अति राम्री असाध्यै सुन्दरी अम्बपाली

@ कल्प (पृथ्वी) शुरुवात, प्रारम्भ भएको बेला नभए तापनि “उपपत्ति पट्टि सन्धि” द्वारा मान्छे भएर आउने बिशेष व्यक्तिहरु मध्ये अम्बपाली (अम्ब्रपाली) हुन्। वहाँको पूर्व पूर्वको भवहरुमा भगवानको सासन चलिरहेको समयकालिन राम्रा कुसल पुण्यहरु अधिग्रहण अभ्यास आचरण गरेको हुनाले मनुष्य लोक, देवलोकमा तल माथि बिशेष गरी भेट हुन पाउँदै संसारमा चक्रमा भ्रमण गर्दै “सिखि” भगवान बुद्धको सासन कालमा भिक्षुणी धारण गर्नु भएको थियो।

@ एकदिनको समयमा अन्य भिक्षुणीहरुका साथै एक मुर्ती चैत्यमा गएर दर्शन पुजा गरेको बेला आगाडिबाट पाल्नु भएको भिक्षुणीले हाच्छिउं आउँदा भित्र जमेको थुकको (खकार) डल्लो चैत्यको चोक मैदानमा उछिट्टिएर झर्यो। अम्बपालि हुने सत्वले त्यसलाई देखेर सफा गर्दै भनिन् कि- “कुन ‘गणिका’ ले कचेडा गरेको हो कुन्नी ?” भनेर नराम्रो शब्दले गरिन्। अनि अर्को कुरा चाहिँ त्यस चैत्यलाई ढोग वन्दना गर्दै पछि आउने जन्ममा माताको गर्भमा गब्भसय्य पट्टिसन्धि बस्न नपर्ने व्यक्ति हुन पाउँ भन्दै प्रर्थना गर्दै वर मागेकी थिइन्।

@ अम्बपाली सत्वले त्यो वरदान मागेँको हुँदा अन्तिम भव भगवान गौतम बुद्धको सासनको समयमा वैशाली लिच्छवी जातिहरुको गणराज्य अन्तर्गत भित्र भएको लिच्छवीहरुको अम्ब्रवन (आँप को उद्यान बन) मा आँपको वृक्ष मुनिको आडमा उपपत्ति पट्टिसन्धि द्वारा मनुष्य भवमा उत्पन्न भइन्। त्यस आँपको उद्यान बनलाई रक्षा गर्ने सेवकले त्यस मनुष्य भवमा उपपत्ति पट्टि सन्धि हुने अम्बपालिलाई आफ्नो घर लगेर छोरी बनाएर पालेर राखे।

@ अम्बपालिको उमेर आउँदा युवती अवस्थामा असाध्यै राम्री एक सुन्दरी भएकि हुनाले लिच्छवी राज्यका समस्त अधिपतिहरु लाई हाँसिल गर्न चाहने इच्छा भएको हुनाले, “उस्लाई मिल्न योग्य छ, मलाई मिल्न योग्य छ भनी जिद्दी गर्दै झगडा उठ्ने अवस्थामा पुग्यो। त्यस प्रकारको हुनाले झगडा झमेला शांत हुनको निम्ति न्यायाध्यक्क्षले अम्बपालि लाई ‘गणिका’ (नगर वधू) को पद्वीस्तरमा राख्नु पर्दछ भनि निर्णय भएको हुकुम दिँदै आदेश दिए। (एक भवमा आर्य भिक्षुणी लाई नराम्रो शब्द ‘गणिका’ प्रयोग गरेर गाली श्राप गरिएको निम्ति नराम्रो अकुसलले ऐले यहाँ आएर नराम्रो फल दिने समय बनेर आयो।

@ अम्रपालीले भगवान प्रति असाध्यै श्रद्धा भाव विश्वास राख्ने व्यक्ति भएकि हुनाले गर्दा आफ्नै आँपको बगैंचा उद्यानमा कुटि विहार निर्माण गरेर भगवान लगायत भिक्षुहरुलाई सधैँ दान पुजा गर्ने गर्दथिन्। समय बितेर आए पछि विमलकोण्णञ नामक पुत्र लाई जन्म दिइन्, आफ्ना पुत्र भिक्षु आयुस्मान विमलकोण्णञ महास्थिवीरले धर्म देशना भाषण गर्नु भएर बाटो देखाउनु भएको हुनाले वहाँ सासन भित्र आएर भिक्षुणी धारण गरेर प्रव्रज्या लिनु भयो। भिक्षुणी भवद्वारा विपस्सनाको धर्म लाई आचरण गर्दा गर्दै अर्हन्त मार्गज्ञान फलज्ञान द्वारा अन्तिम जन्मको भारी बिसाउँदै सदाको लागी सुख र शांत भएको परिनिर्वाण प्राप्त गर्नु भयो।

 

त्यस आँपको उद्यान बनलाई रक्षा गर्ने सेवकले त्यस मनुष्य भवमा उपपत्ति पट्टि सन्धि हुने अम्बपालिलाई आफ्नो घर लगेर छोरी बनाएर पालेर राखे।

 

सशस्त्र आधारित – अपदान पालि

# तीन कर्महरु मध्ये-
१• मनै मन बाट उत्पति भएर, धेरै जसो गरिने कर्म मनो कर्म हो।
२• बोली बाट गरिने बचन कर्म हो। मन भित्र धेरै भएर आए बोली बाट विस्फोट भएर आउँछ। जस्लाई बोली बाट गरिने काम, बचन कर्म भनिन्छ।
३• शरीर द्वारा बल लगाएर गर्ने काम लाई काय कर्म भनिन्छ। जो मन र बोलीमा धेरै जम्मा भएर आएपछि कायमा आएर टुङ्गिन्छ। जुनसुकै कर्महरु नै किन उत्पन्न नहोस् यहि बाट उत्पति हुने हो। त्यसैले बोल्न पाएँ भनेर प्याच्च नबोल्नु भन्ने उखान नै छ।
एउटा म्यानमार को असाध्यै मलाई राम्रो लाग्ने भएको उखान छ जस्लाई म नेपाली भाषामा सक्दो उल्था गर्ने छु।
“एउटा को कुरा
एउटा को कानमा
नहुन कड्वा (तितो) स्मृति पूर्वक
भाई ! हामी बोलौँ चतुमधू जस्तो मिठास”

प्याच्च बोल्नु भन्दा अघि मनमा मात्र नराम्रो उत्पन्न हुने साथ बचन र काय सम्म पुग्न नपाउँदै स्मृति होस पूर्वक ले हेर्दिए यस्को परिणाम के हुनेछ, भनेर अनुमान लाग्ने साथ बिचमै ज्ञानले रोक्न सकिन्छ। यति भए अकुसल हुनु पर्ने बाट हुन नसक्ने भयो। त्यसैले राम्रो सुझाव दिँदै भगवान बुद्धले धेरै पटक भन्नु भएको छ कि-
भिक्खवे”
अप्पमादेन सम्पादेथ।।
“हे ! मेरा प्यारा छोरा छोरी हो
सधैँ होसमा बस, बेहोसी भएर नबस।”

अनुवाद – बिष्णु धनञ्जय