मृत्यु हुने अवस्थामा वेदना भावना गर्ने विधि

सुसहभाजन – बिष्णु धनञ्जय
ध्यान भावना आचरण गर्ने धर्म मित्र,धर्म मित्राहरूले मात्रै नभएर ध्यान भावना आचरण नगर्ने बुद्ध धर्मवलम्बीहरू सबैले जान्नु पर्ने प्रशन भएको हुनाले धम्मानन्दविहार बिहारको ध्यान केन्द्रमा योगी (ढ खाइ खाइ)लाई जान्न ईच्छा भएको प्रश्नलाई धर्म देशना प्रधान गर्नु हुने गुरू भन्ते प्रति प्रश्न गर्छिन् (धम्मानन्दविहार बिहारका विञ्या सधम्मरम्सी बिहारका प्रधाननायक कर्मश्थान आचार्य सयाडो उल्लास)द्वारा उत्तर दिनु भएकोलाई लेखेर पुन: कुसल पुण्य लिएका हौं।

(प्रश्न)
.
“गुरू भन्ते हजुर… अन्तिम मृत्यु हुने अवश्थामा तेजिलो हिसाबले दुखी रहेको वेदनालाई एकनास भावना गर्नु पर्छ कि?” त्यसलाई छुट्याएर जान्नु पर्छ कि?” जान्ने इच्छा भएकोले सनम्र बिन्ती बिछ्याउछु भन्ते हजुर।

शिष्यले भन्न खोजिएको वेदनालाई भिन्दै छुट्याएर भनिको वेदनामाथि एकै चोटी भावना नगरिकन स्वास प्रस्वासलाई भए पनि, पहिले पहिलेदेखि गर्दै आएका दान, सील इत्यादि कुसल कर्महरूको आरमण एक एक प्रकारको लाई भएपनि, एउटा आरमणलाई राखेर भावना गर्नुलाई भनिएको हो भन्ते हजुर 

शिष्यले भनिएको वेदनालाई एकैसाथमा भावना गर्ने भनेको अहिले ध्यान केन्द्रमा भावना गर्दै गरे जस्तो वेदनाको सोभाव बन्ने बिग्रनेलाई एकै साथमा भावना गरिएकोलाई भनिएको हो गुरू भन्ने हजुर।

(उत्तर)
“विपस्सना हुन सक्ने एक न एक प्रकारकोलाई राख्न सकियो भने त राम्रो हो। विपस्यनालाई बेग्लै छुट्याएर अन्य कुसल पुण्यकोआरमणमा मनलाई राख्नु भनेको त्यो अर्कै नियम हो। र पनि वेदनालाई अलक्कै छुट्याउदैमा पनि भएको छैन।आफ्नो नजिकमा रोएर जलिरहेका ब्यक्तिहरूको आरमण पनि हुनसक्छ । र अरू भिन्दै आरमणहरू पनि छन्। त्यसपछि दान पुण्यको आरमणले मृत्यु भयो भने देवलोक प्राप्त हुन्छ ।सील आचरणले मृत्यु भएपनि देवलको नै प्राप्त हुन्छ । यति देखि धेरै प्राप्त हुन सक्दैन।

वेदनाको उत्पत्ति विनाशको स्वभावलाई भावना गर्ने भने विपस्यना आरमण भएर जान्छ । त्यो समयमा पारमी तेज भएर ज्ञान तेजिलो भएर आयो भने मरणान्तकमा एक मार्ग ज्ञान एक फल ज्ञान प्राप्त भएर जान सक्छ।

त्यसरी एक मार्ग ज्ञान एक फल ज्ञान प्राप्त नभएर, झान शक्ति पनि प्राप्त हुन सकेन भने मनुष्य लोक देव लोक प्राप्त हुन्छ। माथि बताएको एउटा न एउटा कुसल पुण्यले मृत्यु भयो भने मनुष्य लोक,देव लोक अवश्य नै पुगिन्छ । र पनि के फरक छ भन्दा “कुसल पण्यको आरमणको प्रभावले देव लोक त”पुगिन्छ । र त्यो देव लोकमा खुसी र आनन्द तिर रमाउन थाल्छ र ध्यान भावना गर्न तिर लाग्दैन।

“विपस्यनाको आरमणलाई”भावना गरेर मृत्यु भएर देवलोक पुगेका ब्यक्तिहरू यत्तिकै बेहोसीमा नबसिकन “विपस्यना धर्म “लाई सुर्वात गरेर भावना गरेको बेला”योग्य भएका धर्महरू”मार्ग ज्ञान फल ज्ञानहरू प्राप्त गर्न सक्नेछन्। र त्यसरी अन्तर भएर जान्छ।

तपाई हामीहरू ध्यान केन्द्रमा वेदनालाई भावना गरेको नै मर्नलाई सिक्दै गरेको संग मिल्छ।

र पनि होस् राख्नु पर्ने बिषय चाहिँ सर्ब प्रथम वेदनालाई भावना गरी आचरण गरेर वेदनालाई गहिरो हिसाबले भावना गरेर त्यसलाई सम्झिन सकियो भने पनि दैनिक भावना गर्ने अभ्यास हुदैन।बिचमा आचरण गर्न सक्न छोडियो भने “अन्तिम मृत्यु हुने समयमा त्यसलाई आफूले जितेर, दबाएर ” भावना”गर्न कठिनाई हुन्छ । त्यसैले दैनिक जस्तो आचरण यानी अभ्यास हुनको लागि दैनिक आचरण वा अभ्यास गर्दै भावना गर्न आवश्यक छ। त्यसो भएपछि मर्न पनि सिकिरहेको जस्तो भएर जान्छ र मृत्यु पश्चातको जन्ममा पनि बिहोस नभइ कन विपस्यना धर्मलाई निरन्तर आचरण गर्दा गर्दै “मार्ग ज्ञान फल ज्ञान “प्राप्त हुने फल उपकारहरू प्राप्त भएर जान्छ।

.

मृत्यु हुने समयमा हुने चित्त 

.
मृत्यु हुने समयमा हुने चित्त चाहि धेरै आवश्यक छ। आएको सुगतिलाई प्रत्यक्षमा फल उपकार दिन सक्छ। यो बिषयलाई लिएर भगवान बुद्धले यस प्रकारले उपदेश गर्नु भएको छ।

गाई गोठालाले घाम अस्ताए पछि गाईहरूलाई गोठमा हुल्ने समयमा भर्खरका स साना गाईले घोचट्दै अगाडि अगाडि पुग्छन्। र पनि तागत नभएका बुढा गाईहरूकाई पछिबाट जति नै लौरा लगाए जति नै डराउन हाले पनि आस्तै आस्तै गोठमा पस्छन् ।अन्तिम समयमा बुढा गाई गोठमा पुगेर गोठको तगाराको छेउमै सुत्नु पर्छ । त्यसपछि अर्को दिन गाई गोठबाट गाई खोल्दिदा आगाडि तगेराको छेउमा भएका बुढा गाई निस्कन पाउँछन् । बर्खरका भनाउँदा स सना गाई चाहि पछिबाट निस्केर जान पाउछन्। त्यसै गरी अन्तिम मृत्यु हुने समयमा कतैबाटआधार नमिलेको समयमा प्रथम उत्पत्ति भएको चित्तले फल दिन्छ भनेर भगवान् बुद्धले उपदेश गर्नु भएको छ।

विपस्यना ज्ञान नभएका छिमेकीमा आफ्नो मृत्यु भयो भने धेरै डर लाग्दो हो। देखेर, सुनेर आफ्नो यो एक भव नै सम्पूर्ण चिजहरूबाट तानिरहेको हुन्छ। घरमा पनि आफूले उपभोग गर्ने बस्तुमा पनि, कपडामा पनि, छोरा, छोरी, पति, पत्नि,घरमा पालेका पशु प्राणीहरू छर छिमेकीहरूमा भएका सम्पुर्ण बस्तुहरू सबै चार अपायतिर पुर्याउने हुन।त्यसैले जाने बुझेका व्यक्तिहरूले सज्जन व्यक्तिहरू भएको ठाउँमा मैत्री करूणा धेरै भएर सुरछ्या भएको ठाउँमा पहिले देखि नै मिलाएर मर्ने गर्द छन्। भएको अन्तिम समयलाई कटेर जान्छन्। डर पनि अति नै डर लाग्दो छ। चार अपाय गिर्यो भने त केहि पनि गर्न सकिने छैन।
अकुसलमा धेरै तानिएर आशक्ति भएर अन्तिम मृत्यु हुने समयमा विञ्याण सकिन नसकेर एता उति हल्लेका ब्यक्तिहरु धेरै छन्। कोही व्यक्तिहरू अकुसल चेतना कुसल चेतना धेरै ठूलो नभएका, विपस्यना ज्ञान पनि नभएकोले उसको कर्मले कता पुर्याउनु पर्छ भन्ने थाहा नभएको हुनाले यो चित्तमा पुग्दै अर्को ‌चित्तमा पुग्दै गरी लामो समयतक भएर जान्छ। यसैलाई छेउमा बस्ने ब्यक्तिले यी व्यक्तिलाई पर्खेका हुनकी, ती ब्यक्तिलाई पर्खेका हुनकी, छोरालाई पर्खेका हुनकी,छोरीलाई पर्खेका पो हुनकी भन्दै विचार गर्दछन्। छेउ बाट एकजनाले छोरो आइपुग्यो, छोरी आइपुगीन् उठेर हेरी देउन भन्दिने बित्तिकै मर्न थालेका व्यक्ति छोरा छोरीमा तानिएर चार अपार नरकमा पर्दछन्।अन्तिम मृत्यु हुन थालेका व्यक्ति माथि तानिएर रोएर कराएर गर्नु राम्रो होइन। त्यसो गर्नेु नै मृत्युको अवश्थामा पुगेका व्यक्तिलाई माया गरे गरे जस्तो गरेर सिधै चार अपाय पठाएको हो।

त्यसैले म मर्ने बेलामा नरूनु होला। आवाज दिएर साह्रो पनि नबोल्नु होला मेरो नजिकमा।

अनुवाद निर्मल Mgk