मासु खाँदा पाणातिपात कर्म लाग्छ, लाग्दैन ?

अनुवाद – बिष्णु धनञ्जय

सम्पूर्ण मानिसहरु ले नै यदि खाँदैनन् भने त अतिनै उत्तम विधान हो। सत्तवा प्राणी पशु पंछीहरु लाई जीवत दान अथवा जीवन दान दिएको हुन जान सक्दछ। तर पनि अतुलनीय भगवान बुद्धले सबैलाई छुट्कारा गराउन सक्ने व्यक्तिहरु नभएका जस्तै, एक प्रकारले भन्नु पर्दा पारमीता पूर्ण नभएका व्यक्तिहरु लाई छुट्कारा गराउन सक्नु सक्ने हुँदैन। भन्नु पर्दा रोक्न सक्नु हुन्न। त्यसै कारणले नै वहाँ हरु को सम्पूर्ण आ-आफ्नो कर्म नै सर्वस्व, “कम्मस्सका” भए अनुसार – एउटा सत्तवा प्राणीहरु को एउटा कर्म नै हो। कर्म गर्ने नयाँ त्यसको प्रतिफल भोग्ने पुरानो, कर्म को ऋण रहेको भएर भोग्नु परेको हो- भनेर मुख एकातिर फर्काउनु परेको थियो। यस ठाउँमा सागसब्जी खाने साकाहारी को बिषय र सागसब्जी खाएको आहार ले चाहिँ एउटा व्यक्ति लाई चार आर्य सत्य (चार सत्य ज्ञान) लाई परिच्छेद गरेर साक्षातकार गर्न सक्नु को लागि उपकार गर्छ भन्ने ई दुई बिषयद्वारा उत्तर दिन चाहन्छु।

अतुलनीय भगवान बुद्धले शिक्षापद गर्नु भए अनुसार भिक्षु श्रामणेहरु ले सेवन गर्न नहुने दस प्रकारका मासुहरु छन्। तीहरु मध्ये-
१. मनुस्स मंस = मनुष्यको मासु
२. हत्थि मंस = हात्तीको मासु
३. अस्स मंस = घोडाको मासु
४. सुनख मंस = कुकुरको मासु
५. अहि मंस = सर्पको मासु
६. सीह मंस = सिंहको मासु
७. ब्यग्घ मंस = व्याघ्र वा बाघको मासु
८. दीपि मंस = चितुवाको मासु
९. अच्छ मंस = भालुको मासु
१०. तरच्छ मंस = लामा लाम रौँ गरिएको पशु जस्तै कि- चमरी

कुनै मंसहरु आफ्नो जात मिल्ने भएको हुनाले, यदि त्यस लाई सेवन गरेमा प्राणीहरु को संकट, राज दण्डको संकट, जन जाति द्वारा अवहेलना, सेवन गरेर आफ्नो अहित रोग कष्ट पीडा दिने घिनलाग्दो तिरस्कृत भएको हुनाले, भुपाल महा राजा आदि मनुष्यहरुको आफ्नो आजीविका पालन को निम्ति सहायक प्रयुक्त वस्तुहरु भएको हुनाले, वहाँहरु को भय अन्तरायहरु लाई रोक्ने उपकारी भएका हुनाले, कुनै चाहिँ मंसहरु सेवन गर्नाले त्यसको गन्ध पाएर सेवन गर्ने व्यक्ति लाई नै आक्रमण गरेर दुःख दिने भएको हुनाले हो। ई सबै कल्याण सत्पुरूष प्राणीहरुका लागि तीनै लोक मा अतुलनीय सम्मासम् भगवान् बुद्धले आफ्नो सर्बयुक्त्त ज्ञान ले देखेर यो शिक्षापद लाई उपदेश गर्नु भएको हो।

माथि लेखिएका दस प्रकारका मंसहरु बाट जोगिएर अन्य प्रकारका मासुहरु लाई अन्तिम तीन चरम पार नगरी कन वा छुट्कारा भै भोजन दान दिन अनुमति दिनु भएको छ।

अन्तिम तीन चरम भन्ने चाहिँ –
१• दिट्ठमंस = आफुलाई उदेश्य राखि योजना तथा काटमार गरेर तयारी बनाएको हो भन्ने लाई आफ्नो आँखाले देखेर दान दिएको लाई ग्रहण गरेको पकवान,

२• सुतमंस = आफुलाई उदेश्य राखि योजना तथा काटमार गरेर तयारी बनाएको हो भन्ने लाई आफ्नो कानले सुनेर दान दिएको लाई ग्रहण गरेको पकवान,

३• परिसङ्कितमंस = आफुलाई उदेश्य राखि योजना तथा काटमार गरेर तयारी बनाएको हो भन्ने संकेत तथा शंका लागेको पकवान वा तरकारीहरु लाई भोजन दान दिनु लिनु हुँदैन। यदि खान गएमा गल्ती हुन जान्छ। त्यसैले आफुलाई उपयुक्त अथवा प्रयोज्य आवश्यक योग्यता भएको इच्छा अनुसार भएका भिक्षु ले खान चाहे खान सक्नु हुन्छ, खान नचाहने ले न खाए हुन्छ भनेर करुणाले अनुमति दिनु भएको छ। मानिष हरु मा चाहिँ स्वयं आफु द्वारा हत्या नभए मन पर्दो खान सक्द छन्।

दोस्रो तथ्य चाहिँ आहार ले विशेषज्ञ ज्ञान प्राप्त गर्नमा उपकार गर्ने आकृति फल स्वरूप चाहिँ-

अतुलनीय भगवान बुद्धको जिवित समकालिन (६०) वर्गी भिक्षहरु भगवान कहाँ कर्मस्थान लिएर स्रावस्ति बाट केही दुर बन जंगल गाउँमा बर्षाबास लिनु भएको थियो। त्यस गाउँमा एउटि उपासिका सासनमा अति श्रद्धावान भै सबै चाहिए को जति आदि बाट अन्तिम सम्म दान गर्ने गर्दथिन्।

एक दिन चाहिँ भन्तेहरु ले तपस्या ध्यान आचरण गरेको देखेर उपासिका ले पनि ध्यान अभ्यास आचरण गर्न हुन्छ भनेर सोध्दा हुन्छ भन्ने बित्तिकै ३२ कोट्ठास कर्मस्थान लाई मागेर बेला पूर्ण अभ्यास आचरण गर्दा, केही समय न बित्दै दायिका चाहिँ तीन मार्ग तीन फल सम्म स्थापित भै सकेर लौकिक झान वा ध्यान अविज्ञा द्वारा अनागामी अरिय भै सक्नु भएको थियो। विशेषज्ञ ज्ञान पाउने साथ हेर्दाखेरि त
“मेरा छोराहरू ले म जस्तो ज्ञान विशेषज्ञ ज्ञान पाएकि भन्दै कुन स्तर कहाँ सम्म पुगेका रहेछन् भनेर हेर्दा त, सबै पृथक मात्र भैरहेको छन् भन्ने कुरालाई अभिज्ञान द्वारा देखेर जाने पछि मनमा नरमाइलो लाग्यो। के कारणले विशेषज्ञ ज्ञान प्राप्त नभएको रहेछ भनेर पुनः हेर्दा-

सेनासन सप्पाय = बसाई उठाई ठण्डा गर्मी ऋतुहरु आदि चाहिँ सबै समान ठिक्छ।

पुग्गल सप्पाय = एक एउटा वर्गीमा कुनै डाह ईर्ष्या आरिस आदिहरु छैन सबै मिलीजुली प्रेमले बस्ने ठाउँमा पनि ठिकै समानता छ।

भोजन सप्पाय = खाने कुराको आहार पक्षहरु मा चाहिँ इन्द्रिय ठीक समानता छैन।

आज खट्टा खान पाए हुन्थ्यो भन्ने इच्छा भएतापनि खट्टा खान पाइदैनथ्यो। गुलियो खाने इच्छाहुँदा हुँदै पनि पिरो, तीतो स्वाद भएको पकवान तरकारीहरु खान मिल्दथ्यो। यसरी नै खान खोजेको एउटा खानपर्ने अर्कै भएकाले इन्द्रिय ठीक संग समानतामा बराबर भै मिलि रहेको थिएन।

अभिज्ञान द्वारा विचारेर बुझे पश्चात् अर्का दिन चाहिँ ६० वर्गीय भिक्षुहरु को इच्छानुसार भएको खज्जक खादनीय भत्त वा भात आहार नाना ब्यञ्जन पकवान तरकारी आदि हरु को व्यवस्था मिलाई दान चढाएर भन्ते ज्युहरु लाई आ-आफ्नो इच्छानुसार चाहिएको जस्तो भोजन दान लिनु होस् भनेर दान गरि आफुले सम्पूर्ण दानहरु लाई भन्ते ज्युहरु को इच्छा मुताबिक छाड्दिनु भयो।

भिक्षुको जीवन भन्ने पनि भिक्षापात्रो भित्रमा अरुले हालि दिएको जे परेर आउँछ त्यति लाई मात्र ग्रहण गरेर सेवन गर्नु पर्ने हुन्छ। जिद्दी गर्न चाहिँ पाइन्न है। तातो तातो रस पिउने इच्छा भए तापनि दानी दाताले हिँउ जस्तो चिसो रस (झोल) सप्पाय वा भने जस्तो हुन जाँदैन। त्यस कारण पनि भिक्षु भन्ने अर्थ लाई-

भिक्खति याचतीति भिक्षु = भाँडो थापेर मागेर खाने यस प्रकारले जिविका चलाउने लाई भिक्षु भनिन्छ अरे।

अर्को प्रकारले चाहिँ-
परदत्तूप जीवी = अरू कोही भनौंदा दायक दायिका हरु को भरमा जिविका पालन गर्नु पर्ने पुद्गलहरु भएका हुनाले पनि भनिन्छ।

ती सबै कुरा लाई एक छिन राखिदिउँ-
त्यस पश्चात् आवश्यकता जस्तै आहार लाई प्रयोग सेवन गर्न पाए पछि सप्पाय वा भने जस्तै आहारमा इन्द्रिय मिले पछि भिक्षुहरु ले ध्यान साधन मा चिन्तित मनन् गरेर हेर्दा हेर्दै समाधिको स्थिरता चरणहरू स्तर माथि स्तर चढ्दै ६० वर्गीय भिक्षुहरु जम्मै चार पट्टिसम्भिदा झान अभिज्ञान सबै द्वारा अर्हन्त हुनु भयो।

अर्हन्त हुने साथ नै अभिज्ञान ले विचारेर हेर्दा-

ए ” हामी सबैकि माताजी मातिक माताले चाहिँ हामीहरु माथि धेरै कृतज्ञता साथ उपकार गर्नु भएको रहेछ। वहाँ भएनै आज हामीहरु ले विशेषज्ञ ज्ञान प्राप्त गर्न पायौँ। भन्दै उपकार को गुणलाई देखेर धेरै प्रसन्नता हुनु भयो।

यस ठाउँमा ध्यान साधन अभ्यास गर्ने हुनु भएको वहाँहरु सबैले यदि आवश्यकता परेको सप्पाय भोजन लाई प्राप्त गर्न नसक्नु भएको भए विशेषज्ञ ज्ञान प्राप्त गर्न नसक्ने कुरा यहाँ प्रत्यक्षरुपमा पुष्टिकरण छ।

मंस माछामासु लाई छोड्नु नै पर्छ भनेर यस प्रकारको धारणा लाई लिएर एका तर्फ पल्लो छेउमा तान्निने भएका भए वहाँ भिक्षुहरु अरहन्त हुन सक्ने हुनु हुदैनथ्यो।

त्यसै कारणले पनि आजकल बौद्ध धार्मिक दायक दायिका हरु ले भिक्षु भन्ते ज्युहरु लाई आहार भोजन दान दिनु हुँदा गुलियो, खट्टा, पीरो, तीतो टर्रो ठीक हुने आहार मिलाएर सागसब्जी फलफूल खादनिय भोजनले परिपूर्ण भएको लाई नै दान गरिरहनु भएकै छ भन्ने लेखक लाई लाग्छ।

(आयुस्मान सुनन्दालङ्का)
…………………………………………………………………………………………

खान नहुने दस प्रकारका मंसहरु र तीन प्रकारका अन्तिम चरम बिन्दु बाट छुट्कारा भएर माछामासु मंसहरु लाई उल्लेख गरियो। निम्न प्रकार को अरु उत्तरहरु-

उत्तर – यो सम्पूर्ण लोक संसार भरिकाहरु लाई नै शाकाहारी बनि मासु नखानु होस् भनेर भन्ने हो भने, भने जस्तो नहुने जस्तै, – यो सम्पूर्ण लोक संसार भरिकाहरु लाई नै मांसाहारी भै मासु खानु होस् भनेर भन्ने हो भने, भने जस्तो हुँदैन होइन र, खानेले खाइ रहन्छन् र नखाने ले छोड्दै जान्छन् नै। सबै एकमत एकैनास हुँदैनन्। खान छोडेता पनि यसरी मैले खान छोडेको मा मेरो कारणले सत्तवा प्राणीहरु मर्न दिन्नँ, अब म तिमीहरु को मासु लाई खाने छैन भनेर साच्चै मैत्री चित्तले खान यसरी छोडेको हो भने मैत्री चित्तको कारण कुसल हुन सक्छ। असाध्यै ज्यादा मासुमंस खान गइयो भने पनि धेरै थरी को रोग गराउन सक्दछ। नखाई नभएको हुनाले हो भने पनि खन्ध शरीर लाई न्याय स्वाथ्य ठीक हुनको लागि भन्ने मन ले खान योग्य छ। तृष्णा र लोभी जवन चित्तले चाहिँ खानु हुँदैन। अतुलनीय भगवान बुद्धले भिक्षुहरु लाई उपदेश द्वारा सम्झाउनु भएको असाध्यै उपयोगी राम्रो र उल्लेखनीय छ। यसरी माछामासु खाएता पनि एउटा उदाहरण दिनु भएको छ।

वलुकन्तार (बलूचिस्तान) को यात्रामा गएका दुई दम्पती र एउटा सानो छोरा, बाटोमा सानो छोरा को दुर्घटनामा मृत्यू भयो। खाने राशन हरु सिद्धिए पछि उनिहरु को आफ्नै मृतक प्यारो सानो छोरा को मासु लाई नै काटी निकालेर लिई घाममा सुकाएर बाटोमा खाने राशनको लागि लिएर जानु परेको थियो।

ती दुई दम्पती ले भोक लागेको बेलामा उनिहरु को आफ्नै छोराको मासु लाई खाने बेलामा तृष्णा लोभ चित्त ले खान सक्छन् र ? हे भिक्षुहरु हो ! भनेर भगवान बुद्धले सोध्नु हुँदा, भिक्षुहरु ले सक्दैनन् भगवान भनेर उत्तर दिनु भएको थियो। हो नि कहाँ सक्छन् र उनिहरु दम्पती ले त्यो मासु प्रत्येक समयमा खाँदै पछि आँसु झार्दै केही पनि नलागेको हुनाले विवशता मा उनिहरु को आफ्नै छोराको मासु लाई खानु परेको थियो। आहार को लागि मात्र खाएका हुन् अरे।

त्यस कारण खाएता पनि तृष्णा लोभ चित्तले नखानको लागि अति आवश्यकता छ।

मासुमंस खाने व्यक्तिहरु लाई मनुष्य को हृदय नभएका एक प्रकारका राक्षस भनेर आरोप लगाउन ठिक नभए जस्तै शाकाहारी Vegetarian खाने व्यक्तिहरु लाई पनि गोरु भैंसी जस्तै घाँस पात मात्र खाने भनेर आरोप लगाउन ठिक हुँदैन। सहि प्रकारको राम्रो मनसिकार राख्न जान्नु राम्रो जानकारी को सही ज्ञान हुन मुख्य आवश्यकता छ।

शाकाहारी (सागसब्जी खाना) ले लाभ छ, छैन

बिशेष गरी स्वास्थ्य लाई राम्रो गरेर आयु लामो गराउँछ। शरीर बाट गन्ध आउँदैन र सास पनि धेरै नगनाउने हुन्छ। मासुमंस धेरै खाने एस्किमो एक प्रकारका जातियहरु को आयु छोटो हुन्छ, उनिहरु को लगभग आयु ३५ जति मात्र हुन्छ। धेरै मासुमंस खाएर हो भनेर वैज्ञानिक अनुसन्धान गर्ने हरु ले यसरी लिएका छन्।

यद्यपि आफु शाकाहारी भएर सागसब्जी मात्र नखाने मांसहारी हरु लाई तुच्छ सम्झिनु चाहिँ उचित ठीक छैन जस्तो लाग्छ। मंसमासु अलिकति कम मात्रामा घटाएर खानु चाहिँ राम्रो कुरा हो। फलफूल सागसब्जी धेरै मात्रामा खानु राम्रो कुरा हो भनेर औषधी अनुसन्धान वैज्ञानिक हरु ले लिएका छन्।

(आयुस्मान चव्छुखम्)
…………………………………………………………………………………………..
अर्को चाहिँ कुनै गुरु आचार्यहरु को धम्म आश्रम कुटीहरु मा बिन मासुमंस सागसब्जी मात्र प्रयोग गर्नु हुने बिशेष कारण चाहिँ, धम्म श्रमण आचरण अभ्यास गर्ने परिषद् र योगीहरु धेरै सयौँ, हजार को मात्रामा भएका हुनाले गर्दा दिनहुँ एकेक दिन मासुमंस खुवाउने हो भने एउटा गाउँ भरीकै काटमार गरिएको मासुमंस ले पनि नपुग्ने भएको हुनाले अर्को अर्को गाउँ बस्ती बाट पनि मगाउनु पर्ने भएको हुनाले मात्र सागसब्जी खुवाउने गरिएको हो।

(आयुस्मान जवन)
……………………………………………………………………
अन्तिम गर्नु पर्दा…
सागसब्जी फलफूलहरु मा किटाणुहरु नलाग्नको लागि वा किराहरु ले नष्ट बिगार आदि नगर्नको लागि भनेर दबाई वा औषधिहरु छर्ने हाल्ने गर्दछन्। बिरामी भएर बखार आएको बेलामा पनि बिमारको लागि पनि त औषधि आदि लिने गरिन्छ। यस लाई हेरेर पनि मांसाहारी बाट भिन्न अलग्गै शाहाकारी हुनु चाहिँ अति नै कठिन बिषय हो। विशेष गरी चाहिँ एक तर्फा पल्लो छेउ को चरम बिन्दु सम्म नपुग्नु नै हो। न्याय समानता बिचको (मज्झिम पट्टिपदा) मार्ग को बाटोमा हिँड्न सक्ने होऊन्।

 

4 months ago/Friday, December 6th, 2019/