युद्ध मुक्त गराउने महासमय सुत्र 

योगराज दहाल

 

आजको पूर्णिमाको दिन गौतम बुद्धले  स‌ंसारलाई शान्तिको सन्देश दिएको महान दिन हो |

बुद्ध शिक्षामा “ महासमय सुत्र “ को नामले यो शिक्षा सन्सारभर प्रसिद्ध छ र प्रत्येक देश ; समाज र बुद्ध बिहारहरुमा बढो श्रद्धा साथ “महासमय सुत्र “ पाठ गरिन्छ |

रोहिणी नदीका दुई किनारामा भएका  दुई देश कपिलबस्तु र कोलिय रोहिणी नदीका पानीका कारणले युद्ध गर्न तयार थिए |

गौतम बुद्धलाई यो कुरा थाह भयो र त्यहाँ युद्ध हुनलागेको स्थानमा पाल्नुभई दुवैपक्षलाई अनेकौं उपमा उपमेय र दृष्टान्तहरुले सम्झाई त्यो बिनासकारी युद्ध रोक्नुभयो |

दुवै पक्ष आफाफ्ना हात हतियार लिएर आआफ्नो राष्ट्रतिर फर्के । यो घटनाले देवलोक ब्रह्मलोकका देव ब्रह्महरुले बुद्धको जयजयकार मनाए |

भनिन्छ – महासमय सुत्रको शिक्षाले युद्ध रोकिनु मात्र होइन धेरै भिक्षुहरु अरहन्त भएका थिए र यो “ महासमय सुत्र “ शिक्षा सुन्न अनेकौं देव; ब्रह्म यक्ष ; नाग ; गरुडसम्म त्यहाँ उपस्थित थिए |

ती सबैका मनमा बुद्ध शिक्षा महासमय सुत्रले अपार शान्ति र हर्ष पारेको थियो | त्यसैले यो महासमय सुत्रलाई “ देव ब्रह्म प्रिय सुत्र “ पनि भनिन्छ |

सज्जन बृन्द ! आपस्तमा झैझगडा गरेर फाटो गर्नु सट्टा मैत्रीपूर्ण ब्यबहारले आफू बसेको समाज ; जाति र राष्ट्रको समुन्नत गराउन प्रेरणा दिने यो महासमय सुत्रको अध्ययन गरौं र बुद्ध र बुद्ध शिक्षामा आस्था राखौं |

बिश्वमा सबैको मनमा शान्ति र कल्याण हवस् ।

2 months ago/Monday, June 17th, 2019/