उत्तरकुरु बासिन्दाहरुको अद्भुत जीवन

चतुर्द्वीपहरु मध्ये-

उत्तरकुरु भन्ने उत्तरद्वीपमा बस्ने मनुष्यहरुले सदा नित्य पञ्चशीललाई सुरक्षित गरेका हुन्छन्।
पञ्चशील सुरक्षित भएका व्यक्तिहरु को धर्मता सिद्धिको कारणले निम्न विशेषण योग्य बिशेषता लाभहरुको उपभोग गर्न पाउने हुन्छन्।

१• आवास भवन वास्तु-गृह
बस्नको लागि घर गृह आदि हरु बिशेष  बनाइ रहन पर्दैन, वृक्षहरु नै आश्रय लिएर बस्नको लागि कार्य प्रर्याप्त छ।

२• उत्तरकुरु बासी मनुष्यहरु
अग्लो हुने पुड्का हुने आदि कसूर बाट मुक्त छन्। सबै मिलेको राम्रो समरुप वर्णले परिपूर्ण भएर शरीर उँचाइ र चौडाइ एक समान हुन्छन्।

३• जरा बृद्ध हुने रोग-व्याधि विमारीको कष्ट बाट मुक्त भएर केश सेतो भएर फूल्ने, दाँत झर्ने, छाला चाउरिने, ऊर्जा कमजोरी भै दुर्बलता हुने भन्ने छैन।

४• जीविकाको लागि आहार परियेसन (आहार खोजी गर्नको लागि) झंझट झमेलाको दुःख छैन।

५• भुसुना, लामखुट्टे, झिंगा, उडुस आदि सत्तवाहरु को तनाव कष्ट भोग्नु पर्ने भन्ने छैन।

६• आहार भोजनको लागि किन्नुनपर्ने, दुःख गरेर खोजी गर्न जानुनपर्ने, पकाउनु पर्छ भन्ने केहि दुःख छैन। बोक्रा छिल्नै नपर्ने भुस कनिका नभएको सालीतण्डुल (साली चामल) लाई आहार को लागि प्रयोग गर्ने गर्दछन्। साधारण हिसाब अनुसारले दाउरा बटुली आगो बालेर पकाई रहनु पर्दैन, जोतिक भन्ने रतन शीला माथि चडाई दिए पाकेको हुन्छ। व्यञ्जन तरकारीहरु को लागि भिन्न व्यवस्थापन गरि रहनु पर्दैन। भोजन ग्रहण गर्न चाहने हरु को स्वईच्छा अनुसार खट्टा इच्छा गरेमा खट्टा, गुलियो मिठो को इच्छा गरेमा गुलियो मिठो आहार को स्वाद प्रकट भएर आउदछ।

७• माथि उल्लेखउल्लेखित गरिएको आहार लाई सेवन गरिएको हुनाले कुष्ठरोग, चिलाउने बिमारी, फोका खटिरा, दाद, खोकी स्वास बड्ने बिमारी, बृद्ध रोगहरु बाट वंचित रहन्छन्।

८• उत्तरकुरु मा निवास गर्ने मनुष्यहरु एक आर्का प्रति आपसमा डाहा ईर्ष्या मच्छरिय आरिस गर्ने बाट रहित हुन्छन्।

९• त्यहाँको ऋतु मौसम ठिक न्याययुक्त छ। धेरै गर्मी भै भतभती पोल्ने, धेरै ठण्डा भै ठि-याएर डकडकि कमाउने प्रकारको मौसम द्वारा दण्ड भोग्नु पर्दैन।

१०•• उत्तरकुरु मा महा शक्तिशाली भगवान पच्चेक बुद्ध (प्रत्येक बुद्ध) हरु धेरै जसो भिक्षाटन भ्रमणको लागि विद्यमान हुनुहुने धर्मता भएको हुनाले अद्भुत छ।

११• उत्तरकुरु मा कुप्रा, बाङ्गाटिङ्गा, लुला लङ्गडा, इन्द्रिय पूर्ण नभएर अङ्ग भङ्ग आदि भएका व्यक्ति हुँदैनन्।

१२• स्त्री नारीहरु ६ अपराध मुक्त भएर अरुपवती भन्ने छैनन्। १६ बर्षिय लाग्दा जस्तै देख्छिन्। पुरुषहरु २५ बर्षिय को उमेरमा स्थित रहन्छन्।

१३• ससाना छोराछोरीहरु ले मातापिता लाई च्याङ् च्याङ् झमेला परेशानी पारेर सताउने गर्दैनन्। आलिङ्गन हालेर टाँसिएर पनि बस्दैनन्।

१४• उत्तरकुरु बासी मनुष्यहरु कामकिच्च (काम सम्बन्धित) कामहरु आजीवनमा ७ दिन मात्र उपभोग गर्दछन्।

१५• गर्भ धारण गर्ने दुःख, बोक्नुपर्ने कष्ट, जन्म दिने पिडा हरु बाट वन्चित मुक्त छन्।

१६• मातापिताहरु ले साना शिशुको लागि हेरचाह निरिक्षण गरि रहनु पर्दैन। बालकहरु चलेर खेल्ने ठाउँ सुतेको ठाउँमा छोडेर स्वईच्छा अनुसार आवश्यकता परेको ठाउँमा जान सक्ने हुन्छ। देख्नेहरुले खाना खुवाउने र दुध पिलाउने गर्दछन्। बालकहरु को कर्मको कारणले औँला बाट दुध आउँछ।

१७• कपडा वस्त्रहरु को लागि चिन्तित हुनु पर्दैन, दिव्य कल्पवृक्ष बाट प्राप्त हुन्छ।

१८• स्नान गर्ने समयमा एकसाथ सहकारी सबै मिलेर स्नान गर्ने (नुहाउने) गर्दछन्। वस्त्रहरु लाई एकै ठाउँमा गठित थुप्रो लगाएर राख्ने गर्दछन्। प्रथमतः स्नान गरि सकेर कार्य सिद्ध्याइ सकेकाहरु बाट थालनी माथिल्लो बाट वस्त्र निकालेर पहिरिन सुरुआत गर्ने हुन्छन्। मेरो उस्को भनेर झगडा झमेलाको तर्क-वितर्क गर्ने भन्नु कदापि छैन।

१९• मृत्यु भएर गएका व्यक्तिहरु को लागि जीवित रहेर बाँचेका व्यक्तिहरु शोक संताप गर्दैनन्। विलाप गर्दै रुने भन्ने छैन।

२०• कोयेर सडेर दुर्गन्ध आउने भन्ने छैन। चिहान अथवा मसानघाट बनाई रहनु पर्दैन। मृतक शरीरको लाश लाई कपडामा लपेटेर राख्ने गर्दछन्। कुसल पुण्यको कर्मवेग ले उत्पन्न भएर आएका विशाल पंक्षीहरु ले अन्य द्वीप तर्फ टिपेर उडाएर लग्ने गर्दछन्।

२१• मृत्यु पश्चात् देवलोक को गति प्राप्त गर्ने गर्दछन्। नरक, तिरच्छान र प्रेत गति हुँदैनन्।

२२• हजार बर्ष अवधिको आयु निश्चित हुन्छ।

Credit. .
(सारत्थदीपनीट्टीका बाट)

Copy- प्रज्ञादीप पुस्तकालय लेटीगौँ गाऊँ

बाट-

अनुवाद – बिष्णु धनञ्जय