मौलिक संक्षिप्त अभिधम्म १

अनुवाद – बिष्णु धनञ्जय

मौलिक संक्षिप्तमा अभिधम्मको संक्षिप्त अर्थ-
पुद्गल सत्व प्राणीहरुकोतर्फ पक्षपाती हुन नगैकन, पूर्णतयाः आफ्नो शुद्ध स्वभाविक धर्मको लहर अनुसार मात्र नियमित अनुसारले जाने भएको हुनाले परमार्थ अभिधर्म भनिन्छ। रुप र नाम = रुप, चित्त, चैतसिक र निर्वाण भन्ने मात्र सहि सत्य रुपमा प्रत्यक्ष स्थित भएका स्वभाविक धर्महरु छन्। यो बाहेक अरु कुनै देव, ब्रह्मा मनुष्य, सत्वा प्राणी, म मेरो भन्ने छैन।

चित्त को बिषय
**************
सबै कुराको अनुभूति गरेर जानकारी (परिचित) हुने स्वभावलाई चित्त भनिन्छ। जस्तै- रुपलाई देखेर अनुभूति गरेको, थाहा पाएको वा जानेको मन, शब्दलाई सुनेर जानेको मन, गन्धलाई सुँघेर जानेको मन, आहार लाई पान गरेर रस थहा पाएको मन, स्पर्ष गरेर छोइएको लाई अनुभूति गरेको मन। यस ५ प्रकारकाहरु मध्ये कुनै एक न एउटा धर्मलाई अनुभूति गरेर जानेकाहरु हुन्।

चित्त सम्मिलित
************

१• कामवाचर चित्त – ५४ वटा
***********************
काम ११~ लोकमा भएका सत्वहरुमा सामान्यतयाः रुपमा धेरैजसो सातत्य हुने चित्तहरुलाई कामवाचर चित्त भन्ने गरिन्छ। यस किसिमका चित्तहरुलाई निम्न प्रकारले बिभाजन गरेर जानकारी लिन सकिन्छ।

(क) अकुसल चित्त १२ वटा
==================
नराम्रा अकुसल भएका १२ वटा चित्तहरु मध्ये-
लोभ मुल चित्त – ८ वटा
दोष मुल चित्त – २ वटा
मोह मुल चित्त – २ वटा हरु हुन्।

(ख) अहेतु चित्त १८ वटा
===============
लोभ, दोष, मोह आदि गरेका हेतुहरु नभएका चित्तहरुलाई अहेतु चित्त भनिन्छ। ती अहेतु चित्तहरु मध्ये-
अकुसलविपाक चित्त- ७ वटा
अहितकुसलविपाक चित्त- ८ वटा
अहितक्रिया चित्त- ३ वटा हरु हुन्।

(ग) कामसोभणचित्त २४ वटा
===================
कामलोकमा हुने शुसोभित उत्तम चित्तहरुलाई कामसोभन चित्त भनिन्छ। तीहरु २४ वटा मध्ये-
महाकुसलचित्त- ८ वटा
महाविपाकचित्त- ८ वटा
महाक्रियाचित्त- ८ वटा हरु हुन् ।

कामवाचरचित्त हरु
(क) अकुसल चित्त १२ वटा
(ख) अहेतुचित्त १८ वटा
(ग) कामसोभणचित्त २४ वटा
————————————–
कुल मिलाएर जोड्दा = ५४ वटा
यसलाई कामवाचरचित्त ५४ वटा भनिन्छ।

मौलिक संक्षिप्त अभिधम्म २
**********************

२• रुपावचरचित्त १५ वटा
*********************
रुपा १५~ लोकमा भएका रुपब्रह्माहरुमा सामान्यतयाः रुपमा धेरैजसो सातत्य हुने चित्तहरुलाई रुपावचर चित्त भन्ने गरिन्छ।
ती चित्तहरु मध्ये-
क. रुपावचर कुसलचित्त- ५ वटा
ख. रुपावचर विपाकचित्त- ५ वटा
ग. रुपावचर क्रियाचित्त- ५ वटा हरु हुन्।

३• अरुपावचर चित्त १२ वटा
**********************
अरुपा ४~ लोकमा भएका ब्रह्माहरुमा सामान्यतयाः धेरैजसो सातत्य हुने चित्तहरुलाई अरुपावचरचित्त भन्ने गरिन्छ।
ती चित्तहरु मध्ये-
क. अरुपावचर कुसलचित्त- ४ वटा
ख. अरुपावचर विपाकचित्त- ४ वटा
ग. अरुपावचर क्रियाचित्त- ४वटा हरु हुन्।

४• लोकुत्तराचित्त संक्षेपमा ८ वटा, बिशेस गरी ४० वटा
******************************************
लोकबाट छुट्कारा भएको चित्तलाई लोकुत्तरा चित्त भनिन्छ।
त्यस किसिमका चित्तहरु ८ प्रकारका अरिया (आर्य) पुद्गलहरुमा मात्र सातत्य हुन्छ। ती चित्तहरु मध्ये-
क. मग्गचित्त- ४ वटा
ख. फलचित्त- ४ वटाहरु हुन्।

बिशेष गरी

क. मग्गचित्त- २० वटा
ख. फलचित्त- २० वटाहरु हुन्।

५• संक्षेपमा चित्तहरु ८९ वटा, विशेष गरी चौडाईमा १२१ वटा
***********************************************
क.

१• कामवाचरचित्त – ५४ वटा
२• रुपावचरचित्त १५ वटा
३• अरुपावचरचित्त १२ वटा
४• लोकुत्तराचित्त संक्षेपमा ८ वटा
———————————————–
जोडेर ८९ वटा

ख.

१• कामवाचरचित्त – ५४ वटा
२• रुपावचरचित्त १५ वटा
३• अरुपावचरचित्त १२ वटा
४• लोकुत्तराचित्त बिशेस गरी ४० वटा
—————————————————-
जोडेर १२१ वटा

चेतसिकको बारेमा
****************
चेतसिक भन्ने चित्तको आधारमा (आडमा) मनलाई रंगाएर (जस्तै सेतो भएको कपडालाई कालो, रातो, पहेँलो, नीलो, हरियो आदि गरिएका रङ्गमा रंगाएर) उसको रंगमा परिवर्तन गरी अदल बदल गराइदिने जस्तै स्वभाव हुन्छ। मनले कुनै चिजहरुलाई केवल थहा मात्र पाउने हुन्छ। मनबाट मात्रै पूर्णता राम्रो नराम्रो भन्नेहरु लाई छुट्याएर जान्न सक्ने शक्तिको क्षमता हुँदैन। विभिन्न थरी थरीका चेतसिकहरु संग जोडिएर (मुछिएर), उसको रंगमा रंगिएर मात्र मन बाट राम्रो नराम्रो विभिन्नहरुलाई छुट्याएर जान्न सक्ने हुन्छ। जस्तै सङ्लो पानीमा रातो रंग, पहेँलो रंग, निलो रंग हरुलाई मिश्रित गरीदिँदा, मूल सक्कली रंग हराएर रातो पानी, पहेँलो पानी, नीलो पानीमा परिवर्तन हुन्छ।

मौलिक संक्षिप्त अभिधम्म ३
**********************
चेतसिक ५२ वटा
***************
१• सब्बचित्त साधारणचेतसिक ७ वटा
******************************
क. फस्स = स्पर्श
ख. वेदना = सुख, दुख, उपेख्खा वेदनालाई अनुभूति गर्ने।
ग. सञ्ञा = संज्ञा = रातो ,सेतो, गाडी, मानिस आदिहरुले परिचित हुनु।
घ. चेतना = जाग्रण भएर आग्रह गर्ने।
ङ. एकग्गता = एकाग्रता, कुनै विषयको गहिराईमा (डूबी) एकोहोरिएर स्थिर भएको स्थिति।
च. जीवितिन्द्रे = जीवितइन्द्रिय, अधिकृत रूपले सुरक्षा गर्ने।
छ. मनसिकार = मनन् (मनमा धारण) गर्नु।
चित्त उत्पन्न भएर आउँदै पछि सम्मिलित भएको कार ले सब्बचित्तसाधारणचेतसिक भन्ने गरिन्छ।

२• पकिण्ण चेतसिक ६ वटा
************************
क. वितक्क = वितर्क, किसिम किसिमको सोच-विमर्श गर्नु।
ख . विचार = घरीघरी विचार्दै छानबिन गर्नु।
ग. अधिमोक्ख = निर्णय गर्नु।
घ. वीरिय = मेहनती कासाथ प्रयास गर्नु।
ङ. पीति = प्रिती, मन पर्नु,
च. छन्द = इच्छा गर्नु,चाहनु।

कुनै राम्रोमा, कुनै नराम्रा मनका इच्छा (स्वैच्छिक) दुबैमा समावेस भएको कारणले पकिण्णचेतसिक भन्ने गरिन्छ।

१• सब्बचित्त साधारणचेतसिक ७ वटा
२• पकिण्णचेतसिक ६ वटा
———————————————–
जोडेर १३ वटा चेतसिकहरुलाई राम्रो, नराम्रो दुबै गर्नुमा नै सम्मिलित भएको कारण हुनाले अञ्ञासामान्य चेतसिक भन्ने गरिन्छ।

३• नराम्रो (अकुसल) गर्नमा समावेश (सम्मिलित) अकुसल चेतसिक – १४ वटा
**************************************
क. मोह = अज्ञान, अज्ञानवशको कारण बेहोसीले लठ्ठ परेर ज्ञानलाई नजान्ने।
ख. अहिरिक = नराम्रो कार्य गर्न लाज नमान्ने।
ग. अनोतप्प = नराम्रो कार्य गर्न डर (भय) नमान्ने।
घ. उद्धच्च = मन (होस) उड्ने, मन वशमा नहुने।
ङ. लोभ = आफूले रुचाउने चिजहरुको चाहानामा लालायीत हुने।
च. दिट्ठि = मिथ्यादृष्टि, गलत धारणालाई सहि भन्ने लिने।
छ. मान = घमण्ड, अभिमान, अहंकार गर्ने।
ज. इस्सा = ईर्ष्या, अरुको राम्रो प्रति जलन हुने।
झ. दोस = दोष, आफुलाई रुची नलाग्दो कुरा भैदिएमा क्रोध (रिस) हुने।
ञ. मच्छरिय = अरुको राम्रो नहोस भन्ने डाहा गर्ने।
ट. कुक्कुच्च = पछुतो। फेरि पनि समस्याग्रस्त हुनु।
ठ. थिन = आलस्य ले लठ्ठ बनाउने।
ड. मिद्ध = निद्राले झुलाउँदै झप्प झप्प पार्ने।
ढ. विचिकिच्छा = शंका, संदेह हुने।

मौलिक संक्षिप्त अभिधम्म ४
**********************

४• राम्रो (कुसल) गर्नमा समावेश (सम्मिलित) कुसल सोभणचेतसिक – २५ वटा
*******************************************

क. प्रत्येक राम्रो (कुसल) मा समावेस हुने सोभणसाधारण चेतसिक~ १९ वटा
*******************************************
१• सद्धा = श्रद्धा (विश्वास)।
२• सति = होस।
३• हिरि = लाज (नराम्रो काम गर्न लजाउने)।
४• अत्तप = डर ( नराम्रो कार्य गर्न डराउने)।
५• अलोभ = कुनै चिजको चाहना वा लोभ नभएको।
६• अदोष = कुनै चिजको तिरस्कार वा दोष नभएको।
७• तत्रमज्झत्तता = चेतसिक हरुलाई नियन्त्रण गर्ने।
८• कायपस्सद्धि = चेतसिक को शान्ति धेर्यता।
९• चित्तपस्सद्धि = चित्तको शान्ति धेर्यता।
१०• कायलहुता = चेतसिक को सरलता हल्का पना।
११• चित्तलहुता = चित्तको सरलता हल्का पना।
१२• कायमुदुता = चेतसिक को कोमल नरम पना।
१३• चित्तमुदुता = चित्तको कोमल नरम पना।
१४• कायकम्मञता = चेतसिकको दृढ फराकिलो पना।
१५• चित्तकम्मञता = चित्तको दृढ फराकिलो पना।
१६• कायपागुञता = चेतसिक को दह्ररीलो स्वस्थ पना।
१७• चित्तपागुञता = चित्तको दह्रीलो स्वस्थ पना।
१८• कायुजुकता = चेतसिक को सोझो सीधा पना।
१९• चित्तुजुकता = चित्तको सोझो सीधा पना।

ख. विरति चेतसिक ३ वटा
*********************
१• सम्मावाचा = आजीविका बीना वची (वचन) दुचरित (दुश्चरित्र) ४ वटाबाट जोगिएर विरत हुनु।
२• सम्माकम्मन्त = आजीविका बीना काय दुचरित २ वटाबाट जोगिएर विरत हुनु।
३• सम्माआजीव = आजीविकाको लागि वचि दुचरित ४ वटा, काय दुचरित ३ वटा बाट जोगिएर विरत हुनु।
यस प्रकारका ३ वटा चेतसिकहरु बाट जोगिएको हुना ले विरतिचेतसिक भनिन्छ।

ग. अप्पमञ्ञाचातसिक २ वटा
************************
१• करुणा = दुखित कष्टमा परेका हरुलाई देखेर सहयोग गर्न खोज्ने (दया)।
२• मुदिता = सुखित आनन्दमा भएका हरुलाई देखेर प्रशन्न हुन सक्ने।

यी चेतसिक दुबैलाई नै असिमित रुपले सत्तवा हरुलाई बारम्बार मनन् गर्दै करुणा, मुदिता राख्न सक्नेे भएको हुनाले अप्पमञ्ञचातसिक भनेर भनिन्छ।

घ. पञ्ञाचेतसिक १ वटा
********************
१• पञिन्द्रे = राम्रो नराम्रो दुबैलाई सहि सत्य प्रकारले विभाजित गरेर छुट्याएर बुझ्न सकिने हुन्छ।

मौलिक संक्षिप्त अभिधम्म ५
**********************

प्रकट रुपमा चेतसिकहरु
*******************
चेतना
*****
राम्रो, नराम्रोहरु बन्न वा भैदिन, आग्रह गरेर जगाइ दिने स्वभाव लाई चेतना भनिन्छ। चेतना बलियो भयो भने, चित्तपनि तेजिलो (उत्तेजित) हुन्छ। चेतना कमजोर भयो भने, चित्त पनि दुर्बल हुन्छ। राम्रो नराम्रो भैदिनमा प्रधान कारणधर्म भएकाले चेतनालाई कर्म भनेरपनि भनिन्छ।

वीरिय
*****
परिश्रम र प्रयास गर्ने सभाव लाई वीरिय भनिन्छ। काम कार्यहरुको मामला परिपुर्ण सफल हुनेगरी सम्पन्न गर्न लाई पछि नहटि, कोसिस, मेहनत गर्नु वीरियनै हो। यस मा चेतसिकको शक्ति (सहास, बल) नभैकन, ठुला बडा (भब्य) कार्य हरुलाई सफल र समपन्न गर्न सकिँदैन।

छन्द
****
राम्रो, नराम्रो कुनै एउटा पनि गर्नु, गर्नचाहनु लाई, छन्द भनिन्छ। यस मा चेतसिकको शक्ति (सहास, बल) नभैकन, ठुला बडा (भब्य) कार्य हरुलाई सफल र समपन्न गर्न सकिँदैन।

मोह
****
सहि सत्यलाई नजान्ने, सत्यलाई असत्य, असत्य लाई सत्य भनेर लिने सभावलाई मोह भनिन्छ। कुसल वा अकुसल लाई विभाजन गरेर (छुट्याएर) जान्न नसक्ने,
रुपधर्म नामधर्म सत्यधर्म (४ आर्य सत्य) आदि हरुको स्वभाव सत्यको अज्ञात हुनु नै मोह हो।

अहिरिक
*******
नराम्रो काम गर्न नलजाउने स्वभाव लाई अहिरिक भनिन्छ। अहिरिक सभाव भएका व्यक्तिहरुले नराम्रो काम गरेकोमा पनि गर्व गर्ने लायकको लिन्छन्।

अनोत्तप
*******
नराम्रो काम गर्न नडराउने (भयभीत नहुने) सभाव लाई अनत्तप भनिन्छ। नराम्रो, बदनाम, हानि हुने हरुलाई भय लाग्दो नदेखि, नडराई कन दुष्कर्म गर्ने सहास गर्ने सभाव को हुन्छ।

मौलिक संक्षिप्त अभिधम्म ६
**********************
लोभ
****
आफुले कामगुण आरम्मण हरुको इच्छा, काम वासना को चाहना गर्नु नै लोभ हो। लोभ भन्ने, जति मिल्यो उति नै चाहने इच्छा जाग्ने, पिशाचले थापेको हण्डी जस्तै हो, कैलै नभरिने, थापेर पनि नथाक्ने, कैलै संतुष्टि नहुने। निर्वाण को इच्छा, धर्म देसना बुझ्ने इच्छा, गरिब, दुखी आदिलाई दान दिने इच्छाहरु चाहिँ लोभ होइनन् यस्लाई छन्द भनिन्छ।

माया
******
आफुमा भएका नराम्रा गल्ती हरुलाई ढाकेर (छोपेर) धोका दिएर ठग्ने (छल) लाई माया भनिन्छ। माया पनि एक प्रकारको लोभ नै हो।

साठेय्य
******
आफुमा नभएको गुणलाई भएको जस्तो बाहाना, छल गर्ने (सड्यन्त्र) लाई साठेय्य भनिन्छ। साठेय्य पनि एक प्रकारको लोभ नै हो।

दिट्ठ(मिच्छादिट्ठि)
**************
राम्रो कुसल गरेर राम्रो पुण्य हुने भन्ने छैन, कुनै नराम्रो नै अकुसल गरेतापनि पाप लाग्ने, नराम्रो हुने भन्नेछैन भनेर कर्म, कर्मको फललाई विस्वास नगर्ने लाई मिथ्या दिट्ठि (दृष्टि) भनिन्छ।

दोष
****
कठोर+असभ्य, खस्रो+रुखो स्वभाव लाई दोष भनिन्छ। मनको धमिलो मैला पने, निराशा , दुखी, डरलाग्दो, उदासीनता आदिहरु पनि दोषकै स्वभाव हुन्।

इस्सा
*****
डाहा, द्वेष स्वभाव लाई इस्सा (ईर्ष्या) भनिन्छ। अरुको केही राम्रो भएको, कुनै धन सम्पत्ति वृद्धि भएको, कुनै सम्मान सन्देश प्रचार भएको बारेमा कसैले भनेर सुनेको मा, सुन्ने मनै नलाग्ने, निन्दा गर्ने, असंतोष हुनेहरु सबै नै इस्सा को स्वभाव हो।

मच्छरिय
*******
कृपण, निर्दयी स्वभाव लाई मच्छरिय भनिन्छ। आफ्नो वस्तुहरु होस् या अरुको, आफ्नो पद्वी होस् या अरुको, अन्य व्यक्तिहरुलाई प्राप्तगर्न दिन नचाहने स्वभाव लाई मच्छरिय स्वभाव भनिन्छ।

सद्धा
*****
बुद्ध, धम्म, संघ र कर्म, कर्मको फलमा विस्वास हुने स्वभाव लाई सद्धा (श्रद्धा) भनिन्छ।

सति
****
कुसल राम्रो सम्मिलित हरुलाई याद गर्नु, होस चडाई राख्ने, सम्झी रहने स्वभाव लाई सति भनिन्छ।

हिरी, अत्तप
**********
नराम्रो काम गर्न लाज मान्नेलाई हिरी र नराम्रो कार्य गर्न डराउने लाई अत्तप भनिन्छ। ईदुबै लाई लोकधर्म (लोक ले पालन गर्नै पर्ने धर्म + लोकपाल धर्म) भनिन्छ। यस् लोकपाल दुईप्रकारका धर्म भएमा मात्र सिललाई सफल गर्न सकिन्छ।

अलोभ
******
लोभको विपरीत अलोभ हुन्छ। कुनै लोभ हुने कुराको इच्छा र चाहना नभएको स्वभाव लाई अलोभ, आफ्नो वस्तुहरु अरुलाईदिने , दानगर्ने स्वभाव अलोभ हो।

अदोष
*****
दोषको विपरीत अदोष हुन्छ। कुनै कठोर भावको नहुनु, क्रोधित नहुने, अरुलाई माफ, क्षमा गर्न सक्ने स्वभाव लाई अदोष भनिन्छ। सत्तवा प्राणी हरुलाई धनी, खुसी सुखी भएको देख्न चाहने, मैत्री पनि अदोष हो।

अमोह(सम्मादिट्ठि)
***************
मोहको विपरीत हुनुलाई अमोह भनिन्छ। जस्तै- सत्य लाई सहि प्रकारले सत्य भनेर, असत्यलाई पनि असत्य भनेर सपष्ट ज्ञानले परिच्छेद गरेर देख्न सक्ने स्वभाव लाई अमोह भनिन्छ। पञिन्द्रे (प्रज्ञा) चेतसिक भन्ने यही अमोह हो।

मौलिक संक्षिप्त अभिधम्म ६
**********************
लोभ
****
आफुले कामगुण आरम्मण हरुको इच्छा, काम वासना को चाहना गर्नु नै लोभ हो। लोभ भन्ने, जति मिल्यो उति नै चाहने इच्छा जाग्ने, पिशाचले थापेको हण्डी जस्तै हो, कैलै नभरिने, थापेर पनि नथाक्ने, कैलै संतुष्टि नहुने। निर्वाण को इच्छा, धर्म देसना बुझ्ने इच्छा, गरिब, दुखी आदिलाई दान दिने इच्छाहरु चाहिँ लोभ होइनन् यस्लाई छन्द भनिन्छ।

माया
******
आफुमा भएका नराम्रा गल्ती हरुलाई ढाकेर (छोपेर) धोका दिएर ठग्ने (छल) लाई माया भनिन्छ। माया पनि एक प्रकारको लोभ नै हो।

साठेय्य
******
आफुमा नभएको गुणलाई भएको जस्तो बाहाना, छल गर्ने (सड्यन्त्र) लाई साठेय्य भनिन्छ। साठेय्य पनि एक प्रकारको लोभ नै हो।

दिट्ठ(मिच्छादिट्ठि)
**************
राम्रो कुसल गरेर राम्रो पुण्य हुने भन्ने छैन, कुनै नराम्रो नै अकुसल गरेतापनि पाप लाग्ने, नराम्रो हुने भन्नेछैन भनेर कर्म, कर्मको फललाई विस्वास नगर्ने लाई मिथ्या दिट्ठि (दृष्टि) भनिन्छ।

दोष
****
कठोर+असभ्य, खस्रो+रुखो स्वभाव लाई दोष भनिन्छ। मनको धमिलो मैला पने, निराशा , दुखी, डरलाग्दो, उदासीनता आदिहरु पनि दोषकै स्वभाव हुन्।

इस्सा
*****
डाहा, द्वेष स्वभाव लाई इस्सा (ईर्ष्या) भनिन्छ। अरुको केही राम्रो भएको, कुनै धन सम्पत्ति वृद्धि भएको, कुनै सम्मान सन्देश प्रचार भएको बारेमा कसैले भनेर सुनेको मा, सुन्ने मनै नलाग्ने, निन्दा गर्ने, असंतोष हुनेहरु सबै नै इस्सा को स्वभाव हो।

मच्छरिय
*******
कृपण, निर्दयी स्वभाव लाई मच्छरिय भनिन्छ। आफ्नो वस्तुहरु होस् या अरुको, आफ्नो पद्वी होस् या अरुको, अन्य व्यक्तिहरुलाई प्राप्तगर्न दिन नचाहने स्वभाव लाई मच्छरिय स्वभाव भनिन्छ।

सद्धा
*****
बुद्ध, धम्म, संघ र कर्म, कर्मको फलमा विस्वास हुने स्वभाव लाई सद्धा (श्रद्धा) भनिन्छ।

सति
****
कुसल राम्रो सम्मिलित हरुलाई याद गर्नु, होस चडाई राख्ने, सम्झी रहने स्वभाव लाई सति भनिन्छ।

हिरी, अत्तप
**********
नराम्रो काम गर्न लाज मान्नेलाई हिरी र नराम्रो कार्य गर्न डराउने लाई अत्तप भनिन्छ। ईदुबै लाई लोकधर्म (लोक ले पालन गर्नै पर्ने धर्म + लोकपाल धर्म) भनिन्छ। यस् लोकपाल दुईप्रकारका धर्म भएमा मात्र सिललाई सफल गर्न सकिन्छ।

अलोभ
******
लोभको विपरीत अलोभ हुन्छ। कुनै लोभ हुने कुराको इच्छा र चाहना नभएको स्वभाव लाई अलोभ, आफ्नो वस्तुहरु अरुलाईदिने , दानगर्ने स्वभाव अलोभ हो।

अदोष
*****
दोषको विपरीत अदोष हुन्छ। कुनै कठोर भावको नहुनु, क्रोधित नहुने, अरुलाई माफ, क्षमा गर्न सक्ने स्वभाव लाई अदोष भनिन्छ। सत्तवा प्राणी हरुलाई धनी, खुसी सुखी भएको देख्न चाहने, मैत्री पनि अदोष हो।

अमोह(सम्मादिट्ठि)
***************
मोहको विपरीत हुनुलाई अमोह भनिन्छ। जस्तै- सत्य लाई सहि प्रकारले सत्य भनेर, असत्यलाई पनि असत्य भनेर सपष्ट ज्ञानले परिच्छेद गरेर देख्न सक्ने स्वभाव लाई अमोह भनिन्छ। पञिन्द्रे (प्रज्ञा) चेतसिक भन्ने यही अमोह हो।

मौलिक संक्षिप्त अभिधम्म ७
**********************
रुप २८ वटा
*********
निप्फन्नरुप ~ १८ वटा
******************
क. महाभुत ~ ४ वटा
*****************
१• पथवी = भारी सारो, हल्का नरम स्वभाव पृथ्वी को हुन्छ।
२• आपो = जम्मा भएर जम्ने, पग्लिएर बग्ने पानीको स्वभाव हुन्छ।
३• तेजो = तातो तापन, चिसो तेज अग्निको स्वभाव हुन्छ।
४• वायो = अड्याएर रोक्ने, घुचडेर (ढकालेर) सर्ने स्वभाव वायु हो।

ख. पसादरुप ५ वटा
****************
१• चक्खुपसाद = आँखा, देख्ने (चक्षु) प्रसाद रुप।
२• सोतपसाद = कान, सुन्ने (स्रोत) प्रसाद रुप।
३• घानपसाद = नाक, सुँघ्ने (घ्राण) प्रसाद रुप।
४• जिह्वापसाद = जिब्रो, स्वादपाउने प्रसाद रुप।
५• कायपसाद = शरीर, स्पर्शहुने प्रसाद रुप।

ग. गोचररुप ७ वटा
***************
१• रुपारुण = देखिने थरीथरीका रुपरङ्गहरु।
२• सद्दारुण = सुनिने थरीथरीका शब्दहरु।
३• गन्धारुण = सुँघिने थरीथरीका गन्धहरु।
४• रसारुण = स्वादपाउने थरीथरीका रसहरु।
५• फोट्ठबारुण = छोइने थरीथरीका स्पर्शहरु।
६• फोट्ठबारुण = पृथ्वी, तेज, वायु
७• फोट्ठबारुण = ३ वटा हरु हुन्।(टिप्पणी=पृथ्वी, तेज, वायु ३ वटा, महाभुत ४ वटामा सम्मिलित समावेश भएर निप्फन्नरुप १८ वटालाई गन्ति, हिसाब गर्दा मा गोचररुप लाई रुपारुण बाट रसारुण सम्म ४ वटा मात्र गन्ति लिनु पर्दछ।

घ. भावरुप २ वटा
***************
१• इत्थिभावरुप = ईस्त्री स्वभाव को रुप लाई बनाउने।
२• पुम्भावरुप = पुरुष स्वभाव को रुप लाई बनाउने।

ङ. हदयरुप एउटा
***************
हदयवत्थु = मनको उत्पत्ति हुने ठाउँ, हृदयवस्तु।

च. जीवितरुप एवटा
****************
१• रुपजीवितिन्द्रे = कर्मको कारणले हुने रुपहरुलाई जीवित (जीउँदो) हुनेगरी उपकार गरेर राख्ने स्वभाव रुपजीवित।

छ. आहाररुप एउटा
*****************
१• कबलीकार आहार = खान, पान मा समावेस भएको ओजरुप। वर्णन गरिएको रुप १८ वटा हरुलाई कर्म, चित्त, ऋतु, आहार को कारणले उत्पन्न भएका रुपहरु भएको हुँदा निप्फन्नरुप भनिन्छ।

मौलिक संक्षिप्त अभिधम्म ८
**********************
अनिप्फन्नरुप १० वटा
*****************

क. परिच्छेदरुप एउटा
*****************
१• परिच्छेदरुप = आकास धातु, = रुपकलाप हरुलाई छुट्याएर विभाजन गरिदिने रुप।

 

ख. विञत्तिरुप २ वटा
****************
१• कायविञत्ति = आफ्नो कायको छन्द (इच्छा) लाई अरुले थाह पाउने (महसुस) गर्न सक्ने गरी बनाईदिने।
२• वचीविञत्ति = आफ्नो बचनको छन्द (इच्छा) लाई अरुले थाह पाउने (महसुस) गर्न सक्ने गरी बनाईदिने हरु हुन्।

 

ग. विकाररुप ५ वटा
****************
१• लहुता = रुपहरुको हल्का हुने स्वभाव।
२• मुदुत = रुपहरुको कोमल नरम हुने स्वभाव।
३• कम्मञत्ता = रुपहरुको दह्ररीलो हुने स्वभाव।
४•+५• विञत्तिरुप २ वटा हरु हुन्। (टिप्पणी = विञत्ति रुप २ वटा मध्ये कायविञत्ति र वचीविञत्ति लाई अलग्गै वर्णन गरीसकेको छ।

 

घ. लक्खणरुप ४ वटा
******************
१• उपचय = रुपहरुको सुरुआत (उब्जनि) उत्पन्न हुने स्वभाव।
२• सन्तति = रुपहरुको निरन्तर (एकाएक) हुने स्वभाव।
३• जरता = रुपहरुको छिप्पिँने स्वभाव।
४• अनिच्चता = रुपहरुको बिग्रिने भङ्ग हुने) स्वभाव हरु हुन्। वर्णन गरिएका १० वटा लाई अनिप्फन्नरुप भनिन्छ। निप्फन्नरुप १८ वटा + अनिप् फन्नरुप १० वटा जोडेर २८ वटा रुप हुन्छन्। त्यस २८ वटा रुपमा ४ वटा महाभुतमा एउटा, बाँकी २४ वटा रुपहरु महाभुत ४ वटा लाई निर्भर गरेर भएको कारणले उपादारुप भनिन्छ।

 

रुप नाम स्वभाव को अर्थ
********************
क. नामको स्वभाव अर्थ
नाम भन्ने धर्महरु मध्ये चित्त, चेतसिक र निर्वाण हरु हुनु। त्यस धर्महरु मध्ये चित्त र चेतसिक हरुले आरम्मण मा चढाई (लगाई) दिएर आरम्मणलाई अनुभूति गरेर लिन सक्ने, जान्न सक्ने भएको कारणले नाम भनिएको हो। निर्वाण चाहिँ आरम्मणलाई, अनुभूति गर्नसक्ने धर्म हरु लाई आफु तर्फ चढाई दिन सक्ने भएको कारणले नाम भनिएको हो।

 

रुपको स्वभाव अर्थ
****************
चिसो, तातो आदि गरिएका विपरीत बिग्रिँदै परिवर्तन हुँदै आउने स्वभाव भएको कारणले गर्दा रुप भनिएको हो। बिग्रिएको भन्नाले आगे भएको रुपको लहर संग मेल नखाने, पछि अर्को हुने रुपको लहर परिवर्तन भएर जानु हो। त्यस रुपहरुमा माथि ब्याख्या गरे बमोजिम २८ वटा छन्।

रुप र नाम दुईवटा भन्नाले, पन्च खन्धको जम्मा समूह, एक गठ्ठा, थुप्रो समावेश भएको हुनाले खन्ध भनिन्छ। यस्मा कुनै वस्तुहरुको एकत्रित थुप्रो लगाएझैं नभएर, बनिसके को, बन्दैगरेको, बनेरआउने वाला रुपहरुलाई ज्ञानले जम्मा थुप्रो लगाउनु हो। रुप र नाम ई दुबैलाई नै ज्ञानले जम्मा गरेर थुप्रो लगाउने होभने ५ वटा खन्ध हुन्छन्।निम्नानुसार खन्ध हरुको समावेश भएको छ
१• रुप २८ वटा लाई रुपक्खन्धा भनिन्छ।
२• वेदनाचेतसिक लाई वेदनाक्खनधा भनिन्छ।
३• सञ्ञाचेतसिक लाई सञ्ञाक्खन्धा भनिन्छ।
४• वेदना सञ्ञा (संज्ञा) बाट बाँकि रहेका ५० चेतसिक लाई सङ्खारक्खन्धा भनिन्छ।
५• चित्त ८९ वटा लाई विञ्ञाणक्खन्धा भनिन्छ।

मौलिक संक्षिप्त अभिधम्म अर्थ सम्पन्न भयो