चित्तानुप्पश्यना भावना गर्ने विधि 

यथाभूत खेमिन्द

योगीहरूलाई देखेर जानेको मनले “(एहि)आउनु होस्,(पस्सति) भावना गर्नु होस् भनेर भनिरहेको छ। गन्ध जानेको मनले पनि “(एहि)आउनु होस,(पस्सति) भावना गर्नु होस् भनेर भनिरहेको छ । रस पाएको मनले पनि (एहि)आउनु होस्,(पस्सति) भावना गर्नु होस भनेर भनिरहेको छ।(फोट्टब्ब )छुइने, ठोकीने सपर्सले पनि (एहि)आउनुहोस्,(पस्सति) भावना गर्नुहोस् भनेर भनिरहेको छ।धम्म आरमणले भन्ने सोचाइ मनले पनि(एहि)आउनु होस्,(पस्सति) भावना गर्नुहोस् भनेर भनिरहेको छ।

देखेको मनलाई तिमीमा के सत्य छ भनी प्रश्न गर्ने भने देखेको मनले उत्तर दिन्छ। ममा दुःख सत्य छ।

सुनेको मनलाई तिमीमा के सत्य छ भनि प्रश्न गर्ने भने सुनेको मनले उत्तर दिन्छ। म मा दुःख सत्य छ।

गन्ध जानेको मनमा तिमीमा के सत्य छ भनि प्रश्न गर्ने भने गन्ध जानेको मनले उत्तर दिन्छ। ममा दुःख सत्य छ।
भोक लागेको मनलाई तिमीमा के सत्य छ भनी प्रश्न गर्ने भने भोक लागेको मनले उत्तर दिन्छ। ममा दुःख सत्य छ।

स्पर्श भएको मनलाई तिमीमा के सत्य छ भनि प्रश्न गर्ने भनी स्पर्श भएको मनले उत्तर दिन्छ। ममा दुःख सत्य छ।

सोचाइ मनलाई तिमीमा के सत्य छ भनी प्रश्न गर्ने भनी सोचाइ मनले उत्तर दिन्छ। ममा दुःख सत्य छ।

यस्तै प्रकारले देखेर जानेका सम्पूर्ण मनहरूलाई आफ्नो प्रज्ञा ज्ञानले प्रश्न गरेर अनुसन्धान गरेको समयमा देखेर जानेका मनहरूमा भएको उनीहरूले सत्य धर्मलाई भनि बताउछन्। ती मनहरूमा दुःख सत्यको स्वभाव छ भनेर आफ्नै ज्ञानमा त्यसरी देख्ने ज्ञान भयो भने आफूले रूप धर्म र नाम धर्म(सत्यज्ञान)लाई जानेर प्राप्त हुन्छ।

देखेको मन, सुनेको मन, खाएको मन, गन्ध पाएको मन, स्पर्श भएको मन, सोचाइ मन तिमीहरू के कारणले भएर आएका भनी प्रश्न गर्ने भने तिनीहरूले एकसाथ उत्तर दिदै भन्छन्, हामीहरूमा बन्ने, बिग्रने भएको कारण छ। बन्ने, बिग्रने भएको स्वभाव ज्ञानमा प्रष्ट हिसाबले थाहा भयो भने दुःख सत्यको (किच्च) ज्ञान आफूमा प्राप्त भएर आउछ।
देखेको मन, सुनेको मन, खाएको मन, गन्ध पाएको मन, स्पर्स भएको मन, सोचाइ मन तिमीहरूको काम बन्ने, बिग्रने सोभावलाई हामीहरूले भावना गर्ने भने हामीलाई के प्राप्त हुन्छ भनी प्रश्न गर्नु पर्छ। योगीहरूले बन्ने, बिग्रने भन्दा पनि योगीहरूको खन्दमा उत्पत्ति भएर आएको सस्कार धर्महरूको उत्पत्ति बिनासलाई भावना गर्दा गर्दै योगीको मनमा लोभ, दोष, मोह किलेसधर्महरू केही छिनको लागि भएपनि, धेरै समय भएपनि किलेसहरू शान्त भएर जान्छ।
योगीहरूले मार्ग सत्य प्राप्त हुनको लागि उत्पत्ति, बिनासलाई एकपल्ट देख्ना साथ ती योगीमा दिट्ठि र विचिकिछ्छा‌ जरैबाट काटिएर चुटिएर जान्छ र श्रोतपन्न आर्य भएर जान्छन् । द्वितीय बार देखे भने सकृतगामी हुन्छन्। तृतीय बार देखे भने अनागामी हुन्छन् । चौथो बार देखे भने अरहन्त ज्ञान प्राप्त भएपछि पन्ध्र सय किलेसहरू सबै शान्ति भएर जान्छन् र निरोध सत्य भन्ने निर्बाणलाई ती योगीले साक्षात्कार गर्छन् र उत्पत्ति बिनास देखेको ज्ञानले योगीलाई भनिदिन्छ।यो चाहिँ धर्मको(अकालिको)काल समय नहेरीकन फल दिने भएको धर्मको गुण हो। यस्तो प्रकारको ज्ञानलाई जानेका योगीहरूमा (कतज्ञान)प्राप्त हुन्छ भनेपछि “सच्च ज्ञान, किच्च ज्ञान,कतज्ञान भनी, यी तीन प्रकारका ‌ज्ञानलाई धर्मचक्रमा भगवान बुद्धले उपदेश गर्नु भएको छ। ती तीन प्रकारका ज्ञान प्राप्त भएर यो लेख पाठलाई पढ्नु हुने सबैले दुःख सत्यलाई छुट्याएर जान्न सकुन, समुदय सत्यलाई हटाउन सकुन, मार्ग सत्यलाई आचरण गर्न सकुन, निरोध सत्यलाई साछात्कार गर्न सकेर सबै नै ज्ञानी बिद्वान बन्न सकुन्।

सबैमा मङ्गलमय शुभकामना!!!

 

अनुवाद – निर्मल Mgk
सु सहभाजन – बिष्णु धनञ्जय