विश्वास लागे मात्र आचरण गर्नु, आचरण गरेर मात्र विश्वास गर्नु

तिटगु आयुष्मान देविन्दाभिवंस(सयाडो)

`श्रद्धा´भन्नाले विश्वास लाई भनिएको हो।
`चरन´भन्नाले विश्वासलाई भनिएको हो।
श्रद्धा र आचरण एक अर्कामा अन्यमन्य उपकार गर्छन्।

त्यसैले श्रद्धाको कारणले आचरण भए जस्तै आचरण छ भने श्रद्धा झन तेजिलो भएर आउँछ भन्दै लिनुपर्छ।

मनुष्यहरू भनेका आफू आफूले बिचार गरे अनुसार विश्वास  गरे मुताविक बिचार गरेर, बिचार गरे अनुसार गर्दै जान्छन्।

धर्म सम्प्रदायहरू र आफूले लिएको रिति भनेको मनुष्यहरूको मनलाई आकर्षित गर्न सक्छ।आफूलाई विश्वास लागेको धर्मलाई आदार लिएर काम गर्दै जान्छन्। आफूले लिएको गल्ती भयो भने गरिएको काम जति सबै बिपरित भएर जान्छ। त्यसैले आफ्नो बिस्वास सहि हुन अति आवश्यक छ। बिस्वास गरेको सही छ भने मात्र त्यो अस्सलि श्रद्धा हो। श्रद्धा भए मात्र सहि बिचार हुन्छ।सहि बिचार भए मात्र गरेका कामहरू सहि हुन्छन्।

 

बिस्वास नगर्नु नै भवमा समस्या 

भगवान भएको समय कालिन तोदेय ब्राह्मणलाई हेर्ने भने भोग सम्पत्तिले सुख थियो। र पनि श्रद्धा भने अलिकति पनि थिएन। र उनले के भन्छन भन्दा “सुख हुने दुःखी गरीब हुने भनेको कर्म संग सम्बन्ध छैन। आफूलाई मन लागेको गर्न हुन्छ।कै पनि कुसल पुण्य गर्नु पर्दैन भनि भन्थे। त्यसैले ति ब्राह्मणले कुनै कुसल पुण्य पनि गर्दैनथे। दुश्चर्य कर्म मात्र गरेर समय बिताउथे। त्यो के कारणले हो भन्दा श्रद्धा सम्पति नभएर हो। त्यसैले मर्ने बित्तिकै कुकुर भएर जन्मनु पर्यो। त्यसैले बिस्वास नगर्नु भनेको धर्म सम्प्रदायको समस्या होइन। यो समस्या चाहि भवको समस्या हो। बिस्वास नगर्नु नै भवमा एक प्रकारको ठूलो समस्या हो।

 

(मुसावादा)झुटो बचन नभए लङ्कार ‌मीठो हुन्न 

कोही कोही ब्यक्तिहरू बौद्ध धर्मवलम्बी नै हुन। र पनि धर्मलाई गौरब राख्दैनन्। गौरब नराख्नु नै साचै श्रद्धा नभएर हो। त्यसैले भन्ने गर्द छन्(मुसावादा)झुटो बचन नभए लङ्कार राम्रो हुदैन।पछि आए पछिको दाम पनि भन्छन्। सोचि हेरौ । (मुसावादा)झुटो बचन नभए लङ्कार राम्रो हुदैन भने पछि झुटा बचन बोले मात्र सुबिस्ता हुने भयो। झुटा बचन नबोले सुविस्ता नहुने भयो। झुटो बचन बोल्ने इस्तिती परेर आयो भने बोल्नु पर्छ भन्दछन्। अन्तिममा यस्तो पनि हुन्छ। भगवान बुद्धले (मुसावादा)झुटो बचनलाई हाँसो हुनको लागि पनि नबोल्नु भनि भन्नु भएको छ। (मुसावादा)झुटो बचन नभए लङ्कार राम्रो हुदैन भन्नु नै भगवानको बचनलाई काटिएको हो। त्यो पनि श्रद्धा नभएर हो। त्यसपछि “पछि आए पछि कै दाम”भन्दछन् ।र पछिको समस्यालाई पछि नै समाधान गर्ने।कै पनि डर मान्न पर्दैन। मन लागेको गर्दा हुन्छ भन्ने इस्तितीमा पुग्दछन्। साचैमा भन्नु पर्दा पछि हुने समस्यालाई आगे देखिनै नहुनको लागि समाधान गर्नु पर्छ।

कारण र कार्य, कारण गरेर सकियो भने कार्य हुन्छ। त्यसैले “अहिले पानीको कुवा खनेर अहिलै सङ्लो पानी पिउँछु भनेर हुदैन । सङ्लो पानी पिउँने इच्छा भए अहिले देखिनै पानीको कुवा खन्नु पर्छ। भन्न खोजेको पछि हुने समस्यलाई अहिले देखिनै समस्या समाधान गर्नु पर्छ। त्यो “पछि आए पछिको दाम भन्नु “भगवानको बाणीलाई काट्नुको अर्थ हो। भगवानको बाणीलाई पन्छाउनुनै श्रद्धा नभएरै हो त्यसैले श्रद्धा नभए फेरी पछिबाट घुमेर आउनु पर्छ। पछिबाट घुमेर आउनु पर्छ भनेको चार अपाय नरकमा जानु पर्छ।

 

दुवैको रप्तार मिल्नु पर्छ 

श्रद्धा र आचरण एक अर्कामा अन्यमन्य उपकार गर्छन्। भन्न खोजेको विस्वास भए मात्र आचरण गर्नु र आचरण गरेपछि झन धेरै बिस्वास बढेर आउछ। भगवान भएको समय कालिन वेसालिमा एक तिह नाम गरेका सेनापति थिए। उनका गुरु चाहिँ मिथ्या दृष्टिका गुरू थिए। ती दृष्टिगुरूले भगवान बुद्धलाई बिपरित गर्द थिए। र ती सेनापतिले भगवान बुद्धको गुणलाई सुन्छन्। र भगवानको चरण कमलमा जान्छन्। र भगवान बिहार लिनु भएको ठाउँमा पुग्छन्। ती सेनापति भगवानमा श्रद्धा भएर गएका होइनन्। भगवान माथि चासो राख्न मन लागेर गएका गएका हुन्।

भगवानले पनि ती संग  राम्रो प्रकारले सम्बोधन गर्नु भयो र उनले पनि भगवानलाई ढोग वन्दना गरे पश्चात भगवानले मूल धर्म देशना र चार आर्य सत्य धर्मलाई देशना गरिदिनु हुन्छ । ती सेनापतिले धर्म देशना सुन्दै थिए। सुन्दा सुन्दै उनको मनमा अँ!कति राम्रो देशना भन्दै उनको मन खुसी भयो। त्यस पछि उनले कोसिस गरेर आचरण गर्न थाल्छन्। यो हो आचरण। त्यसरी आचरण गरेको कारणले श्रोतपन्न भएर जान्छन्। बिस्वास भए मात्र आचरण हुन्छ, आचरण भए बिस्वास हुन्छ भनेको यही हो। अहिलेको समयमा विपस्यना भावना आचरण गरेको कारणले बाहिरी धर्म सम्प्रदायका ब्यक्तिहरू बौद्ध धर्मवलम्बी भएर सासनमा आएकाहरू धेरै छन्। त्यो के कारणले हो भन्दा आचरणको कारणले श्रद्धा भएर आएको हो।

त्यसैले आचरण राम्रो हुनको लागि श्रद्धा हुन आवश्यक हुन्छ। श्रद्धा राम्रो हुनको लागि पनि आचरण हुनुपर्छ।

अनुवाद – निर्मल Mgk 
सु सहभाजन – बिष्णु धनञ्जय