बुद्धधर्ममा किन प्रवजित हुने ?

अनुवाद – निर्मल MGK

मिलिन्दराजा र नागसेन भन्ते जी को प्रश्न उत्तर यसप्रकार छ ।

प्रश्न- “भन्ते नागसेन! मानिसहरू पनि प्रवजित हुन्छन्? प्रवजित भइसके पछि उनीहरूको परम उद्देश्य के हुन्छ?

उत्तर- “माहाराज ! उत्पन्न भइरहेका दुःखहरू निवारण गर्नुका साथै फेरि अर्को दुःख सृजना हुन नदिनका लागि मानिसहरू प्रवजित हुन्छन् । प्रवजित भइसके पछि उनीहरूको परम उद्देश्य फेरि जन्मनु नपर्ने गरी निर्वाण पाउनु हुन्छ।

प्रश्न- “के सबै जना त्यसैको लागि प्रवजित भएका हुन्छन् त?

उत्तर- “हैन महाराज ! कोही कोही मात्र त्यसको लागि प्रवजित भएका हुन्छन्। अरू हरूमा कोही कोही राजासंग डराएर प्रवजित भएका हुन्छन् त कोही चोर देखि डराएर प्रवजित भएका हुन्छन् । कोही ऋण तिर्न नसकेर प्रवजित भएका हुन्छन् त कोही खाली पेट भर्नको लागि प्रवजित भएका हुन्छन् । अरु सबै त्यसैको लागि प्रवजित भएका हुन्छन्।

प्रश्न- “तपाई त त्यसैको लागि प्रवजित हुनु भएको होला होइन?

उत्तर- “होइन महाराज! म सानै उमेरमा प्रवजित भएको थिएँ। केका लागि प्रवजित होइन्छ भन्ने कुरा त्यति बेला मलाई पनि थाहा थिएन। म त्यस बेला -बौद्ध भिक्षुहरू पण्डित छन् र उनीहरूले मलाई पनि केही शिक्षा देलान भन्ने सोचेर प्रवजित भएको थिए। वास्तवमा केका लागि प्रवजित भइन्छ भन्ने कुरा उनीहरू सित सिकेर मात्र मैले थाहा पाएको हुँ।”

लिखित मिलिन्द प्रश्न भाग एक पुस्तक बाट ।

भवतु सब्ब मंगलम्
सहभाजन सहयोगी – बिष्णु धनञ्जय