने मार्ग पनि छ । (४) दुःख निरोधगामिनि प्रतिपदा आर्य सत्य: मध्यममार्गमा हिडेर दुःखको सबै कारण हरुलाई मेटाउन सकिन्छ ।

 

(१) दुःख आर्य सत्य:- मानव जीवनमा कैयो प्रकारका दुःखहरु विधमान छन्, यो मानव भू-ग्रहमा जन्म लिनु दुःख हो । प्रत्येक बालक आमाको कोखबाट रुदै जन्म लिन्छ । कुनै पनि मानिस बीमार हुन् चाहदैन। कुनै किसिमको दुःख, पीड़ा सहन चाहदैन। बूढ़ो हुनु दुःखमय कुरा हो । बुढेसकालमा कैयो रो ले समात्छ। कुनै पनि व्यक्ति बूढ़ो हुन्न चाहदैन । व्यकुलता , शोकाकुल मनोदशा दुखदायक हुन, बेचैनी, अशान्ति, पश्चाताप दुःखदायक हुन्। अप्रिय विषय वस्तुसंग संयोग हुनु दुःखको कारण हो।

 

(२) दुःख आर्य समुदय सत्य:-जेजति दुःख हुन्छन्, त्यों आफै या बिनाकारण हुँदैन। प्रत्येक दुःखको पछाडि केहिं न केहिं कारण अवश्य हुन्छ। त्यसलाई आर्य सत्य मानिन्छ । दुःखको मूल कारण हो: ‘तृष्णा’। तृष्णाले नै अनेक दुःखहरुको निर्माण गर्छ। मनुष्य कहिल्यै पनि आफ्नो वर्तमान स्थितिसंग संतुष्ट हुँदैन।सधै त्यसको लागि तृष्णाको उदय भैरहन्छ।

 

(३) दुःख निरोध आर्य सत्य:- जहां दुःखको उदय हुन्छ , त्यहाँ टी दुःखहरुको निवारण पनि हुन्छ। जून तृष्णा निर्मित हुन्छ, त्यस तृष्णा लाई नष्ट गर्न सकिन्छ। त्यस सत्यता लाई दुःख निरोध आर्य सत्य भनिन्छ । दुःखका कारण हरुको निवर्णले नै निर्वाण सुख प्राप्त हुन्छ ।

(४) दुःख निरोधगामिनि प्रतिपदा आर्य सत्य:- भगवान् तथागत बुद्धले भन्नुभएको छ की विषय- वस्तुको भोगहरु मा मौजमस्ती या शरीरलाई कष्ट दिने खाले साधनायि दुबै अति कठोर कुरा हरु छोडेर मध्यम मार्गको अवलम्बन गर्नु पर्छ। यस मध्यममार्गमा हिंडेर दुःखका सबै कारण हरुलाई मेटाउन् सकिन्छ। निर्वाणसुख प्राप्तिको यही मार्गलाई आर्य आष्टांगिक मार्ग भन्छन्। यी चार आर्य सत्य लाई अनुभूति मा उतार्नु पर्दछ। जो व्यक्ति मध्यममार्ग हिड्दछ ती व्यक्ति ले मात्र यी चार आर्यसत्य हरुलाई अनुभूतिमा उतार्न सक्छ र उ सफलताको मार्गमा अघि बडिरहेको हुन्छ।

 

बोद्धधम्म शिक्षाको महान लक्ष्य स्वर्ग होइन, यसको महान लक्ष्य भनेको जन्म-मृत्युको चक्रबाट पार भएर मोक्ष प्राप्त गर्नु हो! मोक्षको अर्थ हो मोह नाश गर्नु ! तसर्थ मोहको ”मो” र क्षयको ”क्ष” मिलेर मोक्ष शब्द बनेको हो! भगवान् तथागत बुद्धको वचनमा मोहको अर्थ हो आफ्नो शरीर र सांसारिक विष्यवस्तुलाइ सुखको साधन मानी त्यसमा भुलेर बस्नु अज्ञानता हो । जो व्यक्ति यस मोहरूपी अज्ञानतामा भुलिरहने गर्छ , त्यों व्यक्ति सदासर्वादा दुःख बन्धन रूपी भवचक्रमा अल्झिरहने हुन्छ।

 

तसर्थ यस तृष्णारूपी अज्ञानता लाई यथार्थरूपले पहिचान गरी यस बाट मुक्त हुने अवस्थाको नाम हो ” निर्वाण” अरु धर्मवालम्बीहरुले यसलाई मोक्ष बन्ने गर्छन्। तर निर्वाण भन्नु सझिलो छ प्राप्त गर्न ठुलो त्याग तपस्याको आवश्यकता पर्दछ। निर्वाणको अर्थ एक एस्तो अवस्थामा पुग्नु हो, जहां पुगेपछि पूनं अर्को जन्म हुने गर्दैन । किनकी संसारमा जन्मनु नै दुःख हो र जन्मिसकेपछि मृत्यु नभएसम्म हरेक किसिमको दुःख – पीड़ा भोगेर मृत्यु हुनु पनि महान दुःख हो।