बौद्ध धर्म होइन ‘धम्म’ हो : के अंतर छ धर्म र धम्ममा ?

सोहन तामाङ ‘सोनाम’

केही मान्छेहरु तर्क दिन्छन् धर्म र धम्ममा भाषाको फरक मात्र हो । धर्म नेपाली भाषामा हो र पाली भाषामा धर्मलाई धम्म भनिन्छ । यो बिषयलाई प्रस्ट पार्न बुद्ध धम्मका विद्वान् डा. भिम राव अंबेडकर, जसलाई बोधिसत्वको उपाधी प्रधान गरिएको छ, को चर्चा गर्नु बान्छनीय हुन आउँछ । डा. अंबेडकरले बुद्धिस्टहरुको महत्त्वपूर्ण ग्रन्थ बुद्ध र उनको धम्म (Buddha and his Dhamma) लेख्नुभएको छ । वहाँँले यो किताबको नाम सर्वप्रथम “बुद्ध र उनको तत्वज्ञान” (Buddh And his Gospel ) राख्नु भएको थियो तर यसै बिच वहाँले यो किताबको नाम बदलेर बुद्ध र उनको धम्म ( Buddha and his Dhamma) राख्नुभयो ।

वर्तमानकालमा संसार चार वटा ठुलो धर्म समुदाय बिभक्त छ, इसाई, मुस्लिम, हिन्दु (बाहुन धर्म) र बौद्ध । यिं तीन धर्मलाई धर्म भनिन्छ भने बौद्ध मात्र एउटा धर्म जसलाई ‘धम्म’ भन्नु उपयुक्त हुन्छ ।

अंबेडकरले धर्मलाई धर्म नभनेर धम्म भन्ने पाली शब्दलाई नै किन प्रयोग गर्नु भयो त ? यहि कुरालाई छोटकरीमा स्पष्ट गर्ने प्रयत्न गरेको छु ।

उल्लेखित तीन धर्म इसाई, मुस्लिम र हिन्दु धर्ममा महत्त्वपूर्ण रुपमा चमत्कारी कुरामा समानता पाईन्छ, जुन यिं तीन धर्मको जड हो तर बुद्ध धम्म त्यो तीन धर्मको कुरा पुर्ण रुपले बिरोध गर्दै असहमति दर्साउने गर्दछ। सबैभन्दा पहिलो फरक बुद्ध धम्म/धर्मको उद्धेश्य दुनियाँको उत्पति बारे फरक कुराहरु स्पष्ट पार्नु हो भने धम्म को उद्धेश्य प्राणीको दु:ख मेटाएर यो दुनियाँको पुर्णरचना गर्नु हो । तथागत बुद्धको कथन छ “कोही कसैले पनि यो साबित गर्न सक्दैन कि यो पृथ्वीको निर्माण ईश्वरले गराएको हो।”

दोस्रो फरक अन्य धर्ममा ईश्वरको कल्पनालाई मान्यता दिनु मात्र नभएर त्यो धर्मको सर्वोच्च स्थान प्रधान पनि गरिन्छ तर धम्ममा ईश्वरीय परिकल्पना सबै जीव-प्राणीका लागि जरुरी नभएको बताइएको छ । बुद्ध वचनमा यस्तै थुप्रै उपदेश छन् जुन ईश्वरको संकल्पनालाई स्पष्ट रुपमा नकार्दछ । अन्य तीन धर्मको संस्थापकको ब्याख्या ईश्वरलाई गरेको पाइन्छ र उसँगको नातालाइ स्पष्ट पारेको पाइन्छ तर बुद्ध धम्म त्यो ईश्वरको संकल्पनालाई खारेज गर्दछ । बुद्धले ईश्वर प्रतिको बिश्वासलाई ‘अधम्म’ बताएका छन् । ईश्वरको संकल्पनाको ठाँउमा बुद्ध धम्ममा नितिमत्ता विद्यमान छ । जसरी तीन वटै धर्ममा भुत, प्रेत, शैतान, पिचास, देउता आदिको संकल्पना पनि विद्यमान छ। जबकी बुद्धले यस किसिमको संकल्पनालाई आफ्नो उपदेशमा कुनै पनि स्थान दिएका छैनन् ।

केही मान्छेको भनाइ अनुसार धर्म र धम्ममा मात्र भाषाको फरक छ । धर्म नेपाली भाषामा हो र पाली भाषामा धर्मलाई धम्म भन्ने गर्दछ तर यसमा अलग-अलग विद्वानको अलग-अलग मत पाइएको छ । धम्मको अर्थ तथागतको शब्दद्वारा लगाउन सकिन्छ ।

बुद्ध धम्मको आजसम्मको महत्त्वपूर्ण विद्वान डा. भिम राव अंबेडकरलाई मानिन्छ । डा. अंबेडकर ‘बोधिसत्व’को पद पनि प्रधान गरिएको छ । वहाँको “बुद्ध र उनको धम्म” (Buddha And his Dhamma) लाई बौद्धमार्गीहरुको महत्वपूर्ण धर्मिक ग्रन्थ भनिन्छ । उहाँले यो किताबको नाम सुरुमा “बुद्ध र उनको तत्वज्ञान” (Buddh And his Gospel) राख्नुभएको थियो तर यसै बिच उहाँले यो किताबको नाम बदलेर बुद्ध र उनको धम्म (Buddha And his Dhamma) राख्नु भयो । त्यसको कारण के थियो ? उहाँले धम्म भन्ने पाली शब्दलाइ नै किन प्रयोग गर्नु भो ? धर्म शब्द लाई किन प्रयोग गर्नु भएन ? चर्चा गर्नु बान्छनीय हुन्छ ।

बर्तमान समयमा संसारमा मुक्य चार वटा ठुलो धर्म समुदाय छन्, इसाई, मुस्लिम, हिन्दु (ब्राह्मण धर्म) र बौद्ध (त्यस्का अलावा अहिले नास्तिक वा ‘नन बिलिभर’को संख्या पनि बढ्दोक्रममा छ) । इसाई, मुस्लिम र हिन्दु यो तीन यदि धर्म हो तर एक्लो बुद्धको शिक्षा चाँही धर्म होइन ।
तेस्रो फरक अन्य तीन धर्ममा आत्माको संकल्पना गरिएको छ भने तथागत बुद्धले आत्माको अस्तित्वमा बिश्वासले समानताको दृष्टिमार्गको बादक आउँछ भन्नु भएको छ र आत्मामा बिश्वास राख्नु पनि अधम्म बताउनु भएको छ ।

चौथो फरक तीनवटै धर्मको संस्थापक संयम मोक्षदाता/ईश्वर/भगवानको पुत्र घोषित गरेको छ, अर्थात् ईश्वरको अस्तित्वलाई मान्यता दिएिको छ र ईश्वरको साथ आफ्नो विशेष नाता स्थापित गरिएको छ । जहाँ इश्वरीय चमत्कारको बढाई-चढाइ उल्लेख गरिन्छ । जसलाइ नमानेमा मोक्ष (मृत्यु उपरान्तको स्वर्ग) प्राप्त हुने छैन भन्ने गरिन्छ । तथागत बुद्धले आफ्नो लागि धम्ममा विशेष स्थान आफैले निर्धारित गरेका छैनन् । तथागत बुद्धले आफुलाई एक जागृत मानव अर्थात बुद्ध भनेका भनेका छन् । तथागत बुद्ध चमत्कारको बिरोध गर्थे । बुद्धले कँही पनि कहिल्यै पनि यस्तो कथन गरेका छैनन् कि ‘म मोक्षदाता हुँ’ भनेर । तथागत बुद्ध सँधै आफुलाई मार्गदाता मात्र भन्ने गर्थे । तथागत बुद्धले ‘स्वर्ग अनि नर्कको कल्पनालाई मृत्यु उपरान्त अस्विकार गर्दै आफ्नो कर्मले त्यो स्वर्ग अनि नर्कलाई जिवित रहँदा नै प्राप्त गर्छौ; भनेका थिए ।

संसारमा सबैभन्दा पहिले कर्म अनि फलको सिद्धान्तको ज्ञान दिंदै हरेक व्यक्तिलाई आफ्नो कर्म अनुसारको फल मिल्दछ भन्ने आश्वासन दिएका थिए । मोक्षको कल्पनालाई छोडी सहि कर्म गर्दा जो कोहि व्यक्ति आफ्नो जिवनमा नै जिवित रहँदै मोक्ष प्राप्ती गर्न सक्छ । तसर्थ धम्ममा यहि मानिन्छ कि मृत्यु भन्दा पहिले र मृत्यु पश्चात् आत्माको कुनै अस्तित्व छैन ।

पाचौं फरक अन्य तीन धर्मको आफ्नै बिशिस्ट धार्मिक किताब छ र यस्लाइ ईश्वरक्रित मानिन्छ । अर्थात कुनै ईश्वरको नातेदारद्वारा लेखिएको भनी भन्ने गरिन्छ । तथागत बुद्धले भने कुनै पनि धार्मिक ग्रन्थलाई बिश्वास राख्नु पूर्व निम्नलिखित कुरालाई ध्यान दिन आफ्नो चेलाहरुलाई उपदेश दिदै आएका छन् :
“हे कलामो,
– कुनै पनि कुरालाई यस कारण नमान्नु कि त्यो तिमीले सुनेका छौ ।
– कुनै पनि कुरालाइकुरालाई यस कारण नमान्नु कि जुन परम्परा देखि चलिआएको छ अर्थात आफ्नो परपुर्खाको जमाना देखि चली आएको छ।
– कुनै पनि कुरालाई केवल यो कारण नमान्नु कि त्यो धर्म ग्रन्थ मा लेखिएको छ ।
– कुनै पनि कुरालाई केवल यश कारण नमान्नु कि त्यो कुनै न्यायशास्त्रको अनुसार छ।
– कुनै पनि कुरालाई यस कारण नमान्नु कि त्यो माथ्लो तहमा मान्य छ।
– कुनै पनि कुरालाइ केवल यस कारण नमान्नु कि त्यो हाम्रो बिश्वास या हाम्रो दृष्टिलाई अनुकुल लाग्ने गर्छ ।
– कुनै पनि कुरालाई यस कारण नमान्नु कि त्यो कुरा कुनै आचार्यद्वारा भनिएको छ।
कलामो:
– त्यसो भए हामीले अब के गर्नु पर्छ ?
बुद्ध :
-कलामो, परिक्षा यो हो कि स्वयं आफूसँग प्रश्न गर्नु, कि के यो कुरालाई स्वीकार गर्नु हितकर छ ?
– के यो कुरा गर्न जायज छ ?
– के यो कुरा बुद्धिजीवीद्वारा निषिद्द छ ?
– के यो कुराले दु:ख अनि कष्ट हुनेछ ?
– कलमों,यति मात्र होइन, यो पनि हेर्नूपर्ने हुन्छ कि त्यो कुराको मतले तृष्णा, घृणा, दोषको भावनाको वृद्धिमा सहायता त गर्ने होइन ?
– कलामो यो पनि हेर्नू पर्छ कि कुनै मत विशेषले कसैलाई उसको इन्द्रियले गुलाम त बनाउँदैन ?
– उसलाइ हिंसाप्रती प्रेरित त गर्दैन ?
– उसलाई चोरी गर्न गर्न प्रेरित त गर्दैन ?
– अन्तमा तिमीले यो हेर्नूपर्छ कि यो दु:ख वा अहितको लागि त होइन?
यी सबै कुरालाई आफ्नो बुद्धिले जाँच्नु, तौलनु र तिमीलाई स्वीकार गर्न लायक लागे मात्र यसलाई अपनाउनु ।

साधारणतया झुटको कारण हरेक देशको बुद्ध धम्म अलग-अलग जस्तो लाग्दछ । किनकि त्यो देशहरुमा तथागत बुद्धको शिक्षाको साथ-साथै आफ्नो देशको संस्कृति र मान्यतालाई पनि मिसाउने गरिएको हुन्छ भने तिन वटा धर्मको किताबमा जे कुराहरु लेखिएको छ त्यसलाई कसैले पनि चुनौती दिन सक्दैन वा मिल्दैन । यो धर्मको संस्थापकहरुले जे भने त्यही नै ‘अन्तिम सत्य’ मान्नु पर्ने हुन्छ ।

बुद्धले यो खाले आफू उच्च रहेको प्रसङ्ग कँही पनि नराखी मानवले आफ्नो बुद्धि र बिचारलाई प्रयोग गर्ने स्वतन्त्रता प्रदान गरेको छ र यही मात्र नभएर धम्मलाई काल अनुरुप बदल्ने स्वतन्त्रता समेत प्रदान गरेको छ । यस्तो स्वतन्त्रता दुनियाँको कुनै पनि धर्मले आफ्नो अनुयायीलाई दिन सकेको छैन । यतिसम्म बिश्वास कुनै पनि धर्मले आफ्नो अनुयायी प्रती देखाएको छैन । प्रत्येक धर्मको संस्थापकले आफ्नो विशेष स्थान निर्माण गरेको छ ।तथागत बुद्धले कहिले पनि आफ्नो लागि यस्तो विशेष स्थानको इच्छा राखेका थिएनन् । तथागत बुद्धले आफ्नो ब्यक्तिगत जिन्दगीलाई पनि कहिले महत्त्व दिएनन् । कुनै पनि धर्मको संस्थापक नजिक तपाईं पुग्न सक्नु हुन्न तर बुद्ध एक पद हो र त्यहाँ सम्म जो कोही पनि पुग्न सक्छ, आफ्नो प्रयत्न बाट । तथागत बुद्धले आफ्नो अनुयायीलाई सदैव स्वयं आफैलाई चुनौती दिन प्रेरित गरेका थिए । यस्तो गर्ने दुनियाँमा एउटै मात्र धर्म संस्थापक छ, त्यो हो बुद्ध धम्म ।

जुन समय तथागत बुद्धको अन्तिम महापरिनिवार्ण हुँदै थियो, त्यो बेला अन्तिम शब्दमा उसले भने “हे भिक्षुहरु, यदि कुनै पनि प्रकारको शंका तपाईं हरुको मनमा धम्मप्रती छ भने कृपया निशंकोच राख्नु होला । काहीँ यस्तो नहोस् कि मेरो महापरिनिर्वाण पश्चात् तपाईंहरुको मनमा हाम्रो गुरु हामी माझ हुँदा हामीले उहाँलाई हाम्रो मनको शंकालाई खुलस्त पोखेनौ भन्ने बिचार कदापी नआओस् । आफ्नो जीवनको अन्तिम घडीमा पनि आफ्नो अनुयायीलाई धम्मको बिसयमा निशंकोच कुरा राख्न उक्साएका थिए । यसो गर्ने दुनियाँमा एक मात्र धर्म संस्थापक तथागत बुद्ध थिए । जबकी अन्य धर्मले आफ्नो धर्मको गुरुको आदेश अनुसार चल्न बिवस गराउँछन् तर तथागत बुद्धले आफ्नो संघको निर्माण धम्मको आदेश अनुसार चल्ने लोकसमुदाय हो र उनीहरुले जस्तो बोल्छन्, त्यही हिसाबले धम्म चल्ने गर्छ भनेका छन् ।

अन्य धर्ममा बलि प्रथा धेरै पवित्र मान्ने गरिन्छ तर तथागत बुद्धले कुनै पनि प्राणीको हत्या गर्नलाई नउक्साएको र आफ्नो धम्ममा आउनु पहिले नै पंचशीलमा शील गरेर प्रतिबन्ध लगाउन चाहे । बुद्धले चार्वाकको तर्कलाई स्वीकार गरेका थिए । चार्वाक भन्थे- “जस्को बलि दिइन्छ, त्यसलाई यदि स्वर्गको प्राप्ती हुन्छ भने तपाईंहरु संवम आफ्नो बुवाको बलि दिनुहोस् ।”
तथागत बुद्ध भन्थे : “बलि दिनु नै छ भने त्यो प्राणीको ठाउँमा मलाइ बलि देऊ, तपाईंहरुलाई धेरै पुण्य मिल्नेछ।” राजाको अगाडि यस्तो भन्ने तथागत बुद्ध एक मात्र धर्म संस्थापक थिए ।

अन्य धर्ममा स्त्रीलाई धेरै ‘निच’को दर्जा दिएको छ । जबकी स्त्री बर्गलाई धम्ममा भिक्षुको पद दिएर स्त्रीलाई समानताको दर्जा दिने तथागत बुद्ध सबैभन्दा पहिलो धर्म संस्थापक थिए । तथागत बुद्ध आफ्नो उपदेशमा भन्थे: “स्त्रीहरु पुरुषभन्दा महान हुन्छिन् किनकि उनले चक्रवर्ती सम्राटलाई पनि जन्म दिन सक्छिन् । उनले एक बुद्धलाई जन्म दिन सक्छे । यस प्रकारको उपदेश दिएर तथागत बुद्धले त्यो बेलाको सामाजिक ब्यबस्थापनलाई पुरै हल्लाएका थिए ।

“स्त्री आफ्नो प्रयासबाट निर्वाण पद, अर्हत पद, बुद्ध पदमा पनि पुग्न सक्छिन् ।” – यो बुद्ध धम्म को मान्यता हो।
“मानवको कर्मले मानव उँच र निच सिद्ध हुने गर्छ, जन्मदै होइन।” यो कुरालाइ बुद्धले स्पष्ट भनेका छन् । त्यो समयमा धार्मिक जातियतालाई पुरै बहिष्कार गर्दै तथागत बुद्धले आफ्नो संघमा अछुत मानिने समाजलाई पनि आदर प्राप्त गर्ने अवसर दिएका थिए । हरेक पदमा पुग्ने अवसर प्रदान गरेका थिए । तथागत बुद्धले संसारलाई ‘लोकतान्त्रिक’ ब्यवस्था दिए जसमा एकल शासकको भलो, बाकी जनता दुखी नहुने बहुसंख्यक जनताको भलो हुने संघको स्थापना गरे।
धम्म संघको कयौं नियम आज पनि कयौं देशमा लोकतान्त्रिक कानुनको रुपमा लागू गरिआएको छ।

धर्म कुन मान्ने? या कुन ईश्वरको पुजा गर्ने?

धम्म ब्यक्तिगत नभएर सामाजिक ब्य्वस्था हो । एक्लो मान्छे धम्मको कुनै काम छैन तर जब मान्छेको बिचको सम्बन्धको कुरा आउने गर्छ तब धम्म बिना समाज हुने सम्भावना छैन । किनकि नितिमत्ताको अर्थ धम्म, धम्मको अर्थ संविधान, संविधानको अर्थ कानुन र न्यायको नजरमा सबैजना समानता छ । चाहे त्यो जुनसुकै धर्म या ईश्वर लाई मानोस् या नमानोस् । मानव बिचको सम्बन्धबाट नै धम्मको सुरुवात हुने गर्छ ।

धम्मको बिना समाज जंगली हुन्छ त्यसैले तपाईंलाई नितिमत्ता समाज प्रस्थापित गर्नको लागि धम्मलाई अपनाउनु पर्दछ । धम्ममा दुई ब्यक्ति बिचको सम्बन्धलाई महत्त्व नदिएर स्वंमको मोक्षलाई बढी महत्व छ। अनिश्वरबादी तथा निरिश्वरबादी रहने खालका व्यक्तिलाई धर्म गद्दार सम्झन्छ । उदाहरण नास्तिक (जसले कुनै ईश्वरको अस्तित्व स्विकार्दैन), काफ़िर (जो मानवताको लागि गद्दार हो ) यस्तो शब्द निरीश्वरवादि मान्छेको लागि धार्मिक मान्छेहरु प्रयोग गर्ने गर्छन् । यस प्रकारको शब्द प्रयोग गरि धर्मले निरिश्वरबादीलाई घृणा गर्ने गर्छन् । धम्म निरिश्वरबादलाई मान्यता दिन्छ र यति नभएर बिरोधलाई सधैव स्वागत गर्दछ । धर्म, ईश्वर, नर्क जस्तो कुराको डर देखाएर हरेक कुरामा मानव उपर धर्म लाद्ने गर्छ । तथागत बुद्ध आफ्नो बुद्धिको प्रयोग गरेर परिक्षा लिनु भन्ने कुरालाई जोड दिन्छ । धर्मको हिसाबमा हरेक काम ईश्वरद्वारा पूर्वनियोजित गरेको हुन्छ । धर्ममा यस्तो पनि मान्छन् कि सबै कुरा पहिलेबाटै ईश्वरले तोकेर राखेका हुन्छन्, मानव त एक कठपुतली मात्र हो, मानवको जन्मलाई धर्मले कुनै प्रयोजन स्पष्टिकरण गर्दैन । धम्म यो कुराहरुलाई पुरै नकार्दै बताउँछ कि निसर्ग ब्यबस्था मानवको कर्म ब्यबस्थासंग निर्भर हुन्छ र मानवको जन्म त्यो ब्यबस्थालाई सम्हाल्नको निम्ति भएको हो । धम्म मानवको जन्मलाई ध्येयधम्मले स्पष्ट पारिदिन्छ । धर्म पुजा-अर्चना, ईश्वर प्रतिको कर्मकाण्डमा बिश्वास गर्छ । प्रकारका कुरालाई बढी महत्त्व दिने गर्छ । धर्ममा आफ्नो मोक्ष प्राप्तिकोको लागि ईश्वरको डर देखाने गरिन्छ तर धम्ममा सबैलाई सुखी राख्न र स्वयं आफू पनि सुखी भई निर्वाण सम्म पुग्ने आचरण लाई महत्त्व दिने गर्छ । धर्म अज्ञानता या श्रद्धामा टिकेको हुन्छ तर धम्म कुनै पनि कुरालाई जाच्ने, अनुभव गर्ने प्रयोग गरेर हेर्ने कुरालाई राख्दछ । धम्म कुनै पनि कुरालाई अन्धाधुन्द बिश्वास गर्ने र मान्ने कुरालाई नकार्दछ । धम्म स्वयं आफैलाई पनि जाच्नु, तौलनु भन्ने कुरालाई जोड दिन्छ । धम्म गरिबीलाई दु:ख मान्दछ । धम्म शिललाई महत्त्व दिन्छ । धम्म समस्त प्राणिको अगाडि मायाको भावाना व्यक्त गर्न सिकाउँछ । यसै कारण हामीमा कुनै पनि प्राणी हिंसा गर्न इच्छा जाग्दैन । धम्मले पंचशिल दिन्छ जुन सारा मानव प्राणीलाई सुखी हुनको लागि जरुरी छ । धर्म यस्तो कुरा समाजलाई सिकाउदैन, सबै अनुयायीलाई रटेर आफुमा लाग्न भन्छ।

धम्मको कुराहरु कहिले पुरानो र अनावश्यक कहिले हुँदैन । जति-जति बिज्ञानले फड्को मार्दै जान्छ धम्मको शिक्षा उतिनै स्पष्टीकरण हुँदैजान्छ ।जबकि धर्मको कयौं शिक्षा गलत साबित हुँदै गएको छ। यिनै महत्त्वपूर्ण फरक भएको कारण दुनियाँका विद्वानहरु धम्मलाई धर्म मान्नको लागि तयार छैनन् । यस्तै तर्कहरुलाई मध्यनजर गर्ने हो भने बुद्धद्वारा पाली भाषामा कहलिएको “धम्म” नै योग्य हुने गर्छ न कि बुद्ध “धर्म”।

वास्तवमा धर्मको पाली शब्द उचारण धम्म नै हुने गर्छ तर दुनियाँको कुनै पनि धर्मसंग बुद्ध धम्म तुलना गर्दा धेरै नै फरक पाउन सकिन्छ । त्यसैले स्वत: प्रश्न यो आउने गर्छ कि बौद्ध लाई धर्म भन्नू उचित हुन्छ या हुदैन ?

एक विशिष्ट महामानवको उपदेशमा चल्ने मानव समूहलाई त्यस धर्म अन्तर्गत चल्ने मानव भनिन्छ । यस्तै ब्याख्या यदि धर्ममा पनि लगाइन्छ भने बुद्धको धम्मलाई पनि धर्म भन्नू उचित नै होला । भाषा भिन्नता को कारण आजको दुनियाँमा यदि धम्मलाई धर्म भन्छ भने ठिक हो तर यति ठुलो फरक देख्दा-देख्दै पनि हामी धम्मलाई धर्म संग तुलना गर्छौ भने हामीले सम्पूर्णरुपले तथागत बुद्धलाई चिन्न सक्दैनौं ।

न्युज २४ नेपाल टिभीबाट साभार