धम्मपद भनेको के हो ?

प्रस्तुति  : जीवनकुमार शाक्य

धम्मपद बौद्ध साहित्यको सर्वोत्कृष्ट लोकप्रिय ग्रंथ मानिन्छ। यसमा बुद्ध भगवान् को नैतिक उपदेशहरुको संग्रह यमक, अप्पमाद, चित्त आदि २६ वर्गमा वर्गीकृत ४२३ पालि गाथाहरु रहेकोछ । त्रिपिटक मा यसको स्थान सुतपिटक को पाँचौ विभाग खुद्दकनिकाय को खुद्दकपाठामा १५ उपविभागमा दोश्रो हो। ग्रंथको आधा भन्दा बढी गाथाहरु त्रिपिटक को बिभिन्न हरुमा प्रसंगबद्ध पाईसकेकोछ । केहि गाथाहरु यस्तो पनि बुझिन्छ कि मुख्य परम्पराको थिएन, तैपनि त्यसबेला नेपाल भारत ज्ञानको त्यस अपार भंडारबाट लिएकोछ ति उपनिषद्, गीता, मनुस्मृति, महाभारत, जैनागम एवं पंचतंत्र आदि कथा कहानिहरुमा पनि बिभन्न पकारले प्रवर्श भएकोछ । धम्मपदको रचना उपलब्ध प्रमाणहरुले ई.पू. ३०० र व १००को बीचमा भैसकेको थियो भनिन्छ ।

 
त्यस बेला बौद्ध संघमा यस ग्रन्थको यति गहीरो प्रभाव छ कि त्यसमा पारंगत नभई लंकामा कुनै भिक्षुलाई उपसम्पदा पदान गरिंदैन थियो । म कुनै भिक्षुलाई उपसंपदा प्रदान गर्दिन। धम्मपदको व्युत्पत्तिगत अर्थ छ धर्म विषयका कुनै शब्द, पंक्ति या पद्यात्मक वचन। ग्रंथमा स्वयं भनिएकोछ- अनर्थ पदले युक्त सहस्रौ गाथाहरुको भाषणले यस्तो एकमात्र अर्थपद, गाथापद र धम्मपद धेरै श्रेयकर छ जसलाई सुनेर उपशांति होस (गा. १००- १०२)। बौद्ध साधु प्राय: यसै ग्रंथको कुनै गाथा वा त्यसको एक अंशमात्र आधार लिएर आफ्नो प्रवचन सुरु गर्नुहुन्छ,जसरी ईसाई पादरी बिलको कुनै वचनले। यस कार्यमा उसलाई सहयोग प्राप्तहुन्छ । धम्मपदको अट्ठकथा नामको टिप्पणीले, जस्मा प्रत्यक गाथाको अनेकौं अर्थको त्यसको दृष्टांत स्वरूप एक र अनकौं कथाहरु दिईएकोछ। यो अट्टकथा बुद्धघोष वा उसको कालवर्ती कुनै अन्य आचार्य द्वारा त्रिपिटक बाटै संकलन गरिएको हो। यसमा वासवदत्ता र उदयन को कथा पनि रहेकोछ । धम्मपदको वर्ण्य विषय जुन ग्रंथ यति प्राचीन छ, जसको बौद्ध संप्रदायमा महान् प्रतिष्ठा छ, तथा अन्य विद्वानहरुले पनि जसको मुक्त कंठले से प्रशंसा गरेकोछ ।त्यसमा सामान्य व्यावहारिक नीतिको अतिरिक्त कस्तो तत्वचिंतन उपस्थित गरेकोछ, यसको स्वभावत: जिज्ञासा अवश्य हुन्छ । ग्रंथमा बौद्धदर्शनसम्मत त्रिशरण, चार आर्यसत्य तथा अष्टांगिक मार्गको त उल्लेख छ नै। तर त्यसमा आत्मा, निर्वाण, पुनर्जन्म, पुण्य-पाप वा स्वर्ग नरक आदि यस्तो कुराहरुमा पनि केहि स्पष्ट विचार पाईन्छ । जसको सम्बन्धमा स्वयं बौद्ध धर्मको बिभिन्न संप्रदायहरुमा मतभेद द्खिन्छ ।

 

यहाँ स्वयं भगवान् बुद्ध भन्नुहुन्छ , “म अनेक जन्महरुमा रूप संसारमा लगातार दौड़िएं र त्यस गृहकारक शरीरकोलाई खोज्दै हिंडें,किनकि यो बारम्बारको जन्ममरण दु:खदायी छ । हे गृहकारक, अब मैंले तिमीलाई देखें, अब तिमी फेरि घर बनाउन सक्ने छैनौ। मैले तिम्रो सबै जडलाई नष्ट गरिदिएं, गृहकूट तितरबितर भयो गया, चित्त संस्काररहित भयो र मेरो तृष्णा क्षीण भयो” (गा. १५३-५४) यहाँ एक जीव र उसको पुनर्जन्म तथा संस्कार र तृष्णा को विनाश द्वारा पुनर्जन्मबाट मुक्तिको मान्यता स्पष्टैछ । मोक्ष को स्वरूप एवं त्यसलाई प्राप्त गर्ने प्रकृया को यहाँ यस प्रकार वर्णन छ- ” जसको पापहरु संचय छैन वा जसको भोजनमात्र परिग्रह बांकि छ, तथा आस्रव क्षीण भयो, त्यसको त् शून्यात्मक र अनिमित्तक मोक्ष गोचार हो (गा. ९२-९३)। यहाँ पापबंधको कारणहरु, आस्रवहरु तथा संचित कर्महरु को क्षयले मोक्षप्राप्ति मोक्षको शून्यात्मक र अनिमित्तक स्वरूपको विधान गरिएकोछ । “कुनै पापकर्मी गर्भले मनुष्य या पशुयोनिमा उत्पन्न हुन्छ,कुनै नरकमा , र कुनै सुमति द्वारा स्वर्गमा जान्छन् , तथा जस्को आस्रव भएन उ परिनिर्वाण प्राप्त गर्दछ ।

 

अंतरिक्ष, समुद्र, पर्वतविवर आदि जगत् भरीमा यस्तो कुनै प्रदेश छैन जहाँ गएर पापी कर्मफल पाउन छूट्न सकोस” (गा.१२६।२७) “असत्यवादी पापी र असंयमी कष्याधारी भिक्षु प्रमादी, परधरसेवी, मिथ्यादृष्टि आदि सबै नरकगामी हुन” (३०६-०९)। यहाँ जीवको र गर्भयोनि, नरक, स्वर्ग र मुक्ति यि गतिहरु तथा कर्मफलको अनिवार्यताकोस्वीकृतिमा सन्देह हुंदैन । ब्राह्मणको स्वरूप एक पूरै वग्ग (गा.३८३-४२३) मा बयान गरेकोछ, जो ऐतिहासिक, धार्मिक, सामाजिक अनेक दृष्टियहरु बाट महत्वपूर्ण छन। जाति, गोत्र, जटा तथा मृगचर्म मात्र ले एवं भीत्र मैलाभएर बाहिर मलि मलि नुहाउनाले कोहि ब्राह्मण हुंदैन। मैले त ब्राह्मणउस्लाई भन्छु जो कामतृष्णा को त्यागी, अनासक्त, अहिंसक, मन-वचन-कायलेपापहीन, रागद्वेष मनले रहित, क्षमाशील, ज्ञानी, ध्यानी, क्षीणस्रव अरहंतछ । १००सम्म प्रति महिना सहस्रों को दान दिएर यज्ञ गर्ने कोअपेक्षा एक मूहर्तमात्र आत्मभावनाले पूजा गर्ने श्रेष्ठ हो (गा.१०६) बौद्धधर्म बाट विभिन्न संप्रदायहरुमा बिभाजन भयो, एशिया महाद्वीपको बिभिन्न देशहरुमा फैलिएकोछ । स्वभावत: देशकालको सुविधानुसार उसको साहित्यले पनि विविध भाषात्मक रूप धारण गर्यो। यस परिस्थितिमा बौद्ध धर्म को यो प्रधान ग्रंथ पनि एक रूप हुन सकेन ।

 

त्यस्को बिभिन्न रुपहरुमध्य एक मध्य-एशिया को खुतान नामक प्रदेशमा गयो । त्यहाँ सन् १८९२मा एक फ्रांसीसी यात्रीलाई खरोष्ट्री लिपिमा लिखित धर्म ग्रन्थको केहि अंश प्राप्त भयो । त्यसो अर्को अंश पेत्रोग्राद पुग्यो । यि दिनहरुलाई मिलाएर सेनार्ट ज्यूले सन् १८९७ मा त्यसको संपादन प्रकाशन गरे। यही ग्रंथ धेरै व्यवस्थित रूपमा वरुआ र मित्र द्वारा संपादित भएर सन् १९२१मा कलकत्ता विश्वविद्यालय बाट प्रकाशित भयो । यि संपादकहरुको मतानुसार यस धम्मपदको भाषा गांधार प्रदेश को हो भनिन्छ, र त्यो आफ्नो ध्वनिहरु र भाषात्मक स्वरूपमा अशोकको शहबाजगढ़ी र मनसेहरा वाली प्रशस्तिहरुको भाषा सित मेल खान्छ । त्यसैले यस ग्रंथको नाम “प्राकृत धम्मपद” राखियो । यस्मा १२ वग्ग र २५१ गाथाहरु छन् । सेनार्ट द्वारा संपादित संस्कृत महावस्तुको तृतीय परिच्छेद मां धम्मपद-सहस्सवग्र्ग (धर्मपदेसु सहस्र वर्ग:) को २४ पद्य उद्धृत गरिएकोछ । जबकि पालि त्रिपिटकको सहस्सवग्गमा जम्मा १६६ गाथाहरु नै छन । यस्ले प्रतीत हुन्छकि कि महावस्तुको कर्ता को सम्मुख एक संस्कृत पद्यात्मक धर्मपद थियो जस्मा पद्यहरुको सख्या पालि धम्मपद को अपेक्षा धेरै थियो ।

 

चीनीयाँ भाषामा धम्मपदको चार अनुवाद पाईन्छ , जस्म मध्यबाट एकमा ५००, दोश्रोमा ७००, तेश्रोमा ९०० र चौथोमा लगभग १००० गाथाहरु अनुवाद छ र त्यसको अट्ठकथाहरु पाईन्छ । यस्मा प्रथम तीनको रचनाकाल ईसाको तेश्रो शती र चतुर्थ को चौथो र नौंवौं शतिहरुको बीच प्रमाणित हुन्छ । यि चारैंको मूल ग्रन्थ त्यसको वर्गहरु तथा गाथाहरुको संख्या एवं क्रममा धेरै केहि स्वतंत्र रहेयो होला । यि चारमा पालि एवं प्राकृत को उक्त दुई रूपलाई मिलाउनाले धम्मपद को कम से कम छह संस्करण हाम्रो सम्मुख आउंछ, जस्को प्रचार ई.पू. बाट लिएर १८औं शताब्दी सम्म लंका, स्याम, बर्मा, मध्य एशिया तथा चीन देशहरुमा भएको पाईन्छ ।

 

यस धम्मपदमा ४२३ गाथाहरुलाई २६ वर्गमा बिभाजित गरेको पाईन्छ । प्रत्येक व्रगकव कहि भावहरु निम्न उल्लेखित गरिएकोछ ।

१ यमक वग्गःसारा धर्म मनबाटै उत्पन्न हुन्छ ।त्यसैले मन श्रेष्ठ हो ।यदि कसैले दुषित मनले वचन बोल्छ वा काम गर्छ भने दुःख उस्को पछि लाग्छ गाडीको पछाडी चक्का लाग्छ। यदि निर्मल मनले बोलेमा सुख उस्को पछाडी लाग्छ जस्तै कसैको पछाडी छायाँ ।

२ अपमाद वग्गः जब कोहि जान्ने मान्छे प्रमाद लाई अप्रमादले जित्छ र तब त्यो प्रज्ञारुपी प्रसादमा चढेर शोक रहित हुन्छ । यस्तो शोक रहित धीर व्यक्ति शोक्रस्त बिमुढजनहरुलाई करुणाभावले हेर्छ जस्तै पहाडमा उभिएको मान्छेले तल भएको मान्छलाई हेर्छ ।

३ चित्त वग्गः जति हानी शत्रु तथा वैरीले गर्छ त्यो भन्दा बढी खराब कर्ममा लागेको व्यक्तीको चित्तले गर्छ । जति भलाई आमा बुवा वा नाता कुटुम्बले गर्नसक्तैन त्यति भलाई सही मार्गमा लागेको व्यक्तिको चित्तले गर्छ ।

४ पुफ्फ वग्गः जस्तै ठूलो चौडा सडकको किनारमा फ्याँकिएको फोहोरमा कुनै सुगन्धित पद्म उत्पन्न हुन्छ त्यस्तै फोहोर मैला समान पृथकजनमा सम्यक सम्बुद्धको श्रावक आफ्नो प्रज्ञाले अत्यधिक शोभित हुन्छ ।

५ बाल वग्गः जागृत व्यक्तिको लागि रात लामो हुन्छ । थाकेको लागि बाटो लामो लाग्छ । सद्धर्म नजान्ने मूर्खको लागि संसार चक्र लामो लाग्छ ।

६ पण्डित वग्गःजस्तै शैल पर्वत हावाबाट एक रत्ती असर पर्दैन त्यस्तै समझदार व्यक्ति निन्दन र प्रशंसा बाट बिचलित हुंदैन ।

७ अरहन्त वग्गःजस्को आस्रव पूरै क्षिणा भैसकेकोछ जस्को आहारमा आशक्ति छैन सुन्य तथा अनिमित्त बिमोक्ष निर्वाण जसको गोचर भूमि छ उस्को गति आकाशमा उड्ने पंक्षिकव गति सिमान अनजान रहन्छ ।

८ सहंस्स वग्गःजो संग्राममा हजारौलाई जित्छ त्यो भन्दा पनि उत्तम विजयी जो आफैलाई जित्छ ।

९ पाप वग्गः जब सम्म पापकव फल पाउंदैन तब सम्म राम्र लाग्छ । जब फल पाउंछ अनि बल्ला पापको फल भोगेको सम्झन्छ ।

१० डण्ड वग्गः जस्तै गोठालोले गाई बाख्रालाई हाँकेर लैजान्छ त्यस्तैनै बुढ्योली मृत्युले प्राणीलाई हरेर लैजान्छ ।

११ जरा वग्गःराजाको सुचित्रित रथ पुरानो भएर थोत्रिन्छ र यो शरीर पनि तर संतकव धर्म पुरानव हुंदैन संतहरु सत्पुरुषलाई यस्तै भन्दै आएको छ ।

१२ अत्त वग्गःआफूले गरेको पाप कर्मले आफैलाई मैलो बनाईदिन्छ नगरेको पापकर्म शुद्ध राख्छ । शुद्धी अशुद्धी हरेकको आ आफ्नै हुन्छ कोहि व्यक्ती अरु कसैलाई शुद्ध गर्न सक्तैन ।

१३ लोक वग्गः जस्ले यो लोकलाई बुलबुले जस्तै सम्झन्छ त्यसलाई यमराजले देख्तैन ।

१४ बुद्ध वग्गः सबै पाप कर्मले बच्नु । कुशल कर्म गर्नु ।आफ्नो चित्तलाई निर्मल गर्दै गर्नु यो बुद्धहरुको शिक्षा हो ।

१५ सुख वग्गःतृष्णा सबै भन्दा ठूलो रोग हव त्यस्को कारण जो संस्कार बन्छ त्यो सबै भन्दा ठूलो दुख हो। यसलाई विपश्यना साधना द्वारा यथार्तः जानेर निर्वाण प्राप्त हुन्छ सबै भन्दा ठूलो सुख हो ।

१६ पिय वग्गःशील सम्पन्न विपश्यना सम्पन्न धर् निष्ठ सत्यवादी तथा कर्तव्यपरायणलाई सबैले मायाँ गर्छन् ।

१७ कोध वग्गः जो शीरमा चढेको क्रोधलाई भ्रान्त भउको रथको समान सम्हाल्छ त्यसैलाई मैले सारथी भन्छु अरु त केवल लगाम समात्ने मात्रै हुन । १८ मल वग्गः समझदार मान्छेलाई चाहिन्छ कि आफ्नो मैललाई अलि अलि गरेर क्षण प्रतिक्षण फालोस जस्तै स्वर्णकारले चाँदीको मैललाई सफा गर्छ ।

१९ धम्मठ वग्गः जबसम्म धर्मको चर्चा नै चर्चा गरि रहन्छ तब सम्म धर्मधारी होईन जब धर्मको मुख्य रहस्य अलिकति पनि सुन्छ र विपश्यना साधना द्वारा आफ्नो कायामा स्वयमलाई देख्छ तब मात्रै वास्तविक रुपमा धर्त्रधारी हुन्छ । यस्तो व्यक्ति सत्य धर्म दर्शनको प्रमादमा रहदैन ।

२० मग्ग वग्गःतथागत केवल बिशुद्धी मार्गको आख्यान गर्नुहुन्छ मेहनत त तिमीले गर्नु पर्छ जो त्यस मार्गमा लाग्छन त्यो ध्यानरत भएर मृत्युको बन्धनबाट मुक्त हुन्छ । बिशुद्धी मार्ग होः सबै संस्कार अनित्य छ यसलाई प्रज्ञापुर्वक जान्नु । सबै संस्कार दुःखछ यसलाई प्रज्ञापुर्वक जान्नु । सबै धर्म अनात्म हो यसलाई प्रज्ञापुर्वक जान्नु । यसलाई यस प्रकार जान्नुले दुखको निवेदन हुन्छ ।

२१ पकिण्णक वग्गःजस्को कायगता स्मृति कायामा हुने जागरकता निरन्तर उपस्थित रहन्छ ति अकरणी कार्य गर्दैनन् सदा करणीय नै गर्छन यस्ता स्मृतिमान र सम्प्रज्ञानी मान्छेहरुको आस्रव समाप्त हुन्छ ।

२२ निरय वग्गः दुशील र संयम बिहिन जीवन जिउंदै राष्ट्र पिण्ड खांनु भन्दा आगोको मुश्लो खानु ठी हो ।

२३ नाग वग्गःजस्तै युद्धमा धनुषबाट निस्केको बाणलाई हात्तीले सहन्छ त्यस्तै मैल अपशव्द सहन्छु किन कि दुशीलहरु धेरैछन ।

२४ तन्हा वग्गःधर्म दान सबै दान भन्दा माथि हुन्छ । धर्मको रस सबै रस भन्दा प्रबल हुन्छ। धर्ममा रती सबै रतीहर भन्दा उत्कृष्ट हुन्छ ।तृष्णाको क्षय सबै दुखलाई अभिभूत गरिरहन्छ ।

२५ भिक्खु वग्गःजब कुनै शुन्यागारमा प्रवेश गरेर कोहि शान्त चित्त भिक्षु सम्यक रुपले धर्मानुपश्यना गर्छ तब उस्लाई लोकोत्ट्टर सुख प्राप्त हुन्छ । जो मानवीय लोकीय सुख भन्दा अलग हुन्छ । जब जब शरीर र चित्त स्कन्धको उदय व्यय रुपि अनित्यताकव विपश्यानानुभुती गर्छ तब तब प्रिति प्रमवद अध्यात्म सुखको उपलव्ध गर्दै अमृत पद निर्वाणकव साक्षात गर्छ ।

२६ ब्राम्हण वग्गः आफ्नो पाप लाई धोएर बगाउने लाई भनिन्छ ब्राम्हण समताको आचरण गर्ने ।मण र चित्त मलहरुलाई टाढा गर्ने प्रवज्जित ब्राम्हण हुन्छ । ब्राम्हण हुन्छ ऋषभ(उत्तम) प्रवर (श्रेष्ठ ) र महर्षी, विजेता, अकंप्य, शान्तक बुद्ध ।

सन्दर्भ सामग्री ईन्टरनेट हिन्दीबाट अनुवाद गरिएको —