विशाखा श्रोतापन्न भइन्

प्रस्तुति /अनुबाद : सुर्य घिसिङ

सात बर्षको उमेरमा बिशाखाले पहिलोपटक भगवान बुद्धको दर्शन गरिन, राजगृहमा आफ्नो हजुरबुबाको साथमा । भगवानको धम्म देशना सुनेर उ सात बर्षकै उमेरमा स्रोतापन्न भइन । श्रोतापन्न अर्थात जसको चित्त धम्मको श्रोतमा उत्रिएर आयो ।
भगवानले उत्तरोत्तर आठ श्रेष्ठ आध्यात्मिक अवस्था बताउनु भएको छ ।
(१) श्रोतापन्न मार्गारुढ
(२) श्रोतापन्न फल प्राप्त
(३) सकृतगामी मार्गारुढ
(४) सकृतगामी फल प्राप्त
(५) अनागामी मार्गारुढ
(६) अनागामी फल प्राप्त
(७) अर्हत मार्गारुढ
(८) अर्हत फल प्राप्त ।
विशाखा श्रोतापन्न भइन । असंशयरुपले धम्मको स्रोतमा उत्रिन जसलाई अर्हत अवस्थासम्म पुग्नु नै छ ।
धनञ्जय सेठको छोरी विशाखाको यथासमयमा मिगार सेठको छोरा पुण्यवर्धनका साथ श्रावस्तीमा बिबाह भयो ।
माइतीघरबाट बिदा हुने समयमा धनञ्जय सेठले आफ्नो छोरी विशाखालाई दस कुराहरू संकेतमा सम्झाए ।
(१) घरको आगो बाहिर नलानु ।
(२) बाहिरको आगो घरमा नल्याउनु ।
(३) जसले दिन्छ उसलाई दिनु ।
(४) जसले दिदैन उसलाई नदिनु ।
(५) जसले दिन्छ उसलाई पनि र जसले दिदैन उसलाई पनि दिनु ।
(६) सुखले बस्नु ।
(७) सुखले खानु ।
(८) सुखले लेटनु ( सुत्नु, आराम गर्नु )
(९) अग्नीको परिचर्चा गर्नु ।
(१०) कुल देवताको पुजा गर्नु ।
आफ्नो पिताको कुरालाई मनमा राखेर विशाखा श्रीमानको घर श्रावस्तीमा आइन, मिगार सेठको बुहारी बनिएर ।
मिगार सेठको भगवान बुद्धमाथी कुनै आस्था थिएन । उ अन्य मतका अनुयायी थिए ।
एकदिनको कुरा हो-
विशाखा आफ्नो ससुरा मिगार सेठलाई आफ्नै हातले पकाएर ताजा-तातो भोजन स्वयंले पस्किएर खुवाइ रहेकी थिइन । मिगार सेठ सुन-चाँदीको थालमा भोजन खान्थ्यो । भोजनको समयमा नै एक भिक्षु ढोकामा आएर उभियो । विशाखाको मनमा बुद्ध प्रमुख भिक्षु संघप्रती बाल्यकालबाटै अपार श्रद्धा बसेको थियोे तर उ यस्तो घरको बुहारी बनेर आएकी थिइनँ जहाँ बुद्धप्रती, वहाँको धम्मप्रती र संघप्रती कुनै आस्था थिएन ।
भिक्षुलाई ढोकामा उभिएको देखेर मिगार सेठले उसलाई नदेखै गरेर भोजन गरि रहर्यो । विशाखाले सोचिन सायद ससुराले भिक्षुलाई देखेनन त्यसैले उ अलिकति हटिन ताकी ससुराले भिक्षुलाई देखुन । उसले देख्यो तर फेरि पनि उसले नदेखे जस्तै गरेर चुपचाप भोजन गरिरहे । श्रीमानको घरमा ससुराको अनुमती बिना भिक्षुलाई दान दिनु पनि ससुराको अपमान हुन्थ्यो । अंतत: विशाखाले ढोकातिर मुख गरेर भिक्षुसग भने:-“भन्ते ! तपाईं अगाडी जानुहोस, मेरो पिताले बाँसी भोजन खाइ रहनु भएको छ ।”
यो सुनेपछि मिगार सेठ क्रोधीत भए । उसले खानाको थालीलाई सरकाए र बुहारीलाई घरबाट निकाल्ने निर्णय गरे । उसले पन्चायत जस्तै बैठक बोलाए । नाता-रिस्तेदार-पन्चायतको सामुन्ने आफ्नो निर्णय सुनायो कि यो बुहारी यश प्रतिष्ठित परिवारमा बस्न लायक छैन । उसले एक भिक्षुको सामुन्ने मेरो अपमान गरिन ! स्वयं आफ्नो हातले ताजा-गर्म खान खुवाइ रहेकी थिइन तर भिक्षुलाई भनिन मेरो पिता बासी भोजन गरि रहेका छन ।
बैठकका ठुला-बुजुर्गले विशाखालाई सोधे:-छोरी, के तिम्रो ससुराले सहि सत्य आरोप लगाएका हुन ?
विशाखाले भनिन:-मेरो ससुराले सहि भनी रहनु भएको छ तर मेरो कुरालाई गलत अर्थ लगाइ रहनु भएको छ…………
मिगार सेठले बिचैमा भने:-यो मात्रै एक कुरा होईन जसले मलाई रिस उठेको हो, बल्की अन्य पनि धेरै कुराहरू छ । माइतीघरबाट बिदाई हुने समयमा धनञ्जय सेठले यानी उसको पिताले यिनलाई कान भरेर पठाएको छ । उसको पिताले कानमा दस कुराहरू बताएका थिए जसलाई मैले लुकेर सुनेको थिए । म पर्दाको पछाडी नै थिए जब उसको पिताले कान भरी रहेका थिए । उसको पिताले भनेका थिए-“घरको आगो बाहिर लिएर नजानु ।” अब तपाईंहरु बताउनु होश कि हामी घर-गृहस्थ लोकका लागी यो सम्भब छ ? आफ्नो चुल्हो जलाउनका लागी आगो माग्दा हामीले उसलाई आगो नदिने ? यो त वरिपरि छिमेकीमा वैर पाल्नेवाला शिक्षा होईन ?
ठुला-बुजुर्गले विशाखालाई सोधे-के यो सत्य हो कि तिम्रा पिताले तिमीलाई यस्तो भन्नुभएको थियोे ?
विशाखाले धम्मबलको पूरा आत्मा बिश्वासले भनिन-हो, मेरो पिताजीले मलाई यस्तो भन्नुभएको थियोे तर त्यसको अर्थ यो होईन जुन मेरो ससुराले लगाउदै हुनुहुन्छ । मेरो पिताजीले भन्नुको तात्पर्य यो थियोे यदी आफ्नो सासू-ससुरा, देवर-नन्द, श्रीमानको कुनै कमि कमजोरी देखिएमा त्यसलाई कहिले घरभन्दा बाहिर नभन्नु, घरमा कहिले लडाइँ झगडा भएमा त्यो कुरालाई कहिले घरभन्दा बाहिर नभन्नु—यहीँ हुन्छ घरको आगोलाई बाहिर नलानु भनेको ।

आफ्नो बुहारीको मुखबाट उसका पिताको कुट संदेशको ब्याख्या सुनेर मिगार सेठ दंग पर्यो ।
विशाखाले दोस्रो संदेशलाई ब्याख्या गरिन-बाहिरको आगोलाई घरमा कहिले नल्याउनु ।
मेरो पिताजीले भन्नुको तात्पर्य यो थियोे-यदी तिम्रो सासू-ससुरा, नन्द-देवर, श्रीमान या श्रीमानका कुनै आफन्तको कतै कुरा काटिदै छ र त्यसलाई तिमिले सुन्यौ तब घरमा आएर कहिँले नभन्नु, यो भन्दा ठुलो आगो छैन । यहीँ पिताजीले भन्नुभएको थियोे-बाहिरको आगोलाई कहिले घरमा नल्याउनु ।
जसले दिन्छ उसलाई दिनु-
पिताजीले यसो भन्नुको तात्पर्य यो थियोे वरिपरि-छिमेकीमा, नाता-गोतामा कसैलाई कुनै बस्तु या धन उधारो दिनु परेमा उसैलाई दिनु जसले फर्काउछ । यो अर्थ हो जसले दिन्छ उसलाई दिनुको ।
#जसले दिदैन उसलाई नदिनु-
पिताजीले भन्नुको तात्पर्य यो थियोे कि कहिले वरिपरि, छिमेकमा, आफन्तमा कसैलाई कुनै बस्तु या धन सापट दिनु परेमा उसलाई नदिनु जसले फर्काउदैन । यो हो जसले दिदैन उसलाई नदिनु भनेको ।
#जसले दिन्छ उसलाई पनि र जसले दिदैन उसलाई पनि दिनु-
हाम्रो जिबनमा केही नाता र सम्बन्ध यस्तो पनि हुन्छ जसलाई केवल दिनु नै कर्तव्य हो । जस्तैः छोरी-ज्वाइँ, भान्जा-भान्जी, छोरा-बुहारी, भिक्षु-साधु-श्रमण । यिनिहरुलाई यश आसा र अपेक्षाले दिइदैन कि वापस लिन्छौ । त्यसैले पिताजीले भन्नुभएको थियोे-जसले दिन्छ उसलाई पनि दिनु र जसले दिदैन उसलाई पनि दिनु ।
#सुखले बस्नु-
पिताजीले भन्नुको तात्पर्य यो थियोे कि घरमा जब पनि बस्नु तब यस्तो ठाउँमा बस्नु कि सासु-ससुरा, ठुला-बडा, भिक्षु-श्रमण-साधु अचानक आउँदा खेरी अत्तालिएर उठन नपरोस । बिनय पुर्बक बस्नु । यसैलाई भनिन्छ सुखले बस्नु ।
#सुखले खानु-
खाना तब खानु जब सासू-ससुरा, श्रीमान, बच्चा, ठुला-बुजुर्ग, नोकर-चाकर, पालेको जनावर आदि सबैलाई खुवाइ सक्छौ । यसलाई भन्छ सुखले खानु ।
#सुखले लेटनु ( आराम गर्नु )
सुखले आराम गर्नुको तात्पर्य यो हो कि आराम गर्नुभन्द पहिला हेर बुढा सासु-ससुरा, ठुला-बडाले खाना खाइसके, कसैले औषधि खानु थियो भने उसले खायो, बच्चाहरु निदाए, घरको ढोका बन्द छ, तिजोरी बन्द छ, कुनै झ्याल खुल्ला छ । यो सबैलाई हेरेर-जाँचेर आराम गर्नु सुखले आराम गर्नु हो ।
#अग्नीको परिचर्चा गर्नु-
सासू-ससुरा, ठुला-बडा, साधु-श्रमण-भिक्षुसग अग्नीको जस्तो व्यबहार गर्नु । उनीहरुसग सम्यक दुरि बनाएर राख्नु । यति नजिक पनि नजानु कि असम्माननिय होश र यति टाढा पनि नजानु कि उनीहरुले खराब मानुन । जस्तैः खाना पकाउने समय आगोमा हात हालिदैन तर यति टाढा पनि बस्दैनौ कि खाना पाक्न नसकोस । यस्तो ठुलो-बडासग, पतिसग व्यबहार गर्नु । यसलाई भनिन्छ अग्निको परिचर्चा गर्नु ।
#कुल देवताको पुजा गर्नु-
माता-पिता, सासू-ससुरा, ठुला-बडा, साधु-श्रमण-भिक्षु आदिलाई देवता सम्झिएर पुजनिय मान्नु । उनीहरुको आबस्यक्तालाई तत्परताले पूरा गर्नु । कहिले पनि उनीहरुको अपमान नगर्नु । यहीँ हो कुल देवताको पुजा गर्नु ।

दस कुट कुराको ब्याख्या सुनेर मिगार सेठ अचम्मित भए । उसलाई पस्चताप पनि भयो कि उ आफ्नो बुहारीलाई गलत ठान्यो ।
अब उसले भन्यो:-फेरि मेरो बुहारीले एक भिक्षुको सामुन्ने यो मिथ्या भाषण किन गरिन कि मेरो ससुरा बाँसी भोजन गरि रहेका छन ?
न्यायीकले सोधे:-पुत्री, तिमी यति बुद्धिमानी छौ, फेरि तिमिले आफ्नो ससुराको लागी मिथ्या भाषण किन गरेउ ?
विशाखाले पूरा धम्मबलले भनिन-मेरो यश कुरालाई पनि पिताजीले सहि अर्थ लगाउनु भएन । मेरो ससुरा सुन-चाँदीको थालमा भोजन गर्नुहुन्छ, यति धनाडय हुनुहुन्छ, श्रावस्तीको नगर सेठहरुमा गणना हुन्छ, यति अनुचर-परिचर छ, यति यश-किर्ती छ, जब उ धर्म-कर्म, दान-ध्यान केही गर्दैन । यस्तो वैभव त धर्म-कर्म, दान-ध्यान, पुण्य आदिले प्राप्त हुन्छ । मैले अनुमान लगाए कि निश्चिति नै यो कुनै पुरानो पुण्य कर्म हो जसको फलले वहाँ यस समय यस्तो वैभवको जीवन ब्यतित गरिरहनु भएको छ । त्यसैले मैले भने कि वहाँ बासी भोजन खाइ रहनु भएको छ ।
यति सुन्नसाथ मिगार सेठले बिल्कुलै समपर्ण गर्दिए । भन्न थाले-यो पनि मेरो कुनै पुण्य कर्म नै होला कि यस्तो धर्मज्ञ मेरो बुहारी भइन । आजबाट मेरो बुहारी होईन बल्की ज्ञानको माता भयौ ।

तब बाट बौद्ध इतिहासमा विशाखाको नाम मिगारमाता विशाखाले प्रसिद्ध भयो ।

स्रोत:-Vipassana Samiti Jamnagar

3 months ago/Sunday, December 22nd, 2019/