बुद्ध धर्ममा दुल्लभ अथवा दुर्लभ भनेको के हो ?

-टिड सयकडो फयाजी 

१• दुल्लभ भिक्षु भन्ने कुन समय बाट आरमभिकता भएको हो ?
२• दुल्लभ भिक्षु धारण गर्न लाई भगवान बुद्धले अनुमति दिनु भएको थियो ?
३• भगवान बुद्धको इच्छानुसार दुल्लभ भिक्षु धारण गर्नु कुराको अर्थ लाई व्याख्या गरेर सम्झाउनु होस्।

भगवान बुद्धले प्राप्त भएको ५ प्रकारको दुर्लभ धर्महरु लाई उपदेश गर्नु भएको छ।
१• बुद्धुप्पाद = बुद्ध+उप्पाद दुल्लभ (भगवान उत्पन्न हुनु भएको सासनको समयकाल लाई भेट्नु धेरै कठिनाइ छ)।
२• मनुस्सत्त दुल्लभ (मनुष्य भव प्राप्त गर्न पाउनु धेरै कठिनाइ छ)।
३• पब्बज्जित दुल्लभ (प्रव्रजित भएर भिक्षु हुनु धेरै कठिनाइ छ)।
४• खणसम्मत्ति दुल्लभ (कुसल पुण्य हरु कमाउन अथवा प्राप्त गर्न कठिनाई छ)।
५• सद्धम्मसवन दुल्लभ (अतुलनिय भगवान बुद्ध को धर्म देशना हरु लाई राम्रो मनसिकार गरेर सुन्न पाउनु कठिनाइ छ अरे)।

यस पाँच प्रकार भित्रका भिक्षु भव प्राप्ति भएको भन्ने कुरा लाई आधारीत लिएर क्षणिक प्रव्रज्या भिक्षु धारण गर्ने भिक्षुहरु लाई दुर्लभ भिक्षु भनिएको हो।

दुल्लभ भिक्षुहरु को चलन चाहिँ भगवान बुद्धको समय काल देखिनै थियो।
५५०- एकनिपात कुदालपण्डित जातक मा चित्त हट्ठ महाथेर को जम्मै ६ पल्ट सम्म मान्छे निस्केर ७ पल्ट को पालामा पुग्दा मात्र बल्ल अर्हन्त भिक्षु हुनु भएको थियो।

भगवान को सासनमा पाराजिक उलङ्घन भएर नझरे सम्म जति पटक धारण गरेता पनि भगवानले अनुमति दिनु भएको हुनाले क्षणिक प्रव्रज्या भिक्षु धारण गर्ने दुर्लभ भिक्षु हरु चाहिँ भगवानको समय काल देखीनै हुनु हुन्थ्यो भन्ने कुरा को बिषय कारण लाई उत्तर दिँदै भन्नु प-यो।

दुर्लभ भिक्षु धारण गर्ने बिषय लाई भगवान बुद्धले अनुमति दिनु भएको थियो भन्ने कुरा को बिषय लाई, दुर्लभ भए तापनि जोसुकै भए तापनि पाँच अङ्गले परिपूर्ण भए प्रव्रज्या गराई दिन भगवानले अनुमति दिई सक्नु भएको छ।

पाँच प्रकारका अङ्ग-
१• वत्तुसम्पत्ति (भिक्षु हुने अथवा भिक्षु सत्वको अङ्गले परिपूर्ण भएको हुनु)।
२• ञत्तिसम्पत्ति (उच्चारण गरेर पढ्न सक्ने यत्ति अङ्ग भएको हुनु)।
३• अनुस्सवनसम्पत्ति (पढ्न सक्ने कम्मवा भएको हुनु)।
४• सीमासम्पत्ति (भिक्षु धारण गर्ने सीमा परिपूर्ण हुनु)।
५• परिस्ससम्पत्ति (कारक संघा पाँच वर्गिय माथि परिपूर्ण भएको हुनु)।

यस पाच प्रकारका चाहिँ भिक्षु हुने नहुने सम्पत्ति पाँच प्रकारका हुन्। यस पाँच प्रकारका हरु मध्ये एक न एउटा को त्रुटि अथवा कमि भएमा भिक्षु हुँदैन। यस पाँच प्रकारका हरु परिपूर्ण भएमा निश्चित पक्का भिक्षु हुँदछ। यस पाँच प्रकारका हरु मध्ये मा क्षणिक भिक्षु धारण गराई दिनु हुन्न भन्ने छैन। त्यस कारण ले दुर्लभ भिक्षु धारण गर्ने लाई भगवान बुद्धले अनुमति दिनु भएको छ भनेर उल्लेख गरेर उत्तर दिन चाहन्छु।

भगवान बुद्धको इच्छानुसार दुर्लभ भिक्षु भन्नाले चाहिँ क्षणिक धारण गर्ने भिक्षु भएतापनि आजिवन भिक्षु धारण गर्ने भए तापनि भगवान बुद्धले उपदेश गर्नु भएको सील समाधि प्रज्ञा ३ प्रकारका शिक्षाहरु लाई सम्हालेर पालन आचारण गर्न सक्ने हो भने पृथक जन भिक्षु भएतापनि भगवानको इच्छानुसार हुने भिक्षु भन्न सकिन्छ।
ठिछ्याइङ् नगर टिड सयकडो फयाजी को
आधुनिक बुद्धवाद सम्बन्धित प्रश्नोत्तर (६) बाट

Posted by Words of Buddha

अनुवाद – बिष्णु धनञ्जय