बुद्ध धर्ममा तारा पूजा सप्तविधानोत्तर पूजा पाठ

विमला शाक्य
उपत्यकाका नेवाः बौद्धहरुले विभिन्न बुद्ध धर्मको अभ्यास गर्र्दै आएका छन् छ यस मध्ये आर्यतारा, करुणामय तथा अरु बुद्ध वोधिसत्वहरुको नाम उच्चारण गर्नु एक विशेष आध्यात्मिक अभ्यास हो ।

संस्कृत स्तोत्रमा ६० वटा श्लोक रहेका छन् जसलाई ३ वटा खण्डमा विभाजन गरिएको छ । पहिलो निदान कथा जसमा पहिला पोतलक पर्वतको दृष्य रहेको छ । यो पर्वत करुणामय र आर्यतारा देवीको अति मनपर्ने स्थान हो । यस स्थान बारम्बार वोधिसत्वहरु र वोधिज्ञान प्राप्त गरिसकेका सिद्ध महापुरुषहरु जाने ठाउँ हो । साधारण मानिसहरुले यो ठाउँ देख्न सकिंदैन ।

मीनबहादुर शाक्यले अनुवाद गर्नु भएको अष्टोत्तरशतनाम तारा स्तोत्र पुस्तक अनुसार यो ठाउँ दक्षिण भारतको धान्यकटक पर्वत नजिकै पर्ने स्थान हो । सन् ८०० तिर आचार्य बुद्धशान्ती र बुद्धगुह्य भन्ने २ जना सिद्ध पुरुषहरु यस स्थानमा घुमफिर गरिरहेको कुरा सुन्नमा आउँछ ।

अवलोकितेश्वर र बज्रपाणी वोधिसत्व बीच दुःख भोग गरिरहेका प्राणीहरुलाई कुन उपायले हित हुन्छ भनी कुराकानी गरिरहेको निदानकथामा उल्लेख छ ।
अवलोकितेश्वरले १०८ आर्यताराको नाम वा गुणस्मरण गर्नु नै उत्तम उपाय हो भन्नु भयो । त्यसकारण बज्रपाणी वोधिसत्वले करुणामयलाई ताराको १०८ नाम भन्नुहोस् भनी विन्ति गर्नुभयो ।

आर्यताराको १०८ वटा नामहरु दोस्रो खण्डमा आउँछ । जसअनुसार ताराको १०८ नामहरुमा विश्वरुपी, सरस्वती, महागौरी, महाचण्डी, कापालिनी आदि पर्दछन् जसमा कुनै कुनै हिन्दूधर्मको देवी दुर्गासंग मिल्दो जुल्दो छ ।

हिन्दूधर्ममा दशमहाविद्या अन्तर्गत बौद्ध देवी आर्यतारालाई पनि समावेश गरिएको छ । तारादेवी पहिलादेखि बुद्धधर्ममा समावेश भएको देवीको रुपमा लिइन्छ ।
तेस्रो निदानमा, ताराको नाम, गुणानुस्मरण चयार्, नेवा बौद्धहरुको बोधिसत्वको परम्परा अनुसार गृहस्थीहरुलाई उपयुक्त भएको अभ्यास हो भनी उल्लेख भएको छ । ताराको गुणानुस्मरण परम्परा ईसाको ६ औं शताब्दी देखि प्रचलनमा आएको मानिन्छ ।

नेपाल र तिब्बतमा ताराको उत्पत्तिको इतिहास हेर्दा श्वेततारा वा हरितताराको नाम नेपालका राजकुमारी भृकुटीदेवी करुणामयको निर्माणकाय अनुसार तिब्बती राजा श्रोङ चन गम्पोको रानीको रुपमा उल्लेख भएको छ । भृकुटीले सन् ६३३ मा तिब्बतमा राजा संग विवाह भएपछि तिब्बतमा तारादेवीको संस्कृति परम्परा शुरु भएको मानिन्छ ।

मणिकाभूम ग्रन्थमा उल्लेख भए अनुसार भृकुटीले तिब्बतमा श्रृखण्डको ताराको मूर्ति आप्mनो दाइजोको रुपमा लगेकी थिइन् ।

ग्रन्थ अनुसार उनले लगेका कलाकारहरुले तिब्बतमा अवलोकितेश्वर, भृकुटी, आर्यतारा, मारिची आदिको मूर्तिहरु पनि बनाएका थिए ।
तारालाई एक वोधिसत्व, मातृकादेवी र तन्त्रको ज्ञानसत्व देवीको रुपमा पनि लिने गरिन्छ ।
तारादेवीको वर्णन २ जना विव्दानहरुले गरेको देखिन्छ । मार्टिन विल्सनले इन प्रेय्ज अफ तारा र स्टेफन बेयेरले लेख्नुभएको दि कल्ट अफ तारा भन्ने पुस्तकमा ताराको उत्पत्ति विषय २ वटा परम्परा देखिन्छ ।

जोनांग तारानाथले संकलन गर्नुभएको तारा तन्त्र अनुसार कल्पौ कल्प पहिला दुन्दुभिश्वर तथागतको पालामा ज्ञानचन्द्रा भन्ने राजकुमारी हुनुहुन्थ्यो । उनी धार्मिक र करुणा भएकी दिनहुँ बुद्ध वोधिसत्व र भिक्षु भिक्षुणीहरुलाई असंख्य दान प्रदान तथा प्रणिधान गर्नुहुन्थ्यो ।
अनुत्तर सम्यकसम्बोधि प्राप्तीका लागि वोधिचित्त उत्पत्ति गर्नुभयो । एकदिन भिक्षुहरुले उनलाई भविष्यकालमा पुरुष भई जन्म लिई बुद्धधर्म प्रचार गर्नसकोस भनी प्रणिधान गर्नुहोस् भनेर आज्ञा भयो । त्यसबेला उनले भनिन् कि “यहाँ पुरुषको रुपमा मात्र वोधिज्ञान लाभ गर्ने ईच्छा रहेका छन् तर महिला रुप लिई प्राणीहरुलाई हित उपकार गर्ने कम मात्र छन् त्यसैले म आपैm स्त्रीको रुप धारण गरी संसार शून्य नभएसम्म प्राणीहरुलाई हित गर्ने काम गरिरहन्छु ।ू

दुन्दुभिश्वर तथागतले उनलाई भविष्यवाणी गर्देै ताराको नामले प्रख्यात हुँदै रहने बताउनु भएको उल्लेख छ ।

अर्को उत्पत्तिकथा अनुसार करुणामयको आँसुबाट उत्पत्ति भएको कथा छ ।
तरे यानाबिज्याइम्ह मांया मूखँया धलः पुस्तक अनुसार आर्यावलोकितेश्वर असंख्य प्राणीहरुलाई कल्पौकल्पसम्म संसारको जन्ममरण दुःखबाट उद्धार गर्नुभएको थियो । एकदिन करुणामयले आप्mना् दिव्यदृष्टिबाट ६ वटा लोकमा प्राणीहरु देख्नुभयो । दुःख भोग गरिरहेका प्राणीहरुको कमी नभएको देखेर उहाँको आँखाबाट आँसु आएको थियो । वहाँको आँसु कमलको पूmल भई त्यसको माथि आमा हुनु भएका आर्यतारा देवीले प्राणीहरुलाई उद्धार गर्नुभएको थियो । त्यतिबेला आर्यताराले करुणामयलाई “धन्दा नमान्नुस् प्राणीहरुलाई उद्धार गर्ने काममा म पनि तपाईलाई सहयोग गर्छुू भनेकी थिइन् ।

तारादेवी लाई मातृकादेवीको रुपमा परापूर्वकालदेखि भारतवर्षमा आइरहेको पाइन्छ । तारादेवी हिन्दु देवी दुर्गाको नाम संग मिल्दोजुल्दो रहेको छ । दश महाविद्यामा तारा देवीको नाम उल्लेख भएको छ ।

बज्रयान बुद्धधर्म अनुसार ज्ञानसत्वदेवीको रुपमा तारालाई लिइन्छ । सकल प्राणीहरुसंग तथागतगर्भ हुने भएकोले योग्य गुरुसंग अभिषेक प्राप्त गरी साधकहरुले तारादेवीको उत्पत्तिक्रम र सम्पन्न क्रममा साधना अभ्यास गरेको खण्डमा बुद्धत्वको अवस्थासम्म प्राप्त गर्न सकिन्छ ।

बुद्धको पालामा मनुष्य र वोधिसत्व शिष्यहरुमध्ये ४ जना दिव्य शिष्यहरु थिए । स्त्री रुपमा वोधिसत्व आर्यतारा, आर्य अवलोकितेश्वर, मन्जुश्री र बज्रपाणी । उहाँ वोधिसत्वहरु बुद्धका शिष्य हुन् भने सम्यक सम्बुद्ध पनि हुन् । वहाँहरु धेरै कल्प पहिला नै सम्यक सम्बुद्ध भईसकेका हुन् । अनेक लोकधातुमा सकल बुद्धहरुको शिष्य भई सांसारिक प्राणिहरु र बुद्धहरुको बीचमा सम्बन्ध राखी धर्म प्रचार गर्ने प्रणिधान गर्नुभएको हो ।

बोधिज्ञान प्राप्त गर्नुभएका वोधिसत्वहरुको मूल उद्देश्य भनेको प्राणीहरुलाई भौतिक र आध्यात्मिक दुबै किसिमबाट सुख दिनु रहेको छ । तारादेवी र अरु वोधिसत्वहरुले प्राणीहरुको सांसारिक दुःख हटाउन अनेक रुप लिनु हुन्छ । यसकारण ताराको २१ वटा रुप लिनुभएको मानिन्छ ।

बज्रयान परम्परा अनुसार आर्यताराको पूजा गर्ने तथा ब्रत बस्ने चलन पनि रहेको छ । आर्यताराको पूजालाई सप्तविधानोत्तर पूजा पनि भनिन्छ ।

तारा पूजा गर्ने बेला सबभन्दा पहिला तारा मण्डल बनाईन्छ । जसमा वरिपरि आख्य, धान र लावाले मण्डल लाई घेरा लगाईन्छ । त्यसमा सुन र चाँदीको सानो प्रमाणको रुपमा पाता राखी त्यसमा ताराको मूर्ति राखिन्छ । त्यसमाथि थालमा अष्टमंगलको प्रतिक राखी त्यसमाथि आसनमा कलश राखिन्छ ।

तारा पूजा गर्दा ताराको मूर्ति अगाडि पंचधातुका प्रतीक पात्र, धूप, बत्ती कलश तोर्मा २१र२१ वटा राख्ने गरिन्छ । पंच ताराको प्रतिक पुष्प तारा, धूप तारा, दीप तारा, गन्ध तारा, रस तारा आदि नामले पंच ताराको प्रतिक यी पात्र, धूप, बत्ती आदि राख्ने गरेको हिरण्यवर्ण महाविहारका गुरुजु दिपक बज्राचार्यले बताउनुभयो । नेपालमा महायान बुद्धधर्ममा प्रचलित तारा मध्ये लोचनी, मामकी, आर्य तारा, बज्रधातेश्वरी मुख्य हुन् । ती मध्ये पनि हरियो वर्णकी आर्यताराको विशेष पूजा अर्चना हुने उहाँको भनाई छ । यी पंच धातुलाई हाम्रो शरीर भित्रको पाँच तत्वको प्रतीक पनि मानिन्छ ।
तारा पूजा शुरुवात गर्न अगाडि जजमानलाई संकल्प गराईन्छ । त्यसपछि पूजा शुरु हुन्छ ।
तारा पूजा गर्दा मानिसहरुको दुःख हटेर जाने, आफुले ईच्छा गरेको वस्तु प्राप्त गर्ने विश्वास रहेको छ । भुवनरत्न बज्राचार्यका अनुसार तारे याना बिज्याइम्ह अर्थात दुःख तारीदिने भएकोले तारा भनिएको भनाई छ । ईतुम्बहालको तारालाई एक महत्वपूर्ण ताराको रुपमा लिने गरिन्छ । राजगुरु मन्जुश्री रत्न बज्राचार्यका अनुसार यस स्थानमा ३ वटा तारा विराजमान रहेका छन् । सेतो वर्णको, हरियो वर्णको र पहेंलो वर्णको तारा जसलाई बसुन्धरा पनि भनिन्छ । यहाँको श्वेत तारालाई शान्त तारा पनि भन्ने गरिन्छ । त्यसै गरी न्ववाना बिज्याइम्ह तारा अर्थात बोल्ने ताराको रुपमा पनि प्रख्यात रहेको छ ।
तारा देवीको पूजा गर्नाले महान आनिशंस प्राप्त हुने हुनाले देश मात्र होइन विदेशीहरु समेत तारा पूजा गर्न इतुम्बहालमा आउने गर्दछन् । विशेष गरी तिब्बतबाट तारा पूजा गर्न यहाँ मानिसहरुको घुइँचो लाग्ने गर्दछ ।
तारा पूजा पहिलो दोस्रो र तेस्रो पाद अनुसार पूजा गरिन्छ । पहिलो पाद सकेपछि पहिलो ७ वटा बत्ती धूप आदि बालिन्छ यो क्रम तेस्रो पाद सकेपछि समाप्त हुन्छ । पूजा अवधिभर गुरुजुले ताराको मन्त्र अवलोकितेश्वरको मन्त्र र अपरिमिताको मन्त्र पाठ गरिन्छ त्यसै अनुसार विभिन्न मुद्रा गरि देखाइन्छ ।
यसरी ३ पटक सम्म पाठ सकेपछि रत्नमण्डल पूजा गराइन्छ । यसबेला बज्रलाई एउटाथालमा राखी गुरुजुले मन्त्र पढे बमोजिम अक्षता चढाइन्छ । त्यसपछि जजमानले तोर्मामा टिका लगाइ धूप, बत्ती, पूmल चढाएर मण्डलमा चढाइन्छ ।
पूजाको क्रममा अष्ट दण्डवत पनि गराइन्छ । आर्यताराको मन्त्र पाठ गरी आठ पल्ट चारै दिशामा जजमानले दण्डवत गरिन्छ ।
दण्डवत गर्न सकेपछि चाकः पूजा गर्ने गरिन्छ । यसबेला मुख्य मुख्य देवता चार दिशामा पूजा गरिन्छ । त्यसपछि जजमानको अगाडि मण्डल पूजा गरिन्छ ।
पूजाको अन्तमा जजमान गुरुजु सबैजनाले किवः पूजा गरि किव निसला दान गरिन्छ । जजमानले गुरुजु र गुरुमालाई टिका लगाई दक्षिणा दिइन्छ । त्यसपछि गुरुजुले सबैलाई टिका लगाईदिन्छ ।
बज्रधातु कलश भएको पूजा थाल लिएर मण्डल घुमीसकेपछि अभिषेक लिने गरिन्छ । यसबेला अघि पूजा गरेको अष्टमंगललाई क्रमैसंग ढोगाउने गरिन्छ । जजमानहरु जोडि छ भने दुईजनाको टाउको जुढाई कलशबाट जलधारा बगाउने गरिन्छ । यसरी सप्तविधानोत्तर तारा पूजा समाप्त हुन्छ ।

10 months ago/Thursday, December 19th, 2019/